संवादमा ओली–नेपाल दुवै उदासीन, सरकारमा जान नेपालमाथि सांसदहरुको दवाव
नेपालबहस संवाददाता
साउन १४, २०७८ बिहिबार १७:३७:१७
१४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैजना एकता प्रक्रिया पूरा गर्ने अभियानमा अग्रसर देखिएका छैनन् । केन्द्रीय कमिटीको बैठकले एकताको जिम्मा ओलीलाई सुम्पिए पनि उनले वरिष्ठ नेता माधवकुमार नेपालसँग एकताको विषयलाई लिएर कुनै संवाद गर्न सकेका छैनन् भने वरिष्ठ नेता नेपाल समूहका नेताहरुले पनि ओलीसँग संवाद गर्न आग्रह गरेको भएपनि वेवास्ता गरेका छन् ।
७ साउनमा केन्द्रीय कमिटीले एकताको पहलको जिम्मेवारी अध्यक्ष ओलीलाई दिएको थियो । तर अहिलेसम्म ओलीले नेपालसँग संवाद अघि बढाएनन् । नेपाल समूहले आफ्नो समूहमा छलफल गरेपनि ओलीसँग संवादमा चासो देखाएका छैनन् । यो बीचमा दुई नेताबीच घोचेपेच रोकिएको छैन, दुवैले आ–आफ्नो अडानलाई कायम राखेका छन् ।
दोस्रो तहका नेताहरूले ओली–नेपाल संवादका लागि प्रयास गरिरहेको भए पनि वातावरण बन्न सकेको छैन् । सुवास नेम्वाङ, विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे लगायतका नेताहरुले संवादको पहल गरिरहेका छन् । यद्यपि दुवै नेताहरुले चासो दिएका छन् । ओली पक्षबाट एकताको संवादका लागि कुनै पनि प्रस्ताव नआएको नेपाल पक्षका नेताहरुले बताउँदै गर्दा ओली पक्षले पनि नेपालले चासो नदिएको गुनासो गरिरहेका छन् ।
७ साउनमा ओलीले एकताको जिम्मा पाएपछि नेपाल पक्षको ११ साउनमा बसेको स्थायी कमिटी बैठकले एकतामा नै जोड दिने निर्णय गरेको थियो । अध्यक्ष ओलीले एक सातामा दोस्रो तहका नेताहरूबीच निरन्तर छलफल गरेको तर नेता नेपालसँग मात्रै संवाद हुन नसकेको ओली पक्षका नेताहरुले बताएका छन् ।
नेता नेपालले अध्यक्ष ओलीसँग शक्ति बाँडफाँडको प्रस्ताव अघि सारिरहेका छन् । दुई अध्यक्षको प्रस्ताव गरिरहेका नेता नेपालले हाल महाधिवेशनका लागि बामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनालसहितको अध्यक्ष मण्डलको नयाँ प्रस्ताव अघि सारेका छन् । तर भीम रावलले यो विषय छलफलमा नआएको बताएका छन् ।
तर यहीबीचमा एमालेको नेपाल पक्षका सांसदहरुले सरकारमा सहभागिताको लागि दबाब दिएका छन् । आन्तरिक विवाद मिलाउने क्रममा रहेका बेला सांसदहरुले सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका हुन् । नेपाल पक्षका सांसदहरुले धेरै अलमल नगरी सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका हुन् ।
वरिष्ठ नेता नेपालले आफू निकट रहेका सांसदहरुसँग सुझाव लिने क्रममा सो धारणा राखेका हुन् । उनीहरुले पार्टीमा धेरै अलमल गरेर नबस्न सुझाव दिएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अधिकारसहितको दोस्रो अध्यक्षको प्रस्ताव गरेपछि नेपालले तीन दिनयता स्थायी कमिटी सदस्य, जनवर्गीय संगठनका पदाधिकारी, सांसदहरुसँग सुझाव लिइरहेका छन् ।
बुधबार भने नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदहरुसँग सुझाव लिएका थिए । त्यसक्रममा सांसदहरुले पार्टी विवाद बढ्दै जाँदा धेरै अलमल गरियो भने त्यसले क्षति मात्रै निम्त्याउने भएकाले तत्कालै के गर्ने हो एकता हो भने एकता होइन भने अर्को दल हो त्यही अनुसार अघि बढ्नु पर्ने सुझाव दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार