विपक्षी गठबन्धनले निर्दलीय अभ्यासको खोजी गरेको सरकारी दावी
नेपालबहस संवाददाता
असार ११, २०७८ शुक्रबार १९:४९:३९
११ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सरकारी पक्षले आफ्नो बहस नोट पठाउँदै विपक्षी गठबन्धनले निर्दलीय अभ्यासको खोजी गरेको दावी प्रस्तुत गरेको छ । आइतबारदेखि बहस गर्ने तयारी गरेको सरकारी पक्षले संवैधानिक इजलाशसमक्ष बहस नोट बुझाउँदै सो दावी पेश गरेको हो ।
महान्यायाधिवक्ता कार्यालयको तर्फबाट आज बुझाइएको २३ पृष्ठ लामो बहस नोटमा शेरबहादुर देउवासहित रिट निवेदकहरूले गरेको मागदावी संविधान र कानूनसम्मत नभएकोले खारेजभागी हुने दावी गरिएको छ । बहस नोटमा नेपालको संविधानले बहुदलीय संसदीय शासन प्रणाली अवलम्बन गरेकोले यसभित्र निर्दलीय अभ्यासको खोजी गरिनु असंवैधानिक हुने जिकिर गरिएको छ ।
‘नेपालको संविधानको प्रस्तावना तथा संविधानको धारा ७४ मा नेपालको शासकीय स्वरूप बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली हुने भन्ने कुरा स्पष्ट छ ’, बहस नोटमा भनिएको छ । नोटमा रिट निवेदकहरूको दावीबमोजिम संसद र सरकार सञ्चालन गर्ने हो भने त्यसले पञ्चायती व्यवस्थाको जस्तो निर्दलीयतालाई पुनः ब्युँताउने दावी गरिएको छ ।
रिट निवेदकको तर्फबाट शुरुवाती बहस गर्ने आज अन्तिम दिन भएकाले सरकारी पक्षले यो बहस नोट पेश गरेको हो । रिट निवेदक पक्षलाई शुरुवाती बहसका लागि १२ घण्टाको समय तोकिएको थियो ।
हरेक दिन ४ घण्टा मात्रै बहस गराउने इजलाशको आदेश अनुसार निवेदक तर्फका २९ जना कानून व्यवसायीहरुलाई ३ देखि ३० मिनेटसम्मको समय तोकिएको थियो ।
यस्तो छ सरकारले सर्वोच्चमा बुझाएको बहस नोट:
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार