संघीयता र धर्म भित्रको राजनीति
नेपालबहस संवाददाता
असार २०, २०७८ आइतबार २०:८:४६
सम्पादकीय
संघीयता र धर्म निरपेक्षता अबको नेपाली राजनीतिको केन्द्रमा तानिने मुद्धा बन्दैछ । हिजोसम्म हिन्दूवादी र राजतन्त्रका पक्षपातीले उठाउने गरेका यी मुद्धा विस्तारै मूलधारका राजनीतिक दलको वहसको केन्द्रमा तानिन थालेको छ ।
कुनै बेला राष्ट्रिय प्रजातन्त्र पार्टीको त्यो पनि एउटा खास समूहको मात्र सरोकारको विषय रहने गरेकोमा पछिल्लो अवस्थामा सत्ताधारी नेकपा एमालेकै केन्द्रीय कमिटीको अजेण्डा बनेको छ । हिजो मात्र एमाले नेता महेश बस्नेतले जारी केन्द्रीय कमिटी बैठकमा यो विषय छलफलका लागि प्रवेश गराए । यद्यपि राष्ट्रिय जनमोर्चा नेपालले भने संघीयताविरोधी आन्दोलन भने यसअघि नै चलाएको थियो । तर धर्म निरपेक्षताको विषयमा भने राजमो नेपाल मौन छ ।
देशमा संघीयता र धर्म निरपेक्षताको वहस गर्न समेत नचाहने पार्टीको सूचिमा एमाले नै अग्रपंक्तिमा देखिन्थ्यो । माधव नेपाल नेतृत्वको एमाले रहँदा ताका यो विषयले पार्टी भित्र प्रवेश पाएको थिएन । तर सत्ता राजनीतिमा माहिर देखिएका केपी ओलीले भने संघीयता र धर्मका विषयमा अलग धार बोक्ने संकेत गरेका छन् ।
खासगरी भारतीय संस्थापन पक्षसँग हिमचिम बढेपछि ओलीको दृष्टिकोण बदलिएको धेरैको बुझाई छ । त्यसैको प्रतिसंकेतन हो हिजोको प्रसंग । ओलीको चाहना वा इशारा बेगर सांसद् बस्नेतले यी दुबै विषयलाई पार्टी केन्द्रीय कमिटीमा राख्ने सम्भावना थिएन । बस्नेतले राखेको प्रस्तावलाई ओलीले सकारात्मक भनेका छन् । यसबाट पनि प्रष्ट हुन्छ अब ओलीले गर्न खोजेको राजनीति के हो भनेर ।
आफ्नै कारणले कम्युनिष्ट आन्दोलन तहसनहस भएको ओलीलाई राम्रो ज्ञान छ । त्यसैले अबको चुनावमा उनको मुद्धा संघीयता विरुद्ध र धर्मको विषयमा केन्द्रित हुने देखिएको छ । नेपाली जनताको भावना र चाहना पनि संघीयता विरोधी र हिन्दू राष्ट्रकै पक्षमा रहेको अनुमान गरिएको छ ।
त्यसैले ओली अबको चुनावमा यिनै दुई मुद्धा बोकेर जाने मनस्थितिमा छन् । त्यसका लागि उनले राप्रपा लगायत शक्तिसँग मोर्चाबन्दी गर्ने वातावरण बन्दैछ । राप्रपा अध्यक्ष कमल थापाले त्यसको संकेत गरेका छन् । उनले हिजो मात्रै एमाले भित्र हिन्दू धर्म र संघयताका विषयमा छलफल भएपछि त्यसलाई सकारात्मक भनेका छन् ।
आज बिहान अध्यक्ष थापाले सामाजिक सञ्जालमा भनेका छन् – पश्चिमा देशहरु इसाई धार्मिक मान्यतामा समाज र राष्ट्र चलेको छ भन्दा गर्व गर्छन्, हामी भने परिवार, समाज र राष्ट्र सनातन वैदिक मान्यताको धरातलमा उभिएको सत्य स्वीकार्न हिनतावोध गर्छाैं , यसबाट मुक्त होऔं ।
थापा मात्र होइन नेपाली राजनीतिको एउटा हिस्साको दर्शन र सिद्धान्त यही विषयमा केन्द्रित छ । हरेक पार्टी भित्र यो मुद्धा रहेको छ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पनि हिन्दू धर्मलाई आफ्नो अभिष्ट बनाएका छन् । उनले धार्मिक स्वतन्त्रता आवश्यक रहेको बेला बेला बोल्ने गरेका छन् । एमाले भित्र प्रवेश पाएको यो मुद्धालाई भजाएर राजनीति र सत्ता प्राप्तिको अभिष्ट ओलीले बोकेको भनेर बुझ्न अब गाह्रो भएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ वर्षमा सबैको कामना, हाम्रा नेतामा सद्बुद्धि पलाओस् !
बैशाख १, २०८१ शनिबार
शान्ति, सम्बृद्धि, सुशासन र सहमतिको वर्ष बनोस् २०८० !
बैशाख १, २०८० शुक्रबार
इतिहास र बाह्य आलोकमा राष्ट्रिय मेलमिलाप तथा एकता दिवस
पुष १८, २०७८ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार