सेञ्चुरी बैंकमा विवाद, सीईओ गौतमले किन दिए राजीनामा ?
नेपालबहस संवाददाता
असार २१, २०७८ सोमबार १९:२:५९
२१ असार, काठमाडौं । सेञ्चुरी कर्मशियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसीराम गौतमले अकस्मात राजीनामा दिएका छन् । चार बर्षका लागि सीईओमा नियूक्त भएका गौतमले कार्यकाल सकिन नौ महिना बाँकी छँदै आइतबार साँझ बैंक सञ्चालक समितिलाई राजीनामा बुझाएका हुन् ।
बैंकको सीईओ नियूक्त भएको केही समयपछि नै उनको सञ्चालक समितिसँग विवाद बढेको थियो । सोही विवाद बढ्दै गएर चरम रुप लिएपछि उनले बीचमै बैंक छाडेका हुन् । ३९ महिनाको कार्यकालमा बैंकभित्र एक अर्ब भन्दा बढी घोटाला गरेको आरोप उनीमाथि लागेको छ ।
मोटो कमिशन खाएर मनपरी ढंगले कर्जा लगानी गर्ने तर सो कर्जा उठाउन ताकेता नगर्ने बरु उल्टै डिफल्टरहरुसँग मिलेर बैंकलाई थप धरासायी बनाउन लागेको आरोप एकजना सञ्चालकले लगाएका छन् ।
२७ वटा बाणिज्य बैंकहरु मध्ये सबैभन्दा कमजोर बैंकको रुपमा रहेको सेञ्चुरी बैंकको वित्तीय विवरण टिठलाग्दो देखिन्छ । बेरोजगार भएर घरमै थन्किएका बेला विभिन्न शक्तिकेन्द्र धाएर तथा सञ्चालकहरुको चाकडी गरेर बैंकको सीईओ हात पारेका गौतमले हरेक बर्ष कम्तीमा १५ प्रतिशत लाभांश दिने कवुलियतनामा गरी जागीर खाएको बताइन्छ । तर ६ प्रतिशत लाभांश दिन पनि हम्मेहम्मे परेपछि उनी बाहाना बनाएर भागेको आरोप एक सञ्चालकले लगाए ।
ती सञ्चालकका अनुसार, उनलाई सञ्चालक समितिले केही व्यवसायिक लक्ष्यहरु दिएको थियो । ती लक्ष्यहरु कुनैपनि हासिल भएका थिएनन् । गौतमले कोभिडका कारण लक्ष्यमा पुग्न नसकेको बाहाना गदै आएका थिए । उनी सीईओ भएर बैकमा भित्रिएपछि बैंकका राम्रा कर्मचारीहरुलाई धमाधम निकालेका थिए ।
गौतम माछापुच्छ्रे बैंकको पनि प्रमुख कार्यकारी भएका थिए । त्यहाँबाट बाहिरिएपछि डेढ वर्ष उनी खाली थिए । त्यसपछि सेञ्चुरी आएका थिए । सुरुमा उनले नेपाल बैंकबाट बैकिङ करियर सुरु गरेका थिए । त्यसपछि तत्कालिन नेपाल इन्डोसेज बैंक छाडेर एसबीआई गएका थिए ।
एसबीआईबाट माछापुच्छ्रे बैंक हुँदै उनी इक्रा नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार