मन्त्रीमण्डल विस्तारको कसरत
नेपालबहस संवाददाता
साउन ५, २०७८ मंगलबार १७:३१:३६
५ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएपछि मौजुदा मन्त्रिपरिषद विस्तार गर्ने तयारी तीब्र पारेका छन् ।
साउन ३ गते बसेको प्रतिनिधिसभा बैठकबाट विश्वासको मत हासिल गरेका प्रधानमन्त्री देउवाले हिजै विस्तार गर्ने कसरत गरेका थिए । तर सत्ता साझेदार गठबन्धनमा केही विषय अझै मिलाउन बाँकी रहेकाले विस्तारमा केही ढिलाई हुने देखिएको छ ।
खासगरी नेकपा एमालेको माधवकुमार नेपाल समूहलाई समेत सामेल गर्ने गठबन्धनको चाहना रहेको तर नेता नेपालले केही समय माग गरेकाले ढिलाई भएको बताइएको छ ।
यसै प्रसंगमा छलफल गर्न गठबन्धनका दुई नेताले आज एमाले वरिष्ठ नेता नेपालसँग बिहानै भेट गरेका छन् । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले नेता नेपालसँग बेग्लाबेग्लै भेट गरेका छन् ।
दुबै नेताले सत्ता समीकरण र एमालेको विवादका विषयमा छलफल गरेको स्रोतको भनाई छ । नेता नेपालले प्रचण्ड र यादवलाई केही समय पर्खन आग्रह गरेको बताइएको छ ।
यसैबीच माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न अहिले बालुवाटार पुगेका छन् । एमाले नेता नेपालसँगको छलफलपछि उनी बालुवाटार गएका हुन् ।
सरकार विस्तार गरी द्रुत गतिमा काम गर्न अब ढिला गर्न नहुने पनि प्रचण्डको धारणा छ । तर एमालेको आन्तरिक कलहले कस्तो रुप लिन्छ त्यो हेरेर मात्रै नेपाल पक्षले सरकारमा सहभागिताबारे निर्णय गर्ने भएकाले समस्या आएको उनको बुझाई हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार