ओली–नेपाल टेलिफोन संवादः हस्ताक्षर फिर्ता नगर्ने माधव नेपालको अडान
नेपालबहस संवाददाता
असार १९, २०७८ शनिबार २२:५३:२
१९ असार, काठमाडौं । एमालेको एकता प्रयासका लागि पार्टी अध्यक्ष केपी ओली र माधव नेपालबीच शनिवार दिउँसो टेलिफोन संवाद भएको छ । संवादको क्रममा दुवै नेता आ–आफ्नै अडानमा रहेका छन् । ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता गर्न आग्रह गरे तर नेपालले मानेनन । नेपालले केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरे तर ओलीले नमान्दा दुवै नेताहरु आ–आफ्नै अडानमा रहेका छन् ।
सोमबार साँझभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन अध्यक्ष केपी ओलीले निर्देशन दिएपछि माधव नेपालले आफूनिकट सांसदहरुसँग छलफल गरेपनि लोकतन्त्र जोगाउन गरिएको हस्ताक्षर फिर्ता नगर्ने बरु अदालतको आदेशलाई मानेर जाने अडानमा रहेका छन् । शनिवार दिउँसो घनश्याम भूषालको मोवाइलबाट ओली र नेपालबीच कुराकानी भएको थियो ।
शनिबार दोस्रो तहका नेताहरु पार्टी एकताको लागि सहमतिको मस्यौदा बनाउन वार्तामा रहेका बेला नेपालले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका विघटित प्रतिनिधिसभाका सदस्यहरुसँग छलफल गरेका थिए । माधव नेपाल पक्षका २३ जना विघटित प्रतिनधिसभाका सदस्यहरुले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । हस्ताक्षरकर्तामध्ये जुम बैठकमा सहभागी सबैले कुनै पनि हालतमा देउवालाई दिएको समर्थन फिर्ता लिन नहुने बताएका थिए ।
पार्टी एकता र हस्ताक्षरको कुनै सम्बन्ध नभएको भन्दै उनीहरुले सो विषयमा अदालतबाट आएको निर्णय मानेर जाने बताएका हुन् ।सांसदहरुले हस्ताक्षर कुनै पनि हालतमा फिर्ता लिन नहुने अडान राखेपछि माधव नेपालले पार्टी एकतामा आफू बाधक भएको भनेर सुनियोजित हल्ला चलाइएको बताएका थिए । नेपालले आफू हिजो सम्पर्कविहीन भएको भनेर हल्ला चलाइएको भन्दै आपत्ति जनाएका थिए ।
सांसदहरुको बैठकपछि नेपाललाई भेट्न वार्तामा सहभागी भइरहेका नेता घनश्याम भुसाल पुगेका थिए । उनकै उपस्थितिमा ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको थियो । ‘ माधव नेपालद्वारा अहिले जारी बैठक सर्वोच्च अदालतको फैसला अनुरूप २०७५ जेष्ठ २ को नभई २०७७ फाल्गुण २८ कै निर्णयको निरन्तरता देखिएको र आवश्यक सल्लाह एवम् परामर्श विना आयोजना गरेकोले त्यसलाई रोक्न, राजनीतिक र संगठनात्मक कोर्ष करेक्सन गर्न एवम् पहिले निर्माण गरेको वार्ता कमिटीलाई क्रियाशील बनाई औपचारिक वार्ता आरम्भ गर्न आग्रह गरेका थिए तर ओलीले त्यसलाई मानेनन’, नेपाल निकट स्रोतले भन्यो ।
स्रोतका अनुसार नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा अदालतबाट आउने फैसलालाई स्वीकार मात्र गर्न सकिने तर हस्ताक्षर फिर्ता लिन नसकिने कुरामा स्पष्ट पारेपनि ओलीले अन्य कुरामा खासै गम्भीर नबनी हस्ताक्षर फिर्ता लिन मात्र एकोहोरो आग्रह गरेका थिए । त्यसमा नेपालले अहिले त्यसो गर्नु उपयुक्त नभएको जवाफ दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार