मुख्यमन्त्रीमा भट्टको निरन्तरता, विश्वासको मतको पक्षमा स्पष्ट बहुमत
नेपालबहस संवाददाता
जेठ २५, २०७८ मंगलबार १८:७:७
२५ जेठ, काठमाडौं । आफुमाथि सदनको पूर्ण विश्वास छ भनि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा पेश गरेको विश्वासको मत सम्वन्धि प्रस्ताव बहुमतले पारित भएको छ ।
मुख्यमन्त्री भट्टले नेकपा एमालेको माधवकुमार नेपाल समूहका १८ जना प्रदेशसभा सदस्यको साथले उनले विश्वासको मत पाएका हुन् । ५२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री भट्टलाई विश्वासको मतका लागि २७ मत चाहिएको थियो । उनले ३० मत पाए ।
विश्वासको पक्षमा ३० मत र विपक्षमा ९ भोटमात्रै खसेको थियो । नेकपा एमालेको ओली समूहका ७ जना र जनता समाजवादी पार्टीका दुईजना प्रदेश सभा सदस्ले विपक्षमा मतदान गरेका थिए ।
जम्मा ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् । एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना छन् ।
प्रदेशसभाको अर्को बैठक आज साँझ ४ बजेका लागि बोलाइएको छ ।आज बिहान बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मतका लागि पेश गरेको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार