पकाहा मैनपुर गाउँपालिकामा विकासको नाममा व्यापक अनियमितता
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार १७:३९:१७
१० असार, बीरगञ्ज । स्थानीय निकायमा विकाश निर्माणको नाममा चरम भ्रष्टचार हुने गरेको छ । जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति र ठेकेदारहरुको आपसी मिलोमतोमा विकाश निर्माणको काममा चरम अनियमिता भईरहेको हो ।
पर्साको पकाहा मैनपुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियासहितका जनप्रतिनिधि साथै कर्मचारीहरुले कानुनको धज्जी उडाउँदै विकाश निर्माणको रकममा चरम भ्रष्टचार गर्दै आएका छन् ।
गाउँपालिकाको कार्यालय अगाडि बाउण्ड्री वाल निर्माणमा कमसल सामग्री प्रयोग गरी निर्माण कार्य भईरहेको स्थानीयले सरोकारवालाहरुले आरोप लगाएका छन । गाउँपालिकाले दिएको ८ लाखको लागतमा निर्माण हुन लागेको बाउण्ड्री वाल निर्माण पुरा नहुँदै भत्किन लागेको छ । दिनमा वाल जोडेर गएपनि रातिको बेला आफै वाल भत्किन लाग्दा स्थानीयहरु आक्रोशित बनेका छन ।
त्यस्तै गाउँपालिकाको वडा नं २ मा मानिकपुरदेखि भेलाहासम्म जाने बाटोमा गाउँपालिकाले दिएको ५ लाखको लागतमा उक्त बाटोमा ग्रेवलको नाममा मात्र बालुवा छरिएको छ । ग्रेवल छर्ने ठाउँमा मात्र बालुवा छरिएको देखेपछि स्थानीयले काम समेत रोकेका छन । ठेकेदार , कर्मचारी र जनप्रतिनिधिहरुको मिलोमतोमा कमसल कार्य भईरहेको छ । गाउँपालिकाबाट कार्य आदेश , स्टीमेटसमेत नलिई काम भईरहेको हो ।
कमिशन दिएर कार्य गर्न, काम गरिसकेपछि कार्य आदेश , स्टीमेटसहित अरु आवश्यक कागजात एकै दिनमा तयार गरि चेक दिने जस्तो काम भईरहेको स्थानीयले आरोप लगाएका छन । जनप्रतिनिधिहरुले विकाशको नाममा गरेको भ्रष्ट्राचारप्रति स्थानीय बासिन्दा समेत आक्रोशित भएका छन् । जनप्रतिनिधि र कर्मचारीले मनपरी लुट मच्चाउँदा पनि कारवाही नहुँदा स्थानीयले सम्बधित निकायप्रति आक्रोश व्यक्त गरेका छन् ।
गाउँपालिकामा एक त विकास निर्माणको काम नै नगरेको, गरे पनि गुणस्तरहिन काम गरेको स्थानीयबासीले आरोप लगाएका छन । यस विषयमा सो गाउँपालिकाका अधिकृत रामेश सुवेदीसँग बुझदा निर्माण अवस्थामा पानी परेकोले बाउण्ड्री वाल भत्किन लागेको दावी गरे ।
निर्माण अवस्थामा यस्तो कार्य हुन्छ । यसमा आतिनु पर्दैन । हामीले वाल भत्किन लागेको कामको पेमेन्ट गर्दैनौ । बाउण्ड्री वालको काम पूरा भएपछि नै हामी मूल्यांकन गरेर पेमेन्ट गर्छौ । म आउनु भन्दा अगाडि गाउँपालिकाबाट कार्यआदेश बिना नै काम भइरहेको थियो । म आएपछि पुरै काम रोकी कार्यआदेश लिई, काम हुने ठाउँमा होडिंग बोर्ड लगाई र स्टीमेट अनुसार मात्र काम गर्न भनेको छु । यदि कसैले बिना कार्य आदेश लिई कार्य गर्दैछ भने उसको पेमेन्ट हामी गर्दैनौ , गाउँपालिका अधिकृत सुवेदीले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभ्रष्टाचार गर्दिन भन्थे, ललिता निवास प्रकरणसँग जोडिएर जग्गा दान लिए
असोज ३०, २०८१ बुधबार
सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
असोज १५, २०८१ मंगलबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
करेन्ट लागेर किशोरीको मृत्यु दुई जना घाइते
कात्तिक २, २०८१ शुक्रबार
घाँस काट्न जाने क्रममा बाघको आक्रमणबाट एकको मृत्यु
कात्तिक २, २०८१ शुक्रबार
बन्द गरिएको मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा
कात्तिक २, २०८१ शुक्रबार
साफ महिला च्याम्पियनसिपमा श्रीलंकाद्धारा माल्दिभ्स पराजित
कात्तिक २, २०८१ शुक्रबार
मौसम उडानयोग्य नभएपछि मन्थलीमै रोकिए पर्यटक
कात्तिक २, २०८१ शुक्रबार
पूँजीगत खर्च ६५ प्रतिशतले बृद्धि भएको अर्थ मन्त्रालयको दावी, तीन महिनाको कार्यप्रगति सार्वजनिक
कात्तिक २, २०८१ शुक्रबार