मन्त्रिमण्डल विस्तार गर्दै ओली, गृहमा बस्नेतको दावी अरु को बन्दैछन् मन्त्री ?
नेपालबहस संवाददाता
जेठ २६, २०७८ बुधबार १५:०:३८
२६ जेठ,काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकारलाई पूर्णता दिन मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । आफुले राखेको ६ बुँदे प्रस्तावमा माधव कुमार नेपाल पक्षको जवाफ र सुदुरपश्चिम प्रदेश सरकारलाई जोगाउन नेपाल पक्षले खेलेको भूमिकाबाट एकता टरेको निश्कर्ष निकाल्दै प्रधानमन्त्री ओली मन्त्रिपरिषद विस्तारको गृहकार्यमा लागेका हुन ।
गत शुक्रबार मन्त्रिपरिषद पुनर्गठन हुँदा एमालेकै नेपाल पक्षलाई समेट्न भन्दै प्रधानमन्त्री ओलीले सात मन्त्रालय आफैंसँग राखेको बताइएको थियो । त्यसै अनुसार पार्टी एकताको आह्वान गर्दै ६ बुँदे प्रस्ताव पनि अघि सारेका थिए । नेपाल पक्षले भने ओलीको उक्त प्रस्ताव बेइमानी, जालझेलपूर्ण, कपट र दुराशयुक्त भएको भन्दै अस्वीकार गरिसकेकोले नेपाल पक्ष सरकारमा आउने संभावना छैन ।
को को बन्दैछन् मन्त्री ?
रक्षा र गृहसहित ७ मन्त्रालय मात्र खाली छन् । जसमध्ये रक्षा मन्त्रालय ओली आफैले राख्नेछन् । बाँकी ६ मन्त्रालय विस्तार गर्न लागेका हुन । अब विस्तार गरिने मन्त्रिपरिषदमा प्रायजसो प्रधानमन्त्री ओली निकट रहने छन् । महेश बस्नेत, गोकुल बाँस्कोटा, विशाल भट्टराइ लगायत नै मन्त्री बन्ने चर्चा बढी रहेको छ ।
गृहमन्त्रीमा महेश बस्नेतले दावी गरेका छन् । उनले गृहमन्त्री बाहेक अन्य मन्त्रालयमा नजाने बताएका छन् । जसपा नेता अपरहणदेखि विभाजनको बाटोमा पुर्याउन बस्नेतको भूमिकाकाे उच्चसम्मान गर्दै प्रधानमन्त्री ओलीले बस्नेतलाई मन्त्री उपहार दिन चाहन्छन् । जसपा नेताहरुलाई रिसोर्टमा राखेर ‘बा’ को सरकार आफैले जोगाएको भन्दै गृहमन्त्री आफुले पाउनु पर्ने दावी बस्नेतको छ ।
तर राष्ट्रपति कार्यालयबाट भने बस्नेतलाई गृहमन्त्रालय प्रवेशका लागि हरियो बत्ति नबालिएका कारण उनले गृहमन्त्री पाउने संभावना कम रहेको एमाले नेताहरुले बताएका छन् । बस्नेतसँगै खगराज अधिकारी र कर्णबहादुर थापा पनि गृहमन्त्रीको दौडमा छन् ।
यसैगरी नयाँ अन्य मन्त्रालयका लागि पूर्वमन्त्री गोकुल बाँस्कोटका साथै विशाल भट्टराई, राजेन्द्र गौतम, नारदमुनि राना, शान्ता चौधरी, निरुदेवी पाल, विमला राई पौडेल, किसान श्रेष्ठ, राजेन्द्र राई, कृष्णभक्त पोखरेल, ध्रुव शाही, पार्वती विशुंखेलगायत नाम चर्चामा रहेको छ ।
त्यसो त अब हुने मन्त्रिमण्डल विस्तारमा परिने आशा माओवादी केन्द्रबाट एमालेमा आएका पाहुना नेताहरु टोपबहादुर रायमाझी र रामबहादुर थापाहरुले पनि गरेका छन् । मन्त्रीमण्डल विस्तारमा पूर्व माओवादी पक्षलाई पनि ओलीले समेटने बताएका छन् । तर अदालतले उनीहरूलाई मन्त्री बन्न राेकेकाे छ । उनीहरुले पनि मन्त्री बनाउने आश गरी बसेकाले साे पक्षबाट कम्तिमा २ जनासम्म मन्त्री नियुक्न गर्न तयारी ओलीको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार