कविता: ह्याङ्ग ओभर
नेपालबहस संवाददाता
साउन ८, २०७८ शुक्रबार १४:२४:५८
अलिशान महलको बैठक होस् ,
एक , दुई , तीन , चार पाँच तारे होटलका बार हुन् ,
भट्टीको कुना होस् ,
या ,
अन्योल मुसाफिरको असरल्ल डेरा होस् ,
जहाँ र जुन बहानामा भए पनि सराबले घाँटीको बाटो हुँदै जीवन भित्र पोखिनुपर्छ होइन र ह्याङ्ग ओभर हुन ?
विमति छ भने भन्नुस् है !
नत्र बिन्ती भनिदिनुस् !
किन ह्यङ्ग ओभरमा लर्खराईरहेछु म ,
पियाई बिना नै ??
जीर्ण मातृत्वको घ्याम्पोमा भएका कोदाका गेडाहरु आफैँ आफैँमा लडेर आत्मीयता र सद्भावको मर्चाबाट छुट्टिए पछि
पिउनै पाएको छैन एक घुट्को सोमरस सान्ती र स्थायित्वको
यद्यपि ,
भैरहन्छ ह्याङ्ग ओभर र गाइरहन्छु
सयौँ थुङ्गा फूलका हामी ………
अस्पताल छ , बिरामी शैया छैन ,
एक बिर्को अक्सिजन पिउन नपाएर छट्पटाईरहेको यो जिजीबीषा ,
किन खेप्छ ह्याङ्ग ओभर र
बर्बराई रहन्छ जिउनुको सपना ?
गाउँका कन्चन खोल्साहरुमा रातो पानी
बग्न थालेदेखी ,
कहिल्यै पिउन सकेको छैन
अञ्जुली थापेर मैले
फेरि के को ह्याङ्ग ओभर हो यो र
मुस्कुराई रहन्छु
छोरीको सुकोमल चालढालमा ,
हराईरहन्छु उसका तरुणी सपनाहरूमा ?
हैरान छु म , नखाएको बिष लागेर हजुर !
हो ,
बरु पिएरै हुन्छु ह्याङ्ग ओभर भनेँ भने ,
हजुरले दिने त्यही भोको चीत्कार ,
मृत्यु र बलात्कार पीडाका लोकल ठर्रा
त होला नि माननीय ज्यू ?
नमिता दवाडी : गोर्खा नेपाल / हाल : न्युजिल्यान्ड
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाइग्रेसले नेपालका विभिन्न ठाउँमा आफ्नो प्रस्तुति दिने
चैत २६, २०८० सोमबार
ज्ञानुको ‘संवेदनाको समायोग’ माथि पोखरामा चर्चा
चैत २५, २०८० आइतबार
'जून ओर्लेको रात' बजारमा
चैत १४, २०८० बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार