प्रधानसेनापति थापा: कति सफल कति असफल ?
नेपालबहस संवाददाता
साउन ५, २०७८ बुधबार १:३६:४२
५ साउन, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको अवकाश नजिकै आइपुग्दा उनले ९५ दिन अघि नै नेतृत्व हस्तान्तरणको प्रक्रिया थालनी गरेको बताएका थिए । प्रधानमन्त्री केपी ओलीसँग मिलेर सैनिक ऐनलाई संशोधन गराएरै भए पनि आफ्नो पदावधि लम्ब्याउन सक्ने हल्ला चलिरहेका बेला प्रधानसेनापति थापाले ९५ दिन अघि अर्थात जेठमै नेतृत्व हस्तान्तरणमा केन्द्रित हुने बताएर सबैलाई ढुक्क पारेका थिए ।
तर साउन २३ गते अर्थात अबको १८ दिनपछि मात्र उनले अवकाश अघिको एक महिने लामो बिदा लिनेछन् । प्रधानसेनापति थापाको तीन वर्षे कार्यकाल भदौ २४ गते सकिँदै छ । थापापछि भदौ २५ गतेबाट अहिले बलाधिकृत रथी तथा प्रधानसेनापतिको दोस्रो वरीयताका प्रभुराम शर्माले नेपाली सेनामा तीन वर्षका लागि नेतृत्व लिनेछन् । उनले नेपाली सेनाको अबको नेतृत्वलाई संगठनको काम सिकाइरहेका छन् ।
प्रधानसेनापति थापाले आफ्नो तीन वर्षे कार्यकालमा मुख्य गरी चारवटा क्षेत्रमा केन्द्रित भएर काम गरेको दाबी गरेपनि उनकै समयमा धेरै सिपाहीहरुले कारवाही भोगेको बताइन्छ । सैनिक ऐन–२०६३ लगायत कानुन संशोधन गरेर जवानहरुलाई सहज बनाएको उनको दावी भएपनि उनकै प्रिय लाग्नेहरुले कारवाही भोग्नु परेको थियो ।
नेपाली सेनाको नयाँ संरचना अनुसार बनेका ४ मध्ये पश्चिम कमाण्डको नेतृत्व गरिरहेका उपरथी प्रेम शाही प्रधानसेनापति थापाका प्रिय र उनको ‘कोर टिम’ का सदस्य भएपनि थापा विरुद्ध नै सर्वोच्च धाइरहेका छन् । जन्ममितिको विवादको विषयलाई लिएर थापा र शाहीको सम्बन्ध चिसियो, जसले शाहीलाई सर्वोच्चमा समेत पुर्यायो ।
प्रधानसेनापति थापाकै समयमा लामो समयदेखि संगठनमा चर्चा हुँदै आइरहेको नेपाली सेनाको नयाँ ढाँचा तीन जोर एक अर्थात् थ्री प्लस वानमा अघि बढाएका छन् । रणनीतिक र विकासको हिसाबमा सेनालाई नदीको बेसिनको आधारमा पूर्व कमान्ड, मध्य कमान्ड र पश्चिम कमान्ड तथा केन्द्रमा रणनीतिक हिसाबमा उपत्यका कमान्ड संरचनामा ढालिएको छ ।
पूर्वमा कोशी नदीको आधारमा पूर्वी कमान्ड, मध्यमा गण्डकी नदीको आधारमा गण्डकी कमान्ड र पश्चिममा कर्णाली नदीको आधारमा कर्णाली कमान्ड राखिएको हो । सेनामा यसअघि ७ प्रदेशमा ७ पृतना र एउटा उपत्यकामा पृतना गरी ८ पृतना थियो । यसलाई सेनाले खारेज गर्दा उनलाई संघीयताविरोधी भएको आरोप समेत लागेको छ ।
प्रधानसेनापति थापाले काठमाडौं–तराई द्रुतमार्ग तोकिएकै समय २०८१ भित्र सम्पन्न भइसक्ने दाबी गरे पनि त्यो संभव देखिएको छैन । सेनाको मुख्य काम मुलुकको रक्षा गर्नु रहेको भएपनि सेना व्यवसायमा लागेको आरोपबाट उनले मुक्त राख्न सकेनन । सेनाको इन्जिनियरिङको टोलीले मुलुकको विकास निर्माणको काममा सहयोग उनको दावी खास तर्कसंगत छैन ।
किनकी सेना नै ठेक्कामा लागेको आरोप लागिरहेको छ । सेनाभित्र कल्याणकारी कोषमार्फत हुने अनियमिता, खाद्यान्न ठेक्का, लत्ता कपडा ठेक्का जस्ता विषयमा भने अन्य प्रधानसेनापति जस्तै उनी पनि मौन बसे ।
तर उनकै कार्यकालमा भने नेपाली सेनाका फलोअर्स र सिपाहीको पेन्सन सेवा प्रवेश गरेको १६ वर्षमा हुने भएको छ । नेपाली सेनाले सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन गर्दै फलोअर्स र सिपाहीको पेन्सन १६ वर्षमा हुने नियम लागू गरेको विषयलाई भने सबैले राम्रो भनेका छन् ।
नयाँ नियमावली अनुसार, ०६० साल वैशाख २८ गते र सोभन्दा पछि नेपाली सेनामा भर्ना भएका फलोअर्स र सिपाहीको पेन्सन अवधि १६ वर्ष बनाइएको थियो । नेपाली सेनाका सिपाहीको पेन्सन अवधि बीचमा १६ वर्ष भए पनि पछि संशोधन गरेर २० वर्ष बनाइएको थियो । सिपाहीजस्तै अन्य दर्जाको पनि पेन्सन अवधि परिमार्जन गरिएको छ ।
नियमावली अनुसार, अब सेहायक सेनानी र सोभन्दा माथि महारथीको पेन्सन २० वर्षमा हुनेछ । सुवेदार, प्रमुख सुवेदारको १९, जमदारको १८ र प्युठ, अमलदार तथा हुद्दाको सत्र वर्ष कायम गरिएको छ । यो विषय बाहेक उनकै समयमा नेपाल सेनाले गुप्तचरी विभागलाई बलियो बनाएर अन्य सुरक्षा निकायका जासुसी संयन्त्रलाई पनि मातहतमा राख्न खोजेको आरोप पनि कायमै रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार