गोलभेडा बेचेरै मासिक साढे २ लाख, सरकारको नजरमा परेनन् कृषक
नेपालबहस संवाददाता
असार १२, २०७८ आइतबार १:५:०
१२ असार, काठमाडौं । थोरै लगानीबाटै राम्रो आम्दानी लिन सक्ने देखिएपछि पछिल्लो समयमा कृषि खेतीतर्फ युवाहरुको चासो बढेको छ ।
लगानी पनि थोरै हुने र छिट्टै आम्दानी लिन सक्ने भएकाले कृषितर्फ लागेको युवाहरुको भनाई छ । पछिल्लो समयमा कोभिड १९ को प्रभावसँगै भएका रोजगारीसमेत गुमाउन पुगेपछि युवाहरु कृषितर्फ आकार्षित भएका हुन् ।
थोरै लगानीबाटै राम्रो आम्दानी लिन सक्ने आशामा कृषिमा होमिएका युवाहरु बजारमा तरकारीको भाउ आकासिए पनि कृषकले भने खासै फाईदा लिन नसकेपछि लगानी कसरी उठाउने भन्ने चिन्तामा परेका छन् । बजारमा हेर्ने हो भने तरकारीको भाउ छोईनसक्नु छ तर हामीले भने थोरै मूल्यमा नै पठाउनु परेको छ, ‘ताजा कृषि तथा पशुपन्छी फार्मका व्यवस्थापक तथा संचालक सुगम कुमार पाख्रिनले बताए ।’
पाख्रिन नेपालमा लकडाउन हुन केही दिन अगाडी मात्रै दुबईको मासिक डेढ लाखको रोजगारीलाई त्यागेर कृर्षि खेती गर्न नेपाल आएका हुन । किसानले राम्रो उत्पादन गरे पनि उपभोक्तामाझ तरकारी पुर्याउँदा महंगो हुने उनको बुझाई छ । पाख्रिन जस्तै विदेशको रोजगारीलाई त्यागेर नेपालमै कही गर्छु भन्नेहरु धेरै छन ।
पछिल्लो समयको लकडाउनले कसैलाई व्यवसायी बनाएको छ भने कसैलाई उद्योगी बनाएको छ । छोटो समयमै आम्दानी लिन सक्ने भएपछि पछिल्लो समयमा युवापुस्ता कृषि खेतीतर्फ आकर्षित भए पनि सोचै झै नभएको संचारकर्मीसमेत रहेका सोही फार्मका अध्यक्ष राङडोल लामाले बताए ।
उनीहरुले लकडाउन सुरु भएसँगै सुरु गरेको व्यवसायले राम्रै आम्दानी लिए पनि आत्मसन्तुष्टि भने हुन सकेका छैन । करिब साढे १२ रोपनीमा सुरु गरेको गोलभेडा खेतीले भने राम्रै आम्दानी दिने गरेको लामाले बताए । उनका अनुसार एक सिजनमा गोलभेडा बेचेर मात्रै २० देखि ३० लाख रुपैयाँसम्म कमाउन सकिन्छ ।
२० लाख रुपैयाँ लगानीबाट सुरु गरेको उक्त र्फामले दैनिक ७ जनालाई रोजगारी दिएको अध्यक्ष लामाले बताए । लामाका अनुसार गोलभेडा, तितेकरेला, काँक्रा, सिमी बोडी, घिरौंला, लौका, धनियाँ, फर्सी, काउलीलगायतका बिभिन्न सागसब्जीहरु र्फाममा पाउन सकिन्छ ।
तर सरकारले ल्याएको बिभिन्न अनुदान लगायतका कार्यक्रमले भने उनीहरुलाई छुन सकेको छैन । पाख्रिनले भने, ‘अनुदान भनेको हामी जस्तो कृर्षिमा लागेकाहरुलाई होईन रहेछ, यो सबै कागजी प्रकृया मिलाएर खानेको लागि मात्रै रहेछ ।’ उनले थपे, अनुदानको कुरै छोडौं हामीलाई सरकारले सस्तो ब्याजको लोनसमेत पत्याएन् ।
उद्योग बिभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षमा मात्रै कृर्षि तथा वन पैदावारमा २० वटा कम्पनी दर्ता भएका छन । २० वटा कम्पनीको कुल पुँजी ५ अर्ब २६ करोड ६३ लाख रहेको छ भने १८७५ जनालाई प्रत्यक्ष रोजगारीको अवसर प्राप्त हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
मलको अभाव हुँदा खेती गर्न समस्या
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार