३० करोडको लागतमा ‘हेरिटेज टी’ उद्योग सञ्चालनमा
नेपालबहस संवाददाता
साउन ८, २०७८ शुक्रबार २०:५:२३
८ साउन, काठमाडाैं । गुणस्तरीय चिया निर्यात गर्ने लक्ष्यसहित ३० करोड रुपैयाँको लागतमा ‘हेरिटेज टी’ उद्योग सञ्चालनमा ल्याइएकाे छ ।
कार्पेट, स्प्रिङ म्यार्टेस, क्वेयर म्यार्टेस, इपीई फर्म, ननओभन कार्पेट उत्पादन गर्दै आएको हेरिटेज ग्रुपले ३० करोड रुपैयाँको लागतमा ‘हेरिटेज टी’ उद्योग सञ्चालनमा ल्याएको हाे ।
ग्रुपले बुधबारदेखि चिया उद्योग सञ्चालनमा ल्याएको बताइएकाे छ । झापामा १५० विगाहा क्षेत्रफलमा चिया बगान सञ्चालन गर्दै आएका नेपाल उद्योग वाणिज्य महासंघका स्वास्थ्य तथा शीप विकास समितिका सभापति एवम् हेरिटेज ग्रूपका कार्यकारी अध्यक्ष हेमराज ढकालले उक्त चिया उद्योग सञ्चालनमा ल्याएका हुन् ।
उद्योगबाट तत्कालका लागि सीटीसी चिया मात्रै उत्पादन हुने र केही समयभित्रै अर्थोडक्स टी समेत उत्पादन गरी निर्यात गर्ने योजना रहेको अध्यक्ष ढकालले जानकारी दिए।
उक्त उद्योगबाट उत्पादित चिया तत्कालका लागि भारत, रसिया र खाडी मुलुकहरुमा निर्यात गर्ने तयारी रहेको हेरिटेज ग्रुपका कार्यकारी अध्यक्ष ढकालले जानकारी दिदै भने, विश्व बजारमा समेत गुणस्तरीय चिया निर्यात गर्ने लक्ष्यअनुरुप उद्योग सञ्चालनमा ल्याइएको र उद्योगबाट उत्पादित चिया तत्कालका लागि भारत, रसिया र खाडी मुलुकहरुमा निर्यात गर्ने तयारी हाम्रो छ।
उद्योग सञ्चालनमा ल्याएसँगै उद्योगका लागि आवश्यक कच्चा पदार्थ जुटाउन थप १५० विगाहमा रहेको अन्य चिया बगानहरुसँग पनि सहकार्य र साझेदारी गरेको ढकालले जानकारी समेत दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार