ओलीले बोलाएको बैठकमा जान नेपाल पक्षको आनाकानी कायमै
नेपालबहस संवाददाता
असार १७, २०७८ बिहिबार १९:५५:५४
१७ असार, काठमाडौं । एमालेभित्रको आन्तरिक विवाद निरुपण गर्न लागिपरेका दोस्रो पुस्ताका नेताहरुले आज साँझसम्म सहमतिमा पुग्ने दावी गरिरहेतापनि सहमति बन्ने आधार निर्माण भने भएको छैन । विहिबार बिहान दुवै पक्षका नेताहरुबीच भएको छलफलपछि सहमतिमा पुग्न लागेको र नयाँ आधार तय गरेको भनिएपनि नेपाल पक्षका कतिपय नेताहरुले त्यो झूठो भएको बताएका छन् ।
एमालेमा सहमति खोज्न बिहानैदेखि बसेको कार्य दलको बैठक साँझ चार बजे बस्ने गरी अहिले दुवै पक्षका नेताहरु बैठकबाट उठेर नेपाल पक्षले आयोजना गरेको स्थायी कमिटी बैठकमा सहभागी भएका छन् । छलफल सकारात्मक मोडमा अघि बढेकोले दोहो¥याएर बस्न लागिएको कार्यदलका एक सदस्यले सदस्यले बताए । उनका अनुसार केही प्राविधिक कुराहरु मात्रै सहमतिमा पुग्न बाँकी रहेकाले केही बुँदामा सहमति हुनेछ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षले महाधिवेशन आयोजक कमिटी भंग गरी असार १८ गते केन्द्रीय कमिटीको बैठक आयोजना गरेपछि त्यसबारेमा धारणा बनाउन माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बसेको हो । कार्यदलमा रहेका नेताहरु सो बैठकमा सहभागी हुन जानु पर्ने भएकोले अहिलेको बैठक कुरा नटुंगिदै स्थगित भएको छ ।
नेपाल पक्षले यथास्थितिमा ओलीले बोलाएको बैठकमा सहभागी नहुने प्रारम्भिक धारणा सार्वजनिक गरिरहेका छन् । संस्थापन पक्षका नेताहरुले बैठकमा नकारात्मक अभिव्यक्ति नदिन माधव नेपाललाई सजग गराउन सम्झाउन आग्रह गरेका छन् । ‘सहमतिको नजिक पुगेको बेला नकारात्मक अभिव्यक्ति दिएर वातावरणलाई विथोल्न हुँदैन भनिरहेका छौ’, एक नेताले भने ।
नेपाल पक्षका केही नेताहरु अहिले ओली पक्षसँग मिल्दा सबै हिसाबले घाटा हुने भन्दै ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा जान नहुने बताइरहेका छन् । विहीबार बिहान नेपाल पक्षले प्राविधिक विषयमा ओली पक्षले गल्ती गरेका कारण असार १८ गते अर्थात शुक्रबारका लागि आयोजना गरेको बैठक स्थगित गर्न सुझाव दिएका छन् ।
नेपाल पक्षको बैठकले नै पार्टीमा सहमति गर्ने निर्णय गरेर भोलि आयोजना गरिएको केन्द्रीय कमिटीको बैठकमा सहभागी हुने अपेक्षा संस्थापनको भएपनि नेपाल पक्षले भने यही अवस्थमा बैठकमा सहभागिता जनाउने वा के गर्ने भन्ने बारेमा धारणा सार्वजकि गर्न बैठक राखेको हो । तीन महिनासम्म चलेको रस्साकस्सीपछि आन्तरिक विवाद समाधान गर्न २०७५ जेठ २ गते अघिका सबै कमिटी व्यूताएर अघि बढ्ने गरी ओलीले असार १८ गतेलाई केन्द्रीय कमिटी बैठक राखेका हुन् ।
एमालेभित्र आन्तरिक विद्रोह गरिरहेको नेपाल समूहले पार्टीका सबै संरचना २०७५ जेठ गते अघि फर्काउनु पर्ने प्रमुख माग गरेको थियो ।ओलीले त्यसलाई वेवास्ता गरेपछि नेपाल समूहले समानन्तर कमिटी बनाएर चुनौति दिएको थियो । देशभर नेपाल समूहले समानन्तर कमिटी बनाउनेदेखि विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन समेत नेपाल समूह लागेपछि ओलीले सबै कुरा छाडेर अब पार्टीको विवाद मिलाउने भन्दै केही दिनमै पार्टीका सबै कमिटी पुरानै अवस्थामा पुर्याउने निर्णयमा ओली पक्ष अघि बढेको छ । बुधबार एमालेको महाधिवेशन आयोजक कमिटी भंग गर्दै आठ नेतालाई स्थायी कमिटीमा मनोनयन गरिएपछि सत्तारुढ दलको विवाद फेरि नयाँ मोडमा पुगेको छ ।
महाधिवेशन आयोजक कमिटीको नाममा भए गरेका एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सञ्चालन हुने गरी एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउँदै माओवादीबाट आएका नेतासहित आठ जनालाई स्थायी कमिटीमा मनोनयन गरेको थियो । वालुवाटारमा बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको थियो । महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत फिर्ता गरेको थियो ।
नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लवेखराज भट्ट, मणि थापालाई स्थायी कमिटी सदस्यमा मनोनयन गरेको थियो । उनीहरुलाई मनोनयन गर्ने विधि र प्रक्रिया गलत भएको नेपाल पक्षले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
आयुमीको ‘आफैँलाई’ गीत सार्वजनिक
मंसिर १६, २०८१ आइतबार