नेपाल आयल निगमको साप संचालनमा, डिजिटल भुक्तानी प्रणाली पनि जोडियो
नेपालबहस संवाददाता
साउन ७, २०७८ बिहिबार १७:७:५७
७ साउन, काठमाडौं । नेपाल आयल निगमले एनसीएचएलको प्रणालीमार्फत भुक्तानी संकलन गर्ने व्यवस्थासहितको SAP प्रणालीको औपचारिक रुपमा थालनी गरेको छ ।
यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्टआइपीएस (वेब, मोबाईल एप तथा गेटवे), कर्पोरेट् पे तथा बैंक वित्तीय संस्थाहरुको शाखामार्फत् निगमलाई अनलाईन भुक्तानी गर्न सक्नेछन् । औपचारिक थालनीको चार दिनमा नै निगमको ने.रु.३ अर्ब ९७ करोड बराबरको भुक्तानी संकलन भएको छ ।
विभिन्न प्रक्रियाहरु पूर्ण स्वचालित गर्न सकिने विश्व प्रख्यात SAP प्रणालीलाई नेपालमा सञ्चालन गर्ने नेपाल आयल निगम पहिलो सरकारी निकाय बनेको छ । यसरी स्वचालित रुपमा सञ्चालन गरिने उक्त प्रणालीमा डिलरहरुमार्फत संकलन हुने रकम पनि एनसीएचएलको प्रणालीमार्फत अनलाईन माध्यमबाट नै गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यस सँगै निगमले एनसीएचएलको सहकार्यतामा आफ्ना अरु विभिन्न खर्चका भुक्तानीहरु पनि अनलाईनमार्फत् गर्न आवश्यक पहल गरिसकेको र छिटै लागू हुने योजना रहेको बताएको छ । यसरी निगमबाट गरिएको पहल निकै सर्हानीय रहेको र यसले निगमको कार्यकुशलता र पारदर्शीतामा समेत विशेष टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
डिलर पार्टनरले निगमलाई कसरी भुक्तानी गर्ने ?
१) डिलरले आफ्नो बैंक/वित्तीय संस्थालाई भुक्तानी आदेश सँगै आफ्नो “Customer ID” र भुक्तानी गर्ने शीर्षक (Payment Heading) को जानकारी उपलब्ध गराउनु पर्ने हुन्छ ।
२) बैंक/ वित्तीय संस्थाले उक्त जानकारी अनुरुप शाखालाई एनसीएचएलले उप्लब्ध गराएकोे प्रणाली प्रयोग गरी भुक्तानी सम्पन्न गर्न सक्नेछन्
३) यसरी शाखाबाट रु १० लाख सम्मको रियल–टाइम अन्तर बैंक भुक्तानी गर्न सकिन्छ भने एकै बैंकमा रियल–टाइममा प्रति कारोबार रु १ करोडसम्म तथा नन् रियल–टाइममा रु २० करोडसम्म भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।
४) त्यसै गरी डिलरहरुले निगमलाई भुक्तानी गर्न www.connectips.com, यसको मोबाईल एप, CORPORATE PAY तथा डिलरको पोर्टलमा जोडिएको कनेक्टआइपीएस(गेटवे) मार्फत पनि अनलाईन भुक्तानी गर्न सक्दछन् । यी विभिन्न च्यानलको कारोबार सीमा भने फरक–फरक रहेको छ ।
एनसीएचएलको connectIPS मा हाल ५४ भन्दा बढी बैंक वित्तीय संस्थामा फण्ड ट्रान्स्फर तथा अन्य विभिन्न भुक्तानीहरु गर्न सकिन्छ ।त्यसै गरी NCHL-IPS मा ६२ र CORPORATE PAY मा ३० बैंक वित्तीय संस्था आबद्ध रहेका छन् ।
डिजिटल भुक्तानी प्रणालीहरुमार्फत एनसीएचएलले सरकारी, अर्ध सरकारी लगायतका विभिन्न निकाय तथा संस्थाहरुलाई डिजिटलाईजेसनमा जोडिन आवश्यक सहायता गर्दै आएको छ ।
नेपाल सरकारको स्वामित्व रहेको नेपाल आयल निगम, देशमा पेट्रोलियमजन्य पदार्थ आयात गर्ने, भण्डारण गर्ने तथा वितरण गर्ने एक मात्र निकाय हो । सन् १९७० मा स्थापना गरिएको निगमले झण्डै एक वर्ष लामो प्रयासपछि SAP को सफल कार्यान्वयन गरेको हो र यस कदमले निगमको व्यवस्थापन तथा प्रशासनमा नयाँ आयम ल्याउने विश्वास गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार