नारायणी अस्पतालले गर्यो ऐन विपरित करोडौंको टेण्डर आह्वान
नेपालबहस संवाददाता
असार १४, २०७८ सोमबार १८:३५:२१
१४ असार, बीरगञ्ज । आर्थिक वर्ष सकिनै लाग्दा बीरगञ्जस्थित नारायणी अस्पतालले सार्वजनिक खरिद ऐन विपरित करोडौंको टेण्डर आह्वान गरेको छ । अस्पतालले असार १ गतेको मितिमा विभिन्न शिर्षकमा करिब २० करोडको टेण्डर आह्वान गरेको हो ।
कोभिड डेडिकेटेट हस्पिटल निर्माणदेखि कोभिड आईसीयुका सामान, पीआईसीयु सामान, अक्सिजन प्लान्ट लगायत ७ वटा शिर्षकमा अस्पतालले ७ दिने टेण्डर आह्वान गरेको हो । ७ दिने समयावधि दिएर खोलिएको टेण्डरमा क-कस्ले टेण्डर भरे भन्ने सूचना अस्पताल प्रशासनले लुकाएको छ । यसबारे सूचना माग गर्दा पनि सूचना दिन आनाकानी गरेको छ ।
अस्पतालले एक राष्ट्रिय दैनिकमा सूचना निकालेको भए पनि त्यो सूचना गोप्य राख्न आफ्नो सूचना बोर्डमा भने राखेन । आफू नजिकका व्यवसायीसँगको मिलोमतोमा टेण्डर निकालेको हुँदा सूचना गोप्य राख्न अस्पतालले आफ्नो सूचना बोर्डमा सूचना टाँस नगरेको अस्पतालकै कर्मचारीहरु बताउँछन् ।
सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को बर्खिलाप हुने गरि अस्पतालले टेण्डर आह्वान गरेको भेटिएको छ । तर अस्पतालले भने कोभिड-१९ रोग संक्रमणको उपचार, व्यवस्थापन, रोकथाम र नियन्त्रणको लागि यस अस्पतालमा अति आवश्यक उपकरणहरु खरिद तथा भवन निर्माण गर्नका लागि विद्युतीय बोलपत्र आव्हान गरी विशेष परिस्थिति अन्तर्गत सार्वजनिक खरिद ऐन (संसोधन सहित), २०६३ को दफा ६६ तथा सार्वजनिक खरिद नियमावली (संसोधन सहित), २०६४ को नियम १४५ को अधिनमा रही टेण्डर आह्वान गरेको उल्लेख गरेको छ ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५ मा सार्वजनिक निकायले कुनै पनि वस्तु खरिदको लागि तोकिए बमोजिम लागत अनुमान तयार गर्नु पर्नेछ भन्ने उल्लेख गरेको छ र टेण्डर आह्वान गर्दा लागत अनुमान अनिवार्य रुपमा खुलाउनु पर्ने उल्लेख छ ।
तर अस्पतालले टेण्डर गर्दा लागत अनुमान उल्लेख नै नगरी नागरिकलाई झुक्याउने गरि व्यवसायीको मिलेमतोमा टेण्डर आह्वान गरेको छ ।अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि बीरगञ्ज महानगरपालिकाले गएको महिना नै टेण्डर गरेर सम्झौता समेत गरिसकेको छ ।
यो सबै जानकारी हुँदाहँदै पनि उस्तै कामका लागि अस्पतालले फेरि टण्डर आह्वान गर्नुले यसमा चलखेल भएको देखाएको छ । अस्पतालको निमित्त मेसुको जिम्मेवारी पाएका डा. वीरेन्द्रबहादुर प्रधान र उनी निकट अस्पतालकै डा.उदय सिंहको चलखेलमा आफू निकटलाई करोडौंको ठेक्का दिने प्रपञ्च रचिएको स्रोतको दावी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार