कोरोनाको तेश्रो लहरसँग जुध्न नर्भिकको पूर्वतयारी, बालबालिकामा यी लक्षण देखिए अस्पताल लैजान सुझाव
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार १८:६:११
१० असार, काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालले कोरोनाको तेश्रो लहर आउनसक्ने संभावनालाई मध्यनजर गरी त्यसबाट प्रभावित हुनसक्ने भनिएका बालबालिकाहरुका लागि आवश्यक शैया तथा अन्य उपचार व्यवस्थाको पूर्व तयारी गरेको छ ।
स्वास्थ्य मन्त्रालयले जेठ २१ गते सबै अस्पतालहरुलाई दिएको निर्देशन अनुरुप नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोनाको तेश्रो र चौथो लहर आउनसक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुनसक्ने अवस्थाको मध्यनजर गरी आफ्नो स्वीकृत शैयाको २० प्रतिशत बढी शैया कोभिड १९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राखेको हो ।
नर्भिकले कोभिड १९ को अब आउनसक्ने लहरको जोखिमबाट बालबालिकालाई बचाउन शैयाको व्यवस्थापनसँगै त्यस्तो अवस्थामा स्तरीय सेवा दिने डेडिकेटेड टिम समेत तयार गरेको छ । टिममा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीहरु रहेका छन् ।
नर्भिक अस्पतालले कोरोनाको संभावित अर्को लहरसँग जुध्ने कार्यमा राज्यले सहयोग गर्ने उद्देश्यले आवश्यक वैकल्पिक प्राणवायू-अक्सिजन तथा अन्य सबै कामको पूर्वतयारी समेत सुरु गरिसकेको छ ।
नर्भिकले कोरोनाको दोश्रो लहरमा समेत आफूलाई कोभिड अस्पतालमा रुपान्तरण गर्दै संक्रमितहरुलाई स्तरीय सेवा दिएको थियो । हाल कोभिड बिरामीको संख्या न्यून भए पनि कोभिडका लागि छुट्याइएको बेडहरुलाई अर्को लहरसँग जुध्न तयारी अवस्थामा राखिएको हो ।
यस्तै, नर्भिकले अभिभावकहरुलाई आफ्ना बालबालिकामा कोरोना संक्रमितको सम्पर्कमा गएपछि देखिने मल्टी सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोमका लक्षणहरु देखा परेमा तुरुन्त अस्पताल पुर्याउन समेत आह्वान गरेको छ ।
यो भनेको कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मृगौला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या हो । यो सामान्यतया बालबालिकामा पनि कोरोना संक्रमित भएको २ देखि ४ हप्तापछि देखापर्छ ।
यसका लक्षणहरुमा आँखा रातो हुनु, सास फेर्न गाह्रो हुनु, घाँटी दुख्नु, पेट दुख्नु, ज्वरो आउनु, पखाला लाग्नु, छाला, ओठ वा नङ निलो हुनु, शरीरमा डाबर आउनु, थकान महसुस हुनु लगायतका रहेका छन् ।
कोरोना संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकाहरुलाई तीन दिनसम्म ज्वरो आएमा र माथि उल्लेख गरिएकामध्ये कम्तीमा कुनै दुई लक्षण देखा परेमा तुरुन्त अस्पताल लैजानुपर्ने विशेषज्ञ चिकित्सकहरुको सुझाव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री
कात्तिक १७, २०८१ शनिबार
कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा गरिंदै
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछः राष्ट्रपति
कात्तिक १७, २०८१ शनिबार
नेवार समुदायको नयाँ वर्ष नेपाल संवत् ११४५ शुरु
कात्तिक १७, २०८१ शनिबार
काठमाडौंमा वायु प्रदूषण बढ्यो, कारण के ?
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार