व्यावसायिक बङ्गुरपालनतर्फ महिलाहरु थप आकर्षित
नेपालबहस संवाददाता
साउन ५, २०७८ मंगलबार २१:०:४१
मेनका चौधरी
४ साउन, बाँके । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लामो निषेधाज्ञाका कारण जीविकोपार्जन गर्न कठिनाई भएपछि बाँकेको खजुरा गाउँपालिका–३ धवलागिरिका युमाया बङ्गुरपालन व्यवसायमा लागेकी छिन् ।
व्यावसायिकरुपमा बङ्गुरपालन गर्न थालेसँगैै उहाँलाई जिविकोपार्जन गर्न सहज भएको छ । बङ्गुरको स्थानीयस्तरमा नै खपत राम्रो हुने भएकाले बजारको कुनै समस्या नरहेको उनको भनाइ छ । यसैगरी धवलागिरिकै रमा दराईले दुईवटा बङ्गुर पालेकी छिन् । खोर सानो हुँदा र आर्थिक स्थिति बलियो नहुँदा उनले बङ्गुर थप गर्न सकेकी छैनन ।
सानैबाट शुरुआत गरे पनि बङ्गुरपालनबाट राम्रै आम्दानी हुने देखिएपछि उनको रुचि पनि यसतर्फ बढेको छ । थापा र दराई जस्तै धवलागिरिका १७ महिला किसानले सानो रुपमा भएपनि बङ्गुरपालन गरिरहेका छन् । बङ्गुरपालन व्यवासयमा लागेका १७ जना महिलाको एउटा समूह पनि छ । समूहमार्फत उनीहरुले मासिक रु १०० बचत पनि गर्दै आएका छन् । सो समूहमा आवद्ध प्रत्येक सदस्यलाई खजुरा गाउँपालिका पशुसेवा शाखाले पाठापाठी र खोरका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
छ महिनाअघि तत्कालिन पशु सेवा शाखा प्रमुख स्व रत्नबहादुर शाहीले उक्त समूहलाई बङ्गुरको स्रोत केन्द्रका रुपमा विकास गर्न हरेक सदस्यलाई बङ्गुरको पाठापाठी वितरण गरेको थियो । ६ महिनाअघि वितरण गरिएको सात÷आठ किलोग्रामको पाठापाठी अहिले ५०÷६० किलोग्रामका भएका छन् ।
शाखाबाट बङ्गुरपालनसम्बन्धी तालीमसहित बङ्गुरका पाठापाठी पाउँदा हौसला बढेको समूहका सदस्य चिट्टीमाया थापाले बताए । अनुदानमा एउटा बङ्गुर पाए पनि १० वटा पालन गर्ने योजनामा रहेको उनले बताए। एउटा बङ्गुरबाट पाठापाठी उत्पादन गरी रु एक लाखसम्म आम्दानी लिन सकिने थापाको भनाइ छ । समूहका अध्यक्ष छमी घर्तिमगरले पनि दुईवटा बङ्गुरपालन गरेको समूहका सदस्यलाई बङ्गुरपालन गरिरहन अनुरोध गरिन ।
अध्यक्ष घर्तिमगरले घरमा त्यतिकै बसेर समय विताइरहेका महिला अहिले बङ्गुरपालन गरेर राम्रो आम्दानी लिने हैसियतमा पुगेको बताइन। समूहका सदस्यमध्ये कोही पहिलेदेखि बङ्गुरपालन गर्दै आएका छन् भने कोही नयाँ रहेका छन् । आर्थिक स्थिति बलियो नहुँदा प्रगति बङ्गुरपालन समूहका महिला किसानले धेरै बङ्गुरपालन गर्न आँट गर्न सकिरहेका छैनन् ।
बङ्गुरपालनबाटै आफ्नो र परिवारको आर्थिक आम्दानीको स्रोत बढाउने योजना उनीहरुको छ । १२ वटा बङ्गुर पाल्दै आएका लक्ष्मी थापाले बङ्गुरपालन व्यवसायका लागि समूहलाई थप सहयोग गरिदिन गाउँपालिकालाई आग्रह गरिन । बङ्गुरको बजार राम्रो भएकाले समूहमार्फत पालन गरेका महिला किसानहरु थप आकर्षित भएका हुन् । बङ्गुरको स्रोत केन्द्रका रुपमा स्थापित हुन अब धेरै समय नलाग्ने समूहका अध्यक्ष घर्तिमगरले बताइन।
वर्षमा दुईपटक एउटा बङ्गुरबाट पाठापाठी उत्पादन हुने भएपछि राम्रो आम्दानी हुने आशा उनको छ । विस्तारै विस्तारै बङ्गुरको सङ्ख्या बढाउने सोचमा सदस्यहरु रहेको उनको भनाइ छ । स्थानीय बजारमा बङ्गुरका पाठापाठी रु पाँच हजारभन्दा बढीमा कारोवार हुन्छ । बङ्गुरको मासु प्रतिकिलो रु ४०० मा कारोवार हुँदै आएको छ । यसको मासुको खपत बढ्दो छ ।
बङ्गुरपालन गर्दा पोषणयुक्त आहाराको उचितरुपमा व्यवस्थापन र प्रजननका समय ध्यान दिँदा यस व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिने गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । स्थानीय बजारमा बङ्गुरको मासुको माग बढ्दो रहे पनि आपूर्तिमा समस्या रहेको उनको भनाइ छ ।
अध्यक्ष कक्षपतिले किसानलाई व्यावसायिक बनाउन गाउँपालिकाले हरेक वर्ष प्रभावकारी कार्यक्रम ल्याएको बताए । बङ्गुरपालन गर्ने किसानका लागि पनि आगामी वर्षमा थप कार्यक्रम ल्याउने योजनामा रहेको उनले जानकारी दिए । उनले भने, “किसानले इमानदारिताका साथ व्यवसाय गर्ने हो भने खजुरा कृषिको क्षेत्रमा एक वर्षभित्रै पूर्ण रुपमा आत्मनिर्भर हुन्छ ।” अध्यक्ष कक्षपतिले केही राम्रो काम गर्ने गरी योजना माग भई आएको खण्डमा निर्धक्क रुपमा पालिकाले सहयोग र सहकार्य गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिक्री हुन छाडे मुला
मंसिर १४, २०८१ शुक्रबार
सरकारले २० रुपैयाँ थपेपछि प्रतिक्विन्टल ५८५ पुग्यो उखुको समर्थन मूल्य
मंसिर १४, २०८१ शुक्रबार
सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार
छोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते
मंसिर १६, २०८१ आइतबार
दिल्लीमा केजरीवालका अर्का बिधायक पक्राउ
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः ४१ पदका लागि मतदान जारी
मंसिर १६, २०८१ आइतबार