नबिल र एनबी बैंक मर्जको अन्तिम तयारीमा, ५० प्रतिशत सस्तो मूल्यमै शेयर बिक्री गर्दै आईएफआईसी बैंक
नेपालबहस संवाददाता
असार ३०, २०७८ बुधबार १९:१४:४
३० असार, काठमाडौं । नेपाल बंगलादेश बैंक (एनबी) को ठूलो संस्थापक लगानीकर्ता रहेको बंगलादेशको आईएफआईसी बैंकले आफ्नो सम्पूर्ण शेयर बेच्ने घोषणा गरेको छ । एनबी बैंकमा आईएफआईसी बैंकको ४०.०९ प्रतिशत संस्थापक शेयर रहेको छ ।
गत सोमबार बसेको बैंक संचालक समितिको बैठकमा आईएफआईसीले आफ्नो स्वामित्वमा रहेको ४०.०९ प्रतिशत अर्थात ३ करोड ६८ लाख २७ हजार ४ सय २६ कित्ता शेयर बिक्रीका लागि आवेदन दिएको थियो ।
आईएफआईसीले आर्थिक वर्ष २०७७/७८ मा कुनै बोनस शेयर प्राप्त भएमा सो समेत जोडी संस्थापक शेयरहरु बिक्री गर्नका लागि आवेदन दिएको हो । हालको बजार मूल्य भन्दा ५० प्रतिशत कम रेटमै आफ्नो संस्थापक शेयर बेच्न बंगलादेशी बैंक राजी हुनुलाई अर्थपूर्ण मानिएको छ । उक्त शेयर किन्नका लागि संस्थापक शेयरधनीलाई बैंकले हिजो २९ असारमा ३५ दिने सार्वजनिक सूचना निकालेको छ ।
‘नेपाल राष्ट्र बैंकको निर्देशन, यस बैंकको प्रबन्धपत्र तथा नियमावली र आईएफआईसी बैंकसँग रहेको संस्थापक शेयरहरु खरिद गर्ने पहिलो हक विद्यमान अन्य संस्थापक शेयरधनीहरुको हुने भएकाले नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही उपरोक्त शेयरहरु बिक्री गर्न लागेको राष्ट्र बैंक लगायतका नियामक निकायलाई लेखेको पत्रमा उल्लेख छ ।
उक्त शेयर खरिदका लागि इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र व्यक्तिगत विवरणसहित आवेदन दिनुपर्नेछ । ३५ दिनभित्र कसैको निवेदन नपरे वा प्राप्त निवदेनहरु उक्त व्यवस्था बमोजम ‘फिट एण्ड प्रोपर टेस्ट’बाट अयोग्य देखिए वा प्राप्त विवरण पूर्ण नभइ ‘टेस्ट’ गर्न नसकिएमा नियमनुसार अन्य व्यक्ति वा संस्थालाई शेयरहरु बिक्री गरिने बैंकले एक सूचनामार्फत जनाएको छ ।
नेपाल बंगलादेश (एनबी) बैंकमा रहेको बंगलादेशी लगानीकर्ता आईएफआईसी बैंकको संस्थापक शेयर चौधरी ग्रुपले सम्पूर्ण शेयर खरिद गर्ने भित्री पूर्वतयारी स्वरुप यो योजना ल्याइएको बताइएको छ । आईएफआईसी बैंकका लगानीकर्ता र नेपालको व्यवसायिक घराना चौधरी ग्रुपबीच सो शेयर खरिदबिक्री गर्ने भित्री सहमति भएको बताइएको छ ।
अन्य संस्थापक शेयरधनीहरु कमजोर रहेको बेला पारेर चौधरी ग्रुपले बैंकको शेयर एकलौटी पार्न खोजेको आरोप लागेको छ । उक्त शेयर खरिदपछि बिग मर्जको दवावमा परेको नबिल बैंकसँग मर्जर वा एक्वायर गर्ने भित्री तयारी पनि भैरहेको छ ।
नबिल बैंकमा चौधरी समूहको बहुमत शेयर स्वामित्व छ । एनबीको ४० प्रतिशत स्वामित्व खरिद गरेर नबिलमा गाभेपछि पनि चौधरी ग्रुप नै नबिल बैंकको सबैभन्दा ठूलो शेयरधनी हुनेछ । सम्भवतः ३५ दिनपछि सो शेयर चौधरी ग्रुपले नै खरिद गर्ने तय भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार