सिम्रिक सहकारीले ग¥यो ऋण मिनाहा
नेपालबहस संवाददाता
साउन ५, २०७८ मंगलबार २३:२१:५६
५ साउन, झापा । झापामा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले ऋण मिनाहा गरेको छ । जिल्लाको विर्तामोड रहेको सिम्रिकले झापा, इलाम र मोरङ्ग जिल्लामा गरेर हाल सम्म ३० वटा सेवाकेन्द्रहरु संचालनमा ल्याईरहेको छ ।
यसै अन्तर्गतको सेवाकेन्द्र पाडाजुँगीकी शेयर सदस्य इख मायाँ खवासको २०७८ असार २९ गते मंगलबारका दिन भएको असामयिक निधनको खबरले समस्त सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि.अत्यन्तै मर्माहत भएको भन्दै उनि एक शेयर सदस्य मात्र नभई सिम्रिक साकोस परिवारकै एक असल सदस्य भएको र आफ्नो परिवारको एक असल सदस्य गुमाएको भन्दै सम्पूर्ण सिम्रिक परिवार मर्माहत र स्तब्ध भएको कुरा सेवाकेन्द्र पाडाजुँगी प्रमुख वेद प्रसाद आचार्यले बताए ।
स्व. ईखमायाँ खवासको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्दै प्रार्थना साथ समवेदना समेत ब्यक्त गर्न सिम्रिक साकोसका कार्य समिति सदस्य नविन योगी सहित पूर्बेली सेवोकन्द्र दमक, गौरव सेवाकेन्द्र दमक र दमक सेवाकेन्द्रका शेवा केन्द्र प्रमूखहरु र कर्मचारीहरुसहितको उपस्थितिमा निज शेयर सदस्यकै घरमा गएर श्रद्धाञ्जली अर्पण गर्नुका शोकमा रहेका परिवाजनमा हार्दिक समबेदना अर्पण गरिएको संस्थाका आई।टि।बिभाग प्रमूख याम बहादुर बिष्टले बताए ।
उक्त श्रद्धाञ्जली कार्यक्रममा स्व। खवासले संस्थाबाट लिएको ऋण रु। २,७०,०००।– मध्ये तिर्न बाँकी साँवा र ब्याज रकम जम्मा रु। २,५५,९८६।– ‘ दुईलाख पचपन्न हजार नौसय छयासी मात्र’ संस्थाले मिनाहा गरेको पत्र परिवारको सदस्यलाई संस्थाका संचालक समिति सदस्य नबिन योगी, आई।टी। विभाग प्रमुख याम बहादुर बिष्ट, सेवाकेन्द्र प्रमुखहरु र कर्मचारीहरुको उपस्थितिमा बुझाईएको छ ।
उक्त शोक सभामा बोल्दै संस्थाका संचालक समिति सदस्य नबिन योगीले संस्थाले सदस्यको मृत्यू पश्चात् सदस्यको नाममा बाँकी रहेको ऋणलाई नियमानुसार मिनाह गर्दै परिवारको सदस्यलाई ऋणको बोझ नलगाउने कार्यलाई निरन्तरता दिदै आईरहेको कुरा समेत बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार
हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने
बैशाख २३, २०८१ आइतबार
मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार
कांग्रेसले गण्डकीका मुख्यमन्त्रीले लिएको विश्वासको मतविरुद्ध सर्वोच्चमा दर्ता गरायो रिट
बैशाख २५, २०८१ मंगलबार
अभिनेता शेखर सुमन बीजेपीमा प्रवेश
बैशाख २५, २०८१ मंगलबार
अनन्या बिर्लाले संगीत छाडेर अब पूर्णरुपमा व्यवसायमा ध्यान केन्द्रित गर्ने
बैशाख २५, २०८१ मंगलबार
अनुदान पाएसँगै व्यवसायिक बाख्रापालनमा चेपाङ समुदाय
बैशाख २५, २०८१ मंगलबार
मनिषाले इन्टिमेट सीनमा आफ्नो मौनता तोडिन्
बैशाख २५, २०८१ मंगलबार
चितवनका केराले बजार पाएपछि व्यवसायी हर्षित
बैशाख २५, २०८१ मंगलबार