राप्रपामा ‘तीनघोडे रथ’को गतिहिनता अन्त्य गर्न भदौमा महाधिवेशन गरौंः कमल थापा
नेपालबहस संवाददाता
असार १३, २०७८ आइतबार २२:१५:२४
असार १३, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा महाधिवेशन आगामी भदौमा गरिसक्न प्रस्ताव गरेका छन् ।आज सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै अध्यक्ष थापाले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा सशक्त भुमिका खेली राप्रपालाई मुलुकको अग्रणी शक्ति बनाउन र आगामी निर्वाचनको तयारीको लागि राप्रपा महाधिवेशन अत्यावश्यक भएको बताउँदै भदौ भित्रै महाधिवेशन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।
उनले लेखेका छन्, “हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा माहौल तातेको बेला सशक्त भूमिका खेल्न, राप्रपालाई अग्रणी शक्ति बनाउन, फागुनमा हुने स्थानीय चुनावको तयारी गर्न, ‘तीनघोडे रथ’ को गतिहिनता अन्त्य गर्न र पार्टी एकता गर्दाको सम्झौता पालना गर्न आगामी भदौमा पार्टी महाधिवेशन हुनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ।”
राप्रपाले यस अघि जेठका लागि घोषणा गरेको महाधिवेशन कोभिडका कारण रोकिएको थियो । राप्रपामा हाल तीन अध्यक्ष रहेका कारण पार्टी निष्क्रिय रहेको बताउँदै एकल नेतृत्वको लागि पार्टी एकता गर्दाको सम्झौता अनुसार तत्काल महाधिवेशन गर्न राप्रपाका विभिन्न बैठकहरुमा अध्यक्ष कमल थापाले माग गर्दै आएका छन् ।
राप्रपा अर्का दुई अध्यक्ष पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले भने महाधिवेशनबारे आफ्ना धारणा सार्वजनिक गरिसकेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार