रामपुरको इलाका प्रशासन कार्यालयबाट सेवा पुनः सञ्चालन
नेपालबहस संवाददाता
साउन ८, २०७८ शुक्रबार २०:४४:३
८ साउन, रामपुर । कार्यालय प्रमुखविहीन रहेको रामपुरको इलाका प्रशासन कार्यालयले रोकिएको सेवा दिन थालेको छ । तीन महिनासम्म कार्यालय प्रमुखविहीन रहेको कार्यालयमा सेवा पुनः सञ्चालन गर्न चौतर्फी माग बढेपछि बिहीबारदेखि सेवा पुनःसञ्चालन गरिएको छ ।
मन्त्रालयले सरुवा गरी खटाएका कर्मचारी हाजिर हुन नआएपछि विगत तीन महिनादेखि कार्यालय प्रमुखविहीन बनेको इलाका प्रशासन कार्यालयमा बिहीबारदेखि जिल्लाबाटै कर्मचारी खटाएर सेवा दिन थालिएको छ ।
हाललाई जिल्ला प्रशासन कार्यालय पाल्पाले प्रशासकीय अधिकृत रमा श्रेष्ठलाई कामकाजका लागि परिचालन गरेको छ । पहिलो दिन बिहीबार १८ वटा नयाँ नागरिकता जारी गरिएको र सात वटा प्रतिलिपी दिएको प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।
जागिर खान, विदेश जान, घरायसी विभिन्न अवस्थाले गर्दा तत्काल नागरिकता आवश्यक परेकालाई धेरै राहत मिलेको उनले बताए । साथै कार्यालयबाट बिहीबार एउटा द्रुत राहदानी सिफारिस सेवासमेत दिइएको छ ।
कार्यालय प्रमुखको अर्को व्यवस्था नहुँदासम्म हाललाई बिहीबार र शुक्रबार हप्तामा दुई दिन कार्यालयको कामकाजका लागि कर्मचारी पठाएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले बताए । पटकपटक इलाका प्रशासनमा कर्मचारी पठाउन खोजिएको तर सरुवा भएका कर्मचारी जान नमानेपछि समस्या भएको प्रमुख जिल्ला अधिकारी पाण्डेय बताउछन् । उनका अनुसार कर्मचारी समस्याका सम्बन्धमा सामान्य प्रशासन मन्त्रालय तथा गृह मन्त्रालयमा पनि जानकारी गराइसकिएको छ ।
“कार्यालय प्रमुखमा हाल निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भगवान् भक्त अर्यालको दरबन्दी परेको छ”, अर्याल आफैँले पहिला रामपुरमा सरुवाको माग गरेयो तर अहिले उनले जान नमानेपछि कार्यालय प्रमुखको समस्या परेको छ, कार्यालय प्रमुखको अर्को व्यवस्था नहुँदासम्म हप्तामा दुई दिन जिल्लाबाटै कर्मचारी परिचालन गरी सेवा दिन थालेका छाैँ”, प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने ।
‘कार्यालय तीन महिनादेखि प्रमुखविहीन, सेवाग्राही मर्कामा’ भन्ने शीर्षकमा राससमा गत साउन ६ गते समाचार प्रकाशन भएको थियो । तीन महिना सम्म कार्यालय प्रमुख नहुदा नागरिकता, दु्रत राहदानी सेवा लिनका लागि सदरमुकाम तानसेनमै जान नागरिक बाध्य थिए ।
यहाँ २०७७ चैत २७ गते कार्यालय प्रमुख ईश्वरचन्द्र अर्याल सरुवा भएर जिल्ला प्रशासन कार्यालय कपिलवस्तु गएपछि नागरिकले सेवा लिन नपाएका हुन् । कार्यालय प्रमुखविहीन अवस्थामा अत्यावश्यक सेवाबाहेक अभिलेख राख्ने, दर्ता चलानी, अनुसूची भएकामा सनाखत गर्ने, कार्यालय रेखदेखलगायतको काम भने यथावत् नै चलिरहेको थियो ।
गृह मन्त्रालयको विसं २०७७ चैत १६ को निर्णयानुसार निजामती सेवा ऐन, २०४९ को दफा १५ ९१० बमोजिम भगवानभक्त अर्याललाई इलाका प्रशासन कार्यालय रामपुरको प्रमुखका रुपमा पदस्थापनको जिम्मेवारी तोकिएको थियो । सरुवा भएका कर्मचारीले तोकेको ठाउँमा हाजिर हुन नजाँदा सेवा प्रवाहमा समस्या परेको हो ।
आर्थिक वर्ष २०७७/०७८ को अन्तिम समयमा गत असार १० गते जिल्ला प्रशासन कार्यालय पाल्पाले प्रशासकीय अधिकृत रमा श्रेष्ठलाई आर्थिक कारोवार सञ्चालन गर्ने गरी कार्यभार तोेकेर काम सम्पन्न गरेको छ । सदरमुकामदेखि टाढा रहेकाले पनि कार्यालय प्रमुख नहुदा नागरिक पटकपटक समस्यामा पर्ने गरेका छन् । शहर बजारदेखि टाढा, सडक समस्या, ग्रामीण भेग भएकाले बेला बेलामा समस्या हुने गरेको हो ।
यसभन्दाअघि यहाँको प्रशासन कार्यालयमा कार्यालय प्रमुख नहुँदा मङ्गलबार र बुधबार जिल्ला प्रशासन कार्यालय पाल्पाबाट टोली खटिएर नागरिकता, द्रुत राहदानी सेवा, जनजाती प्रमाणित, नाबालक परिचयपत्र, संस्था नवीकरणलगायतका सेवा दिने गरिएको थियो ।
यहाँको प्रशासन कार्यालयमा हाल कार्यालय सहयोगीसहित आठ जना स्थायी कर्मचारीको दरबन्दी छ । शाखा अधिकृत कार्यालय प्रमुख एक, नायब सुब्बा एक, खरिदार दुई, कम्प्युटर अपरेटर एक, सह–लेखापाल, एक, कार्यालय सहयोगी दुई जना कर्मचारीको दरबन्दी तोकिएको छ ।
जिल्ला सदरमुकाम तानसेनदेखि झण्डै ६५ किलोमिटर पूर्वका जनतालाई सेवा दिने उद्देश्यले विसं २०६३ असार १० गते यो कार्यालय स्थापना गरिएको थियो । यस कार्यालयबाट रामपुर नगरपालिका, निस्दी गाउँपालिकाको वडा नं १, २, ३, ४, ५, ६ र पूर्वखोला गाउँपालिका–१ सिलुवाका स्थानीयवासीले सेवा लिँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार
छोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते
मंसिर १६, २०८१ आइतबार
दिल्लीमा केजरीवालका अर्का बिधायक पक्राउ
मंसिर १६, २०८१ आइतबार