जसपाको पुरै ३२ मत देउवाको पक्षमा, किन भयो ठाकुर पक्ष यूटर्न
नेपालबहस संवाददाता
साउन ३, २०७८ सोमबार ०:१२:०
३ असार, काठमाडौं । निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा) मा को आधिकारिक हो भन्ने गरमागरम बहस चल्दै गर्दा महन्थ ठाकुर पक्षले पनि यूटर्न गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
उपेन्द्र यादव पक्षको आज बसेको संसदीय दलको वैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको मसी सुक्न नपाउँदै ठाकुर पक्षले पनि देउवालाई सघाउने निर्णय गरेको हो ।
यसअघि आजै प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र नै पठाएर विश्वासको मत दिन आग्रह गरेका थिए । पत्र पठाएपछि कांग्रेस र जसपा ठाकुर पक्षबीच संघीय संसद भवनमा सामान्य छलफल भएको थियो । छलफलमा प्रम देउवाले ठाकुरलाई मधेशको माग पुरा गर्ने आश्वासनसहित मन्त्रीमण्डलमा पनि समावेश गराउने वचन दिएका थिए । देउवाको वचनपछि ठाकुर पक्षले पनि उनलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
जसपाको उपेन्द्र यादव पक्षका १९ जनाले लिखित हस्ताक्षर गर्दै देउवालाई विश्वासको मत दिने निर्णय गरेका थिए । यसअघि केपी ओलीको पक्षमा लागेर मन्त्रीमण्डलमा समेत सहभागी भएको ठाकुर पक्षलाई सर्वोच्च अदालतले झड्का दिएपछि उनीहरु मन्त्रीमण्डलबाट बाहिरिनु परेको थियो ।
प्रतिनिधिसभा पुनस्थापना पश्चात ठाकुर पक्षका सांसद पनि उपेन्द्र पक्षमा लाग्न थालेपछि उनी थप अप्ठ्रोमा परेका थिए । जसपाका ३२ जना सांसद रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार