नर्वेमा जेएसएस रनिङ कप भलिबल प्रतियोगिता सम्पन्न
नेपालबहस संवाददाता
असार ३१, २०७८ शुक्रबार ०:४४:५४
३१ असार, ओस्लो । नर्वेको राजधानी ओस्लो शहरको अति नै रमणीय स्थल सोङ्स्भानमा गत आइतबार छैँटौ जेएसएस रनिङ कप भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ ।
खेलकुदको माध्यामद्वारा नर्वेका विभिन्न स्थानमा शिक्षा, रोजगारी एवं अन्य व्यवसाय गरी बसोबास गरिरहेका नेपाली भाषीहरु माझ भाईचारा र आपसी सद्भाव बढाई नर्वेको नेपाली समाजमा छुट्टै पहिचान बनाउने र नेपाली समाज बीचको सम्बन्धलाई अझै बढी प्रगाढ र मजबुत बनाउने प्रमुख उद्देश्यका साथ यो रनिङ कप टुर्नामेण्ट वार्षिक रुपमा आयोजना गरिदैं आएको जेएसएस नर्वेका वरिष्ठ उपसभापति कबिन्द्र ढकालले जानकारी दिए ।
नर्वेमा रहेका विभिन्न संघसंंस्था तथा समुहबाट पुरुषतर्फ ९ टीम सहभागी रहेका थिए भने महिलातर्फ २ टीम सहभागी रहेका थिए । पुरुषतर्फ नेपाली पोर्तुगिष समाज नर्वे, एनआरएनए नर्वे, ओएनयुएफ नर्वे, एभरेष्ट क्लब, रेगुलर एथ्लेटिक्स ग्रुप अफ स्टुडेन्टस ओस्लो, नेपलीज सोसाईटी इन ट्रोम्सो, नेप्लिज स्टुडेन्ट सोसाईटी इन ओस्लो, जेएसएस नर्वे ए र जेएसएस नर्वे बी सहभागी भएका थिए भने महिलातर्फ जेएसएस नर्वे ए र जेएसएस नर्वे बी टीमले सहभागिता जनाएका थिए ।
आइतबार रातिसम्म भएको खेलमा नर्वेमा रहेका विभिन्न संघसंस्था तथा समुहबाट पुरुषतर्फ ९ टीम सहभागी रहेका थिए भने महिलातर्फ २ टीम सहभागी रहेका थिए । खेलमा जित हासिल गर्नेलाई पुरुषतर्फको टीमलाई ६ हजार क्रोनर (नेपाली करिब ८३ हजार रुपैयाँ) नगद पुरस्कारको साथै मेडल, रनिंङ कप र प्रमाण पत्र प्रदान गरिएको छ । दोस्रो हुने टीमलाई पनि ३ हजार क्रोनर (करिब ४२ हजार नेपाली रुपैयाँ) र मेडल, प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यसैगरी महिलातर्फ पहिलो हुने टीमलाई तीन हजार क्रोनर (करिब नेपाली ४२ हजार रुपैयाँ),कप, प्रमाणपत्र, मेडल र दोस्रो हुनेलाई १५ सय क्रोनर (करिब २१ हजार नेपाली रुपैयाँ) र प्रमाणपत्र, मेडल प्रदान गरिएको जेएसएसले जनाएको छ । छैँटौ जेएसएस रनिंङ कप भलिबल टुर्नामेन्टका संयोजक आबिश्कार बास्तोलाले जानकारी दिए । पुरुषतर्फ नेपाली पोर्तुगिस समाज नर्वे बिजेता रह्यो भने आयोजक टीम जेएसएस ‘ए’ उपबिजेता बन्न सफल भयो ।
त्यसैगरी महिलातर्फ जेएसएस ए प्रथम भयो भने जेएसएस बी उपबिजेता बन्न सफल भयो। पुरुषतर्फका उत्कृष्ट खेलाडी जेएसएस ‘ए’ का जीवनाथ भट्टराई भए भने महिलातर्फ जेएसएस ‘ए’ की चन्द्रा चन्द उत्कृष्ट खेलाडी भईन । प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । साथै, साना बावुनानीहरुका लागि पनि उमेर समुह अनुसारका खेल प्रतियोगिता गराइएको थियो ।
जेएसएस नर्वेले गत ६ वर्षदेखि निरन्तर रुपमा यस खेलको आयोजना गर्दै आएको छ । जेएसएस नर्वेका सभापति जितेन्द्र बिक्रम शाहीले जानकारी दिए । आइतबार सम्पन्न उक्त खेलमा नर्वेमा बसोवास गर्ने पाँच सय बढी नेपालीहरुको उपस्थित रहेको आयोजकले जानकारी दिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबलको फाइनल खेल आज
बैशाख ३०, २०८१ आइतबार
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार