यी हुन् माओवादी केन्द्रबाट निश्काशित स्थानीय जनप्रतिनिधिहरु
नेपालबहस संवाददाता
असार ७, २०७८ सोमबार १७:५१:४८
७ असार, काठमाडौं । २०७४ सालमा माओवादी केन्द्रको टिकट लिएर चुनाव जितेका १४ जना स्थानीय तहका पदाधिकारीलाई माओवादी केन्द्रले कारवाही गरेको छ । नेकपा माओवादी केन्द्रको आज भर्चुअल विधिबाट बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उनीहरुलाई पार्टीबाट निस्कासन गर्ने निर्णयलाई औपचारिकता रुपमा पास गरेको हो ।
०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव जितेकाहरु नेकपा एकीकरणमा अदालतले तगारो लगाईदिएपछि एमाले प्रवेश गरेका १४ जना जनप्रतिनिधि छन् ।
यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अधिकार अनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा उनीहरुमाथि कारबाही गरेको जानकारी दिएको थियो । तर, आयोगले केन्द्रीय समितिको बैठकले कारबाहीको निर्णय नगरेको भन्दै दल त्यागको सूचना जारी गर्न आनाकानी गर्दै आएको थियो ।
माओवादी नेता देव गुरुङले दल बदल गरेकाहरुलाई कारबाही गर्ने यसअघि कै निर्णयलाइ आज बसेर्को केन्द्रीय समितिबाट अनुमोदन गरि निर्वाचन आयोगलाई ताकेता गर्ने निर्णय भएको बताए ।
पार्टीबाट हटाइएका नेताहरुको बारेमा दल त्यागको सूचना निर्वाचन आयोगले प्रकाशित नगरेको भन्दै आइतबार माओवादी केन्द्रका नेताहरुले आयोग पदाधिकारीलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।
माओवादी केन्द्रबाट निश्काशित स्थानीय जनप्रतिनिधिहरु यी हुन् :-
१) प्रमुख : रिनाकुमारी साह, मौलापुर नगरपालिका रौतहट (प्रभु शाहकी श्रीमति)
२) प्रमुख : शिवराम कुसुवाह, कटरिया नगरपालिका, रौतटह
३) उपप्रमुख : कर्निया देवी, देवाही कुर्नाही नगरपालिका रौतहट
४) उपप्रमुख : गौरीशंकर प्रसाद जयसवाल, मौलापुर नगरपालिका रौतहट
५) उपप्रमुख : शान्ति देवी,फतुवा विजयपुर नगरपालिका रौतहट
६) उपप्रमुख : विमल साह, माधव नारायण नगरपालिका रौतहट
७) उपाध्यक्ष : गितादेवी साह, यमुनामाई गाउँपालिका रौतहट
८) नगर कार्यपालिका सदस्य : सतहीलाल दास , लाहान नगरपालिका, सिराह
९) वडा अध्यक्ष : सुरेश कुमार थापा, चम्पादेवी गाउपालिका १, ओखलढुंगा
१०) अध्यक्ष : शेख थारु,सम्सी गाउपालिका महोत्तरी
११) उपप्रमुख : छायाँ देवकोटा, भजनी नगरपालिका कैलाली
१२) वडा अध्यक्ष : भागिरथी विष्ट, गौरीगन्जा नगरपालिका ४, कैलाली
१३) वडा अध्यक्ष : परमानन्द भटट, गोदावरी नगरपालिका १ कैलाली
१४) वडा अध्यक्ष : पुरन विसि, वर्धगोरिया नगरपालिका ४ कैलाली
त्यस्तै माओवादी केन्द्र छोडेर एमालेमा रहेका १७ जना केन्द्रीय नेतालाई पनि माओवादीले पार्टीमा अहिले कायम नरहेको भन्दै सोही अनुसारको अभिलेखीकरण राखिदिन निर्वाचन आयोगलाई पठाउने भएको छ ।
१) रामबहादुर थापा, सचिवालय सदस्य
२) टोपवहादुर रायमझी केन्द्रीय स्थायी सदस्य
३) मणिचन्द्र थापा, स्थायी समिति सदस्य
४) लेखराज भटट, स्थायी समिति सदस्य
५) प्रभु शाह, केन्द्रीय सदस्य
६) टंक आडवुहाड, केन्द्रीय सदस्य
७) पासाड शेर्पा, केन्द्रीय सदस्य
८) दिनेश पन्थी केन्द्रीय सदस्य
९) दधिराम न्यौपाने, केन्द्रीय सदस्य
१०) गिरिधरीलाल न्यौपाने, केन्द्रीय सदस्य
११) लिलवहादुर थापा केन्द्रीय सदस्य
१२) दावा तामाड केन्द्रीय सदस्य
१३) टेकवहादुर वलम्पाखी, केन्द्रीय सदस्य
१४) विषमलाल अधिकारी, केन्द्रीय सदस्य
१५) मनोजजंग थापा, केन्द्रीय सदस्य
१६) नविन रोका मगर केन्द्रीय सदस्य
१७) ज्वाला शाह केन्द्रीय सदस्य
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार