आजदेखि अवकाश पाएका सशस्त्र डीआईजी श्रेष्ठको व्याकडेटमा म्याद थप्न मुख्यसचिवलाई दवाव
नेपालबहस संवाददाता
असार ९, २०७८ बुधबार १७:०:२
९ असार, काठमाडौं । सशस्त्र प्रहरी बलका विवादास्पद डीआईजी प्रवीण श्रेष्ठलाई अवकाशको भोलीपल्ट पुरानो मिति राखेर म्याद थप्ने प्रयास थालिएको छ । पुरानो मिति (ब्याक डेट) राखेर आफ्नो पदावधि थप्न मंगलबार बिहानैदेखि दौडधुपमा लागेका उनलाई आज बिहान पूर्व वनमन्त्री प्रेम आलेको दबाबमा म्याद थप्न लागिएको हो ।
सोमबारको मन्त्रिपरिषद बैठकले उनको पदावधि थप नगरेपछि सोमबारकै मन्त्रिपरिषद बैठकको मिति राखेर पदावधि थप गर्न शक्तिकेन्द्र धाइरहेका उनलाई आलेले नै बोकेर म्याद थप गराउन लागेको बताइएको छ ।
राष्ट्रिय सुरक्षा जस्तो संवेदनशील विषयमा विदेशीका लागि सुराकी गरेको भन्दै सरकारले कारवाही समेत गरेको थियो । पटक पटक भारतीय दूतावास गएको खुलेपछि उनलाई सरकारले कारबाही गरेको थियो । सुरक्षासम्बन्धि गोप्य सूचना भारतलाई दिएको आरोप लागेका व्यक्तिलाई सरकारले म्याद थप नगरेको हो ।
तर डीआईजीले श्रेष्ठ अस्वस्थ चलखेल गरी महानिरीक्षक हुने दाउमा उनले पूर्व वनमन्त्री आलेलाई बोकेर म्याद थप गर्न खोजेका छन् । कार्यक्षमतामा समेत उनी निकै कमजोर मानिन्छन् । विदेशी दूतावास धाउने सुरक्षा अधिकारी नेतृत्वमा पुगे देशको सुरक्षामै खतरा उत्पन्न हुन सक्ने सशस्त्र प्रहरी अधिकारीहरु बताउँछन् । हिजो मंगलबार राती १२ बजेबाट अवकाश भएका श्रेष्ठलाई सोमबारको मन्त्रिपरिषदको बैठकको निर्णय भन्दै म्याद थप गर्न राजनीतिक दबाब सिर्जना भएको हो ।
पूर्व वनमन्त्री आलेको दबाबमा गृहसचिव महेश्वर न्यौपानेले औपचारिकता पूरा गर्न डीआईजी श्रेष्ठले अवकाश पाएको भोलिपल्ट सोमबारको मिति राखेर मूख्यसचिवलाई सेवा अवधि थपको प्रस्ताव पठाएका छन् । ‘उहाँले प्रस्ताव पठाउनु भएको छ अब आज माइन्यूट हुन्छ’, स्रोतले भन्यो ।
मन्त्रिपरिषदमा छलफल नै नभएको विषयमा मूख्यसचिव शंकरदास बैरागीले निर्णय पुस्तिकामा निर्णय लेख्न नमानेपछि अहिले पुन दबाब दिइएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकमा सो बारे कुनै छलफल नै नभएको मन्त्रिपरिषदका एक सदस्यले नेपालबहसलाई जानकारी दिए । तर मंगलबार दिउँसो नै मूख्यसचिवलाई माइन्यूट गर्न दबाब दिइएको भएपनि विभागीय मन्त्रालयको प्रस्ताव नआएको र मन्त्रिपरिषद बैठकमा पनि छलफल नभएकाले म यस्तो काम गर्दिन भनेर मूख्यसचिव पन्छिएको स्रोतले दावी गरेको छ ।
उनको हकमा मन्त्रालय र सशस्त्र प्रहरी मूख्यालय समेत संशकित रहेका कारण एकवर्ष सेवा अवधि थप गर्न प्रस्ताव नगरेको स्रोतको दावी छ । तर उनले राजनीतिक शक्ति प्रयोग गरेर मंगलबार आफ्नो सेवा अवधि बढाउन चलखेल गरेका थिए । सशस्त्र प्रहरी नियमावली २०७२ को खण्ड ६४ को नियम २ को उपनियम १ मा एआईजी र डीआईजीको पदावधि एक वर्ष थप्न सकिने प्रावधानमा टेक्दै डीआईजी श्रेष्ठको सेवाअवधि एक वर्ष थप गर्न मूख्यसचिवलाई दबाब दिइएको हो ।
सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार सशस्त्र प्रहरीमा एआईजी र डीआईजीको पदावधि चार-चार वर्ष तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्न भारतको प्रस्ताव
मंसिर २, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार