गण्डकी प्रदेशसभा विघटनबाट जोगाउलान् स्वतन्त्र सांसद मनाङ्गेले ?
नेपालबहस संवाददाता
जेठ २७, २०७८ बिहिबार १५:१३:२२
२७ जेठ,काठमाडौं । गण्डकी प्रदेशसभाका स्वतन्त्र सांसद एवम् खेलकूद मन्त्री राजीव गुरूङ (दीपक मनाङे) ले बहुमत पुर्याउनेलाई आफूले साथ दिने बताएपछि सभावित विघटनको डिलमा पुगेको गण्डकी प्रदेशसभा विघटनबाट जोगिने देखिएको छ ।
मुख्यमन्त्री गुरूङले विश्वासको मत लिने पूर्वसन्ध्यामा स्वतन्त्र सांसदसमेत रहेका गुरूङले बहुमत पुग्नेलाई आफ्नो समर्थन रहने बताएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ्गको पद धरापमा पर्नबाट छैन ,संभावित प्रदेशसभा विघटनको जोखिम पनि टरेको संकेत मिलेको छ ।
त्यसो त यस मनाङ्गेको यस भनाईकाबीच विपक्षीहरु अझै ढुक्क हुन भने सकिरहेका छैनन् । उनीहरु विघटनबाट जोगाउन सभामुखले राजीनामा दिएर ढुक्क हुनुपर्ने मनस्थितिमा छन् । मनाङ्गलेलाई विश्वास गरी सभामुखले राजीनामा नदिने तर अन्तिम समयमा धोका भयो भने प्रदेशसभा विघटनमा जान सक्ने संभावना रहेको भन्दै सभामुखको राजीनामा नै उत्तम हुने सुझाव विपक्षी गठबन्धनको रहेको छ ।
गण्डकी प्रदेशसभाको कूल सदस्य संख्या ६० हो । यसको बहुमत ३१ हुन्छ । प्रदेशसभामा मुख्यमन्त्री गुरुङको पार्टी एमालेका जम्मा २७ सांसद छन् । सर्वोच्च अदालतको फैसलाबाट पुनर्बहाली भएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले मत दिँदा पनि उनका पक्षमा जम्मा २८ मत पुग्छ। बहुमतका लागि ३१ मत आवश्यक छ ।
उता विपक्षी गठबन्धनतर्फ नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसमेत), जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ (कृष्ण थापा सरकारतिर) गरी कूल सांसदको संख्या ३१ हुन्छ। त्यसमा पनि सभामुखले मतदान गर्न नपाउने भएकाले ३० मत मात्र हुन्छ। तर मन्त्री मनाङले साथ दिँदा विपक्षीतर्फ ३१ मत अर्थात् बहुमत पुग्ने देखिन्छ । यसरी मन्त्री मनाङले विपक्षीलाई समर्थन गरेमात्र मुख्यमन्त्री गुरुङको पद जाने र प्रदेशसभा पनि विघटन नहुने लगभग निश्चित देखिन्छ।
गण्डकी प्रदेशसभामा आज मध्याह्न १२ बजेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार