होमस्टे प्रवद्र्धनका लागि पर्यटकीय स्थान संरक्षण र पदमार्ग निर्माण
नेपालबहस संवाददाता
असार १४, २०७८ सोमबार १७:१:१
१४ असार, बलेवा । कतिपय स्थानमा होमस्टे (घरबास) प्रवद्र्धनको बजेटबाट घर बनाउने, घरभित्रका सामान किन्नमा खर्च भएको सुन्नमा पाइन्छ तर काठेखोला गाउँपालिका–७ रेशमा सामूहिक हित र पर्यटन प्रवद्र्धनका लागि बजेट लगानी गरिएको छ ।
रेशस्थित डोटे देउराली होमस्टे प्रवद्र्धनका लागि पर्यटकीय स्थान संरक्षण र पदमार्ग निर्माण गरिएको छ । रेशस्थित माहुरी झरनामा जाने झण्डै एक किमी लामो पदमार्ग निर्माण गरिएको हो । उक्त पदमार्ग बनेपछि स्थानीयवासीले झरनामा पुगेर घुम्ने क्रम शुरु भएको छ । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले दिएको रु १० लाख र अन्य स्रोत समेत परिचालन गरेर रु १५ लाखमा उक्त पदमार्ग निर्माण भएको वडाध्यक्ष प्रेम लामिछानेले बताए।
यो पदमार्गबाट झरनामा पुगेपछि सानो टहरा र फलामे पुलसमेत बनाइएको छ । घुम्न गएकाहरुले यो पुल तरेर वारि र पारिको दृश्यावलोकन गर्न सक्छन् । “शीतल र आनन्द लाग्ने स्थान रहेछ, यो वनभोज जानेका लागि पनि उपयुक्त स्थान हो”, वडासदस्य कृष्णबहादुर थापाले भने, “वडाध्यक्षले यस्ता महत्वपूर्ण स्थान हेरेर सही लगानी गरेको रहेछ ।” आगामी हिउँदमा वनभोज स्थलसमेत राख्ने योजना लामिछानेले सुनाए।
डोटे देउरालीमा आठ घर होमस्टे छन् । जिल्ला र बाहिरबाट आएका २० जनासम्मको समूहलाई जैविक खाना खुवाएर राख्न सक्ने गरी यो होमस्टे निर्माण भएको हो । “घर सरसफाइ, जैविक खाना र शुद्ध पानीको व्यवस्था घरघरमै भएको छ”, लामिछानेले भने, “एक दिने घुमाइका लागि आउनेलाई पनि यो राम्रो गन्तव्य बन्छ भनेर लगानी गरियो ।” होमस्टेबाट धौलागिरि र माछापुच्छ्रे हिमाली शृङ्खला पनि देख्न सकिन्छ ।
पर्यटन प्रवद्र्धनकै लागि होमस्टे नजिकै मदन भण्डारी पार्कसमेत निर्माण भएको छ । घुम्न आएका पाहुनाहरु यहाँ बसेर हिमाली दृश्य र रेशका अधिकांश बस्ती हेर्न सक्छन् । यहाँबाट बिहुँ, भीमापोखरा, पञ्चकोटसहितका क्षेत्र देखिन्छ । वडाको बजेटबाट गत वर्ष बनाइएको यो पार्क सम्पन्न गर्न रु पाँच लाख मात्रै खर्च भएको लामिछानेले जानकारी दिए।
“बिहान बेलुकी काम गरेर थाकेका स्थानीयवासीले थकाइ मार्न पनि पार्क पुग्ने गर्छन्”, स्थानीयवासी रनमाया थापाले भने, “यो पार्कले गाउँको मुहारै फेरिदिएको छ ।” यहाँ कम्पाउण्ड तारबार लगाएर घेरिएको छ । बीचमा पोखरी र पानीको फोहोरा राखिएकोले धेरैको आर्कषक बनेको हो । राष्ट्रिय झण्डा राखिएकोले फोटो खिच्नेका लागि पनि उपयोगी भएको छ ।
वडाभित्रका पर्यटकीय गन्तव्य, मठमन्दिर र गाउँ जोड्ने पदमार्ग र सडकहरु स्तरीय बनाउनसमेत वडाले लगानी गरेको छ । सबै टोलमा पुग्ने स्तरीय सडक बनाइएकोले बर्सातमा पनि नियमित सवारी साधन सञ्चालन भएको लामिछानेले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार