नेपाल पुनर्बीमा कम्पनीले गर्यो ९२ करोड ५७ लाख मुनाफा, प्रतिशेयर आम्दानी कति ?
नेपालबहस संवाददाता
साउन १, २०७८ शुक्रबार १३:३१:२९
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्ममा कम्पनीले ९२ करोड ५७ लाख रुपैयाँ मुनाफा कमाएको छ।
कम्पनीले निर्जीवन बीमा व्यवसाय ८२ करोड ४७ लाख र जीवन बीमा व्यवसाय १० करोड १० लाख रुपैयाँ गरी सो बराबरको मुनाफा आर्जन गरेको हो।
कम्पनीको अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा मुनाफा १.०५ प्रतिशत अर्थात ९६ लाख ४० हजार रुपैयाँ बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले जीवन र निर्जीवन बीमा व्यवसायबाट ९१ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।
यसैगरी, कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब २२ करोड ६१ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ६९ करोड ९५ लाख रुपैयाँ गरी सो बराबरको बीमाशुल्क आर्जन गरेको हो।
चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ३ करोड ५३ लाख रुपैयाँ सञ्चित छ।
कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १२ रुपैयाँ ३४ पैसा, प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ५ पैसा र मूल्य आम्दानी अनुपात ६८.७० गुणा छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार