डा. कोइरालाको नेतृत्वमा यातायात मजदुरलाई राहत बितरण
नेपालबहस संवाददाता
जेठ २६, २०७८ बिहिबार ३:२४:८
२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला अहिलेको कोरोना कहरमा यातायात मजदुरलाई राहत बितरण गरेका छन् । सरकारले जारी गरेकाे निषाेधाज्ञाकाे समयमा दैनिकी गुजरा चलाउन समस्यामा परेका मजदुरलाई राहत बितरण गरिएकाे हाे ।
केहि समय अघि मुस्लिम समुदायको महान पर्व रमजानमा मोरंग जिल्लाका बिभिन्न स्थानमा पुगेर मायाँ साटासाट गर्दै रमजानको शुभकामनासहित सहयोग गरेका नेता डा.कोइरालाले बन्दाबन्दीका कारण हातमुख जोर्न समेत समस्या परेका मजदुरहरुलाई खाद्यान्नको ब्यवस्था समेत मिलाएका थिए।
कोभिडका कारण अनौपचारिक क्षेत्रमा परेको असरका बिषयमा अत्यन्तै चिन्तित नेता डा. काेइराला कोरोनाबाट अति प्रभावित यातायात मजदुरहरुलाई राहत बितरण गर्दै रोगसँग लडन हौसला प्रदान गरिरहेका छन् ।
यातायात क्षेत्रमा रहेर आफ्नाे जीवन यापन र पारिवारिक गुजारा चलाउँदै आएका मजदुरहरुको कोरोनाका कारण दैनिकी चल्न अत्यन्तै कठिन परिस्थिति सृजना भैरहेका बेला बिराटनगरमा रहेका नेता डा. कोइरालाले उक्त राहत बितरण गर्न अग्रसरता देखाएपछि उक्त मानवीय कार्यको मुक्त कण्ठले प्रशंसा हुन थालेको छ ।
कोइराला निवास बिराटनगरमा आयोजित एक राहत बितरण कार्यक्रममा यातायात मजदुरहरुको उल्लेख्य उपस्थिति रहेको थियो । जनशक्ति तथा सामुदायिक बिकास केन्द्र बिराटनगरको आयोजना र डा. शेखर कोइरालाको सहभागितामा आयोजना गरिएको उक्त राहत बितरण कार्यक्रममा नेपाली कांग्रेस मोरंङ जिल्ला क्षेत्र नं. ६ का क्षेत्रिय सभापति निरञ्जन रिजाल, जनशक्ति तथा सामुदायिक बिकास केन्द्र बिराटनगरका अध्यक्ष डिक घिमिरे लगायत नेपाली कांग्रेसका भातृ संस्थाहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार