संसदीय दलहरु सक्रियः देउवालाई विश्वासको मत दिने पक्षमा माओवादी र जसपा
नेपालबहस संवाददाता
साउन ३, २०७८ आइतबार १९:३१:५१
३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रिया अगाडि बढाएपछि राजनीतिक दलहरुले संसदीय दलको बैठक धमाधम गर्न थालेका छन् ।
नेपाली कांग्रेसले दिउँसो २ बजेका लागि आफ्नो संसदीय दलको बैठक बोलाएको छ भने सत्ता घटक नेकपा माओवादी केन्द्रको भर्खरै सम्पन्न बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।
त्यसैगरी सत्ता गठबन्धनको अर्काे घटक जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले पनि आजै दलको बैठक डाकेको छ । पार्टीको आधिकारिकता विवादमा सुनुवाई गर्न निर्वाचन आयोग पुुगेका नेताहरु सोझै सिंहदरबारस्थित संसदीय दलको कार्यालयतिर लागेका छन् ।
नेकपा एमालेको संस्थापन पक्षले अस्ती नै बैठक डाकेर देउवाको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । तर असन्तुुष्ट नेपाल–खनाल पक्षले भने विश्वासको मतको पक्षमा मतदान गर्ने भएको छ । सर्वाेच्च अदालतले संविधानको धारा ७६ (५) बमोजिमको सरकारलाई मतदान गर्न ह्वीप नलाग्ने फैसला गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार