दमकबासी जनताको जीवनरक्षाका लागि तत्काल खोप उपलब्ध गराउन कांग्रेस नेता रिजालको माग
नेपालबहस संवाददाता
असार १०, २०७८ बिहिबार २०:४५:४६
१० असार, दमक । नेपाली कांग्रेसका युवानेता पर्शुराम रिजालले कोरोना महामारीको चपेटामा परेका दमकबासीसहित सम्पूर्ण नेपाली जनतामा हार्दिक सहानुभूति प्रकट गर्दै रोगसँग लडने साहस र हिम्मतका साथ अगाडि बढन आव्हान गरेका छन् ।
वर्तमान परिस्थितिमा झापा जिल्ला र त्यसमा पनि दमक नगर क्षेत्रमा देखिएको कोरोनाको कहरले दमकबासी अत्यन्तै भयभित हुन थालेपछि जनताको स्वास्थ्यमा पर्न गएको समस्याले दमकबासीको स्वास्थ्य सुरक्षामा चिन्ता ब्यक्त गरेका हुन । विश्व समुदाय नै आक्रान्त बनिरहेको र लाखौ मानवजातीले जीवन गुमाउनु परीरहेको महामारीबाट बच्न हामीले पनि स्वास्थ्य सावधानी अपनाउदै आफु बाँच्ने र अरुलाई बचाउने कार्यमा लाग्नु पर्ने उनले बताएका छन् ।
यस्तो बिषम परिस्थितिमा आफ्नाे ज्यानको किञ्चित पनि पर्वाह नगरी अहोरात्र जनताको जीवन सुरक्षामा खटिने स्वास्थ्यकर्मी लगायत पेशागत कर्मचारी, सुरक्षा निकाय र सामाजिक अभियन्ताहरुप्रति पनि नेता रिजालले सम्मान ब्यक्त गरेका छन् । नागरिकको सुरक्षा र जीवनरक्षाका खातिर दमकको सुरक्षा निकाय र दमकमा रहेका स्वास्थ्य संस्थाहरु र दमक अस्पतालले कोरोना रोकथाम र उपचारमा देखाएको सक्रियतालाई सलाम गर्छु, नेता रिजाल भनेका छन् ।
अहिले पनि दमकमा कोरोना संक्रमितहरुको दर उच्च नै रहेको र अझै पनि दमकमा कोरोना नियन्त्रणमा आईनसकेको अवस्थामा अझै केही समय दमकबासीले धैर्यता र संयमता अपनाउन आवश्यक रहेकोतर्फ नेता रिजाल आम दमकबासीलाई सचेत गराउँछन् । नेता रिजालको कथन छ, लामो समयसम्मको लकडाउनले आम दमकबासीको दैनिकीमा ठूलो असर पारिरहेको छ, दैनिक ज्यालादारी मजदुरी गरेर खाने श्रमजीवी वर्ग अत्यन्तै ठूलो मारमा परिरहेको अवस्थातर्फ स्थानीय सरकारले ध्यान दिन आवश्यक छ भन्दै दमक नगरपालिकाको ध्यानाकर्षण समेत गराएका छन् ।
नेपाली कांग्रेसको चौधौ महाधिवेशनमा दमक नगर समितिको सभापतिका एकमात्र जुझारु उम्मेदवार समेत रहेका युवा नेता पर्शुराम रिजालले भनेका छन्, यस्तो बिषम परिस्थितिमा अति आवश्यक र बाध्यात्मक अवस्थाको गाम्भिर्यतालाई बुझेर दैनिक मजदुरी, ज्यालादारी, ब्यापार व्यवसाय गरेर खाने वर्गहरु, शैक्षिक संस्था, होटेल तथा रेष्टुरेन्ट व्यवसाय, लगायतका सबै क्षेत्रलाई परेको असरलाई बिस्तारै सहयोग गर्दै पुरानो अवस्थामा फर्काउन जरुरी छ ।
उनी भन्छन, त्यसका लागि अहिले जेजति कार्यहरु भैरहेका छन् त्यसलाई निरन्तरता दिदैं हरेक नगरबासीलाई उपलब्ध हुने गरी खोपको ब्यवस्था मिलाउन स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारसँग जोडदार रुपमा माग गर्दछु् । उनले भनेका छन, प्रधानमन्त्रीको गृहनगरमा त नागरिकको जीवन सुरक्षाका लागि आवश्यक पर्ने खोपसम्म उपलब्ध गराउन सरकारले सकिरहेको छैन भने सिंगो मुलुकको हविगत के होला ?
अबको दमक नगरपालिकाको पहिलो र मुख्य जिम्मेवारी भनेकै नगरबासीलाई यथाशक्य चाँडो कोरोना बिरुद्धको खोपको ब्यवस्था मिलाउने हुनुपर्छ भन्दै नगरपालिकाको बिशेष ध्यानाकर्षण गराएका छन् । नागरिकलाई खोपको ब्यवस्था मात्रै गर्न सके पनि उनीहरुमा बाँच्ने आशामा बृद्धि भई जीवन रक्षा र आत्मबल बढाउन सकिन्छ भन्दै यसका लागि नेपाली कांग्रेस दमक नगर समितिले पनि बिशेष दवावमूलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाल बिद्यार्थी संघका पूर्व झापा जिल्ला सभापति रहिसकेका दमकका युवा नेता रिजालले कोरोनाको महामारीबाट हालसम्म संक्रमित हुनु हुने प्रियजनमा शिघ्र स्वास्थ्यलाभको कामना गर्दै कोरोना कै कारण आफ्नाे जीवन गुमाउन पुग्नुभएका सम्पूर्ण महानुभावहरुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत ब्यक्त गरेका छन् ।
उनले कोरोना खोप सरकारी तवरबाट आउने भएकोले यसका लागि दमक नगरपालिका र यस क्षेत्रका जनताको जिम्मेवारी र मत लिएर देशको प्रधानमन्त्री पदमा बिराजमान केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
उच्च शिक्षा ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
बैशाख २४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार