गैडहवाः यशोधराको मन्दिर बनाइने, लुम्बिनीका पर्यटकलाई आकर्षण गरिने
नेपालबहस संवाददाता
असार ९, २०७८ बिहिबार ४:१८:२०
९ असार, बुटवल । रुपन्देहीको मधेशी समुदायको बाहुल्य भएको गैडहवा गाउँपालिकाले आज नीति कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नीति कार्यक्रम गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवट र बजेट उपाध्यक्ष शोभावती यादवले प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममा कृषि, शिक्षा, पर्यटन र रोजगारीलाई उच्च प्राथमिकता दिइएर बजेट निर्माण भएको छ ।
बजेटमा कृषि क्षेत्रको व्यवसायीकरणका माध्यमबाट कृषि उपजको उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्य तथा पोषण सुरक्षा, आत्मनिभरता र निर्यात गर्न सक्ने अवस्थामा पु¥याउन प्राविधिक सेवा तथा उत्पादन सामाग्रीको उपलब्धता सुनिश्चित गरिने र कृषिमा एक गाउँ एक उत्पादन कार्यक्रमलाई प्रोत्साहन हुने किसिमका कार्यक्रम सञ्चालनमा जोड दिइनेछ । कृषि स्मार्ट गाउँ विकसित गरिँदै लगिने जनाइएको छ ।
गाउँपालिकाका गैडहवा ताल, तुल्सीहवा ताल, शहीद पार्क, रामजानकी मन्दिर, सन्तेश्वर घाट, जोगडेश्वर महादेव, यशोधरा माताको मन्दिर र बालोद्यानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न र त्यसलाई आर्थिक विकासका अवसरसँग जोड्ने गरी निरन्तरता दिइने उल्लेख छ ।
लुम्बिनी आउने पर्यटकलाई गैडहवासम्म ल्याउने र उनीहरुको बसाइ यस क्षेत्रमा रहने गरी घरबास सञ्चालनमा ल्याइने जनाइएको छ । प्रदेश र संघीय सरकारसँग समन्वय गरी सुविधासम्पन्न यशोधरा पार्क निर्माण गरेर राष्ट्रिय पर्यटकीयस्थलका रुपमा विकसित गरिने नीति कार्यक्रममा जनाइएको छ ।
गैडहवामा एउटा छात्रा विद्यालय स्थापना गर्नेतर्फ अध्ययन गर्ने र जेहेन्दार, गरीब, दलित र छात्रालाई छात्रवृत्ति एवं प्रोत्साहनस्वरुप शैक्षिक समाग्री प्रदान गरी अध्ययनको वातावरण सुनिश्चितता गरिने उल्लेख छ ।
गाउँपालिकाको बजेट रु ६६ करोड ७१ लाख ४४ हजार प्रस्तुत गरिएको छ । बजेटमा कृषि, शिक्षा र पर्यटनलाई उच्च प्राथमिकता दिइएको छ । बजेट, नीति कार्यक्रम यही असार १४ गते पारित गर्न कार्यक्रम रहेको गाउँपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार