बैंक कर्मचारीहरु नाराजुलुससहित सडक आन्दोलनमा ! सामाजिक सुरक्षा कोषको कार्यविधि विभेदकारी भएको आरोप
नेपालबहस संवाददाता
असार ३०, २०७८ बुधबार १९:३५:१९
३० असार, काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध हुने कार्यविधिप्रति गम्भीर असहमति प्रकट गर्दै बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरु आन्दोलित बनेका छन् । सरकारी कर्मचारी र बैंकिङ क्षेत्रबीच थूप्रै विभेद कायम रहेको भन्दै बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरु नाराजुलुससहित आन्दोलनमा उत्रिएका हुन ।
आन्दोलनमा उत्रिएका कर्मचारीहरुका अनुसार अहिलेसम्म नागरिक लगानी कोष वा संचय कोषमा जम्मा भएको रकम सामाजिक सुरक्षा कोषमा बुझाउनुपर्ने, सो बुझाएपछि अहिलेसम्म कमाएको रकम फिर्ता नआउने, पेन्सनको व्यवस्था भएपनि हालसम्म कमाएको वा जम्मा भएको रकम डुब्ने जस्ता थूप्रै विभेद रहेको छ ।
सामाजिक सुरक्षा कोष भएपनि आफूहरुको असुरक्षा भएकोले यसलाई स्वैच्छिक बनाउनुपर्ने उनीहरुको माग छ । आन्दोलनको प्रथम चरणमा आ–आफ्नो बैंक व्यवस्थापनलाई विरोधपत्र बुझाएका उनीहरुले मागको सुनुवाई नभएपछि आन्दोलन आक्रामक बनाउँदै सडकमा उत्रेका हुन् । यसैलाई लिएर बैंकका २२ जना कर्मचारीहरुले अदालतमा मुद्दा पनि हालेका छन् । जसको भोलि ३१ गते विहीबार सुनुवाईको पेशी चढेको छ।
यही आर्थिक बर्षको असार मसान्तअघि नै कोषमा दर्ता हुन सामाजिक सुरक्षा कोषले पत्र काटेपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु आजदेखि आन्दोलित बनेका हुन् ।
उनीहरुले आज बुधबार कोषको विरोधमा विभिन्न बैंक तथा वित्तीय संस्थाको कार्यालयबाट बिरोध र्याली निकालेका छन् । केही दिन अघिदेखि आ–आफ्नो बैंक तथा वित्तीय संस्थामा कालोपट्टी बाँधेर काम गरिरहेका उनीहरुले विभिन्न व्यानरसहित सडकमै निस्केर शहर परिक्रमा गरेका छन् ।
उनीहरुले आज राजधानीका विभिन्न स्थानमा प्रदर्शनसमेत गरेका छन् । कार्यालय अगाडि पनि विरोधका तुलहरु टाँगेका छन् । असार मसान्तमा कर्जा असुलीतर्फ ध्यान दिनुपर्ने बेलामा आन्दोलन गर्न आफूहरुको रहर नभै बाध्यता भएको गुनासो उनीहरुको छ ।
एकजना कर्मचारी भन्छन् “जसको सामाजिक सुरक्षा छैन, उसलाई कोषमा लैजानुपर्नेमा जसको पहिलेदेखि नै राम्रो सामाजिक सुरक्षा छ, उसलाई जबर्जस्ती लैजान खोज्ने कोषको कदम गलत हो । ”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार
स्वर्णलक्ष्मी सहकारीको १ अर्ब ११ करोड ठगी, बयान लिन रविलाई आज साँझ काठमाडौं ल्याइँदै
मंसिर १३, २०८१ बिहिबार