बाँकेका अस्पताल तेस्रो लहरको पूर्वतयारी
नेपालबहस संवाददाता
असार १५, २०७८ मंगलबार १९:५५:२६
१५ असार, राँझा । कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर बाँकेका अस्पतालले पूर्वतयारीमा जुटेका छन् ।
बाँकेका मात्र नभई लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका समेत बिरामी उपचारका लागि यहाँ आउने भएकाले अहिलेदेखि नै आवश्यक पूर्वतयारी शुरु गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए । उनका अनुसार, तेस्रो लहरको कोरोना संक्रमण फैलिनु अगावै आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापनको पूर्वतयारीमा अस्पताल जुटेको छ ।
उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले कोभिड–१९ संक्रमणको तेस्रो लहरको सम्भावित जोखिम र त्यसलाई न्यूनीकरण गर्नका लागि व्यवस्थित रुपमा पूर्वतयारी गर्न भेरी अस्पतालसमेतका नाममा अन्तरिम आदेश दिएकाले पनि भेरी अस्पतालले पूर्वतयारीलाई अगाडि बढाएको छ ।
कोरोनाको दोस्रो लहरमा करिब एक हजार सङ्क्रमितको उपचार गरेको नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा पनि तेस्रो लहरको पूर्वतयारी शुरु गरिएको अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले बताए ।
कोरोना सङ्क्रमणको दोस्रो लहरमा भाइरस निकै आक्रमक र तीब्रगतिमा फैलिएका कारण मानवीय क्षति पनि बढी भएको कोभिड अस्पतालका संयोजकसमेत रहेका उपनिर्देशक डा. श्रेष्ठले बताए । १ सय ३० शय्याको यो अस्पतालमा बिरामीको सङ्ख्या घट्दै गएको र तेस्रो लहरको पूर्वतयारी गर्न तत्कालका लागि कोभिड वार्ड बन्द गरिएको छ ।
अस्पतालमा उपचाररत चारजना बिरामीलाई भेरी अस्पतालमा पठाएसँगै अस्पतालका सबै शय्या खाली भएका छन् । तेस्रो लहरले बालबालिकालाई बढी असर पार्न सक्ने सम्भावना बढी रहेकाले यहाँका अस्पतालले सोही अनुरुपको पूर्वतयारी शुरु गरेको बताइएको छ ।
दोस्रो लहरमा अक्सिजनको समस्याले धेरै तनाव दिएकाले त्यसको व्यवस्थापनका लागि पाइपलाइन मर्मतसँगै विस्तार गर्नुपर्ने, सिप्याप मेसिन, अक्सिजन मास्कलगायतका उपकरण तयारी अवस्थामा राख्ने गरी पूर्व तयारीमा अस्पताल जुटेको छ ।
कोरोना दोस्रो लहरको सिकाइले अस्पतालमा शय्यादेखि भेन्टिलेटरलगायत भौतिक पूर्वाधारको पनि व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको अस्पतालका उपनिर्देशक डा श्रेष्ठको भनाइ छ । “कोरोना भाइरस संक्रमण तेस्रो लहरका बिरामीको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा भौतिक संरचनाको पूर्व तयारीमा हामी जुटेका छौं”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री
कात्तिक १७, २०८१ शनिबार
कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा गरिंदै
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछः राष्ट्रपति
कात्तिक १७, २०८१ शनिबार
नेवार समुदायको नयाँ वर्ष नेपाल संवत् ११४५ शुरु
कात्तिक १७, २०८१ शनिबार
काठमाडौंमा वायु प्रदूषण बढ्यो, कारण के ?
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार