मोरङमा फुड बैंक सञ्चालन
नेपालबहस संवाददाता
जेठ २३, २०७८ आइतबार २१:११:६
२३ जेठ,मोरङ । मोरङमा फुड बैंक सञ्चालनमा आएको छ । निषेधाज्ञामा गरीब समुदायका व्यक्तिलाई आवश्यक खाद्यान्न उपलब्ध गराउने उदेश्यले सञ्चालनमा ल्याएको हो । विभिन्न छ संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आजदेखि विराटनगर महानगरपालिका–५ मा फुड बैंक सञ्चालनमा ल्याएका हुन् ।
नटराज एग्रो भेट, शिखर अर्गनाइजेशन, तुलसी मोटर पम्प, तुलसी बहुमुखी सहकारी संस्था, शिव शिखर एग्रो र गोर्खा टी एन्ड कफीले आगामी सात दिनसम्म दैनिक बिहान ७ः०० देखि १०ः०० बजेसम्म दुई सय व्यक्तिलाई खाद्यान्नबापत दुई किलो चामल, ५०० ग्राम दाल, एक किलो नुन र एक सय ग्राम सोयाबिन वितरण शुरु गरेको छ ।
दैनिक मजदूरी गरी जीवनयापन गर्नेलाई हातमुख जोड्न समस्या भएकामा केही सहयोग पुगोस् भन्ने उद्देश्यअनुरुप सहयोग शुरु गरेको नटराज एग्रोका बजार व्यवस्थापक सीताराम बर्तोलाले जानकारी दिए । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थाबाट प्राप्त सहयोगअनुसार निषधेज्ञाको अवस्था हेरेर पछि थप दिनलगायत थप खाद्यान्न वितरण गरिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार