नगरपालिकाले सडकमा खाल्डो खनेपछि मेचीनगरवासी आक्रोशित
नेपालबहस संवाददाता
असार ७, २०७८ सोमबार २१:४६:५८
७ असार, झापा । भद्रपुर नगरपालिकाले मेचीनगरको गोकुलमार्गमा खाल्डो खनेर अवरोध पुर्याएपछि मेचीनगरवासी आक्रोशित भएका छन् ।पूर्वीनाका काँकडभिट्टाबाट भद्रपुरको मेची अस्पताल, मेची बहुमुखी क्याम्पस र चन्द्रगढी विमानस्थल पुग्ने सबैभन्दा छोटो बाटोको रुपमा स्तरोन्नति भइरहेको गोकुलमार्गमा भद्रपुर नगरपालिकाले स्काभेटरमार्फत ठूला ठूला खाल्डो खनेर आवागमन बन्द गराएपछि उनीहरु आक्रोशित भएका हुन् ।
मेचीनगर नगरपालिका—१५ र भद्रपुर नगरपालिका—९ को सिमानास्थित हँडिया खोलामा हालै पक्की पुल बनेको छ । चलनचल्तीको सडकमा खाल्डो खनेर अवरोध पुर्याइएपछि मेचीनगरबाट भद्रपुरतर्फ एम्बुलेन्स, निजी सवारीसाधन र कलकारखानाका कच्चा सामान बोकेको मालबाहक गाडीहरु खोलाको किनारै किनार उत्तरतिर करीव ९०० मिटर घुमाउरो बाटो भएर जान बाध्य भएको मेचीनगर–१५ का वडाध्यक्ष गुणराज भट्टराईले जानकारी दिए ।
“भद्रपुर नगरपालिकाका प्रमुखलाई भेटेर धेरैपटक सीधा बाटोमा अवरोध नगरिदिनुहोस् भनेर ध्यानाकर्षण गराइसक्यौं,” वडाध्यक्ष भट्टराईले भने, “हाम्रो कुरा उनले सुन्नै मानेनन । सार्वजनिक बाटोमा अवरोध पुर्याउनु अन्याय हो ।”
भद्रपुर नगरपालिकाले साविकको सडकबाट पुल दक्षिण सारेर बनाइएको हुँदा समस्या आएको जनाएको छ । पुलको मुखबाट उत्तरतिर मोडिएको घुमाउरो बाटो नै प्रयोग गर्न भद्रपुरले मेचीनगरलाई आग्रह गरिरहेको छ । तर मेचीनगरवासीले वर्षौदेखि प्रयोग गर्दै आएको सडकबाट नै आवतजावत गर्न पाउनुपर्ने माग गरिरहेका छन् ।
हाल विवाद रहेको सडक भद्रपुर नगरपालिकाले निर्माण गरिरहेको साइन्स सिटी ‘पर्यटकीय क्षेत्र’को जग्गामा पर्छ । साइन्स सिटीबाट सडक दिन नसकिने जनाउँदै भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उत्तरतिरको घुमाउरो बाटो नै प्रयोग गरिनुपर्ने बताए । “साइन्स सिटीको बीचबाट हामीले बाटो दिन सक्दैनौं,” उनले भने, “उनीहरु अलिकति घुमेर जाँदा के फरक पर्छ र ? ” बरु घुमाउरो बाटोलाई फराकिलो र स्तरीय बनाइदिन आफूहरु तयार रहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार
हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने
बैशाख २३, २०८१ आइतबार
मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
ढकमक्क फुलेका ज्याकाराण्डा
बैशाख २४, २०८१ सोमबार
सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुलाई छलफलमा बोलाए
बैशाख २४, २०८१ सोमबार
अतिक्रमण गरी बनाएको घरटहरा हटाउँदै
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्धारा विभिन्न विद्यालयमा पुस्तकालय निर्माण गरेर हस्तान्तरण
बैशाख २४, २०८१ सोमबार
समयमा पानी नपरेपछि अदुवा उत्पादक कृषक मारमा
बैशाख २४, २०८१ सोमबार
पोखरा–सेतीवेणी–रिडी सडकको ट्रयाक खुल्यो
बैशाख २४, २०८१ सोमबार