आफ्नै समूह विभाजित हुँदा माधव नेपाल दोधारमा, मुसा प्रवृत्तिको आरोप प्रत्यारोप
नेपालबहस संवाददाता
साउन १४, २०७८ शुक्रबार ०:५४:५४
१४ साउन, काठमाडौं । पार्टी एकिकरणको अभियानमा रहेका एमालेका वरिष्ठ नेता माधव नेपाल दोधारमा रहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बराबरी अधिकारसहितको दोस्रो अध्यक्ष प्रस्ताव गरिरहेको तथा शेरबहादुर देउवा नेतृत्वको सत्ताधारी गठबन्धनले मन्त्रीसहित पर्खिरहेका कारण उनी दोधारमा परेका हुन् ।
सत्ताधारी गठबन्धनले अझै पनि केही समय पर्खने अवस्था रहेपछि आफ्नै सांसदहरुले सरकारमा जानुपर्ने बताउँदै आएका छन् । तर एमाले विवाद समाधान समितिको कार्यदलमा रहेका नेताहरुले पार्टी एकतालाई जोगाउन कसरत गरिरहेका छन् । ‘माधव नेपाल निकै अप्ठेरो अवस्थामा हुनहुन्छ, पार्टी एकता कायम राख्ने कि सांसदहरुले भने अनुसार सरकारमा जाने, सरकारमा जाँदा पार्टी विभाजन हुने तथा पार्टी विभाजन नभई सरकारमा जान नसकिने भएकाले पनि उहाँ अप्ठेरोमा पर्नु भएको हो’, उनी निकट स्रोतले भन्यो ।
आफ्नै समुहभित्रका दायाँबायाँ हात भनिएकै नेताहरुले धोका दिएपनि एक्लै भएपनि चट्टानी अडानमा रहेका नेपाल पछिल्लो समय आफ्नै समूह विभाजित हुँदा अप्ठेरोमा परेका हुन् । सरकारमा जान आफ्नै सांसद र सत्ता गठवन्धन दलहरुको दवाव छ । पार्टी विवाद कायमै रहेका कारण कार्यदलमा रहेका प्रभावशाली नेताहरुको पनि उनलाई उत्तिकै दवाव रहेको हो ।
नेपालसहितका एमालेकै २२ सांसदको साथ अहिलेको कांग्रेस नेतृत्वको सरकारलाई दिइएको थियो । सत्ताको सहयात्री दल कांग्रेस र माओवादी दुवैले नेपाल समुहलाई सरकारमा आउन बारम्बार आग्रह गरिरहेका छन् । नेपाल समुहका २२ सांसदहरु मध्येको अधिकाशंको जोड पनि सरकारमा जानुपर्छ भन्ने रहेको छ । तर नेपाल त्यसरी सरकारमा जाँदा ओलीले कारवाही गरिहाल्छन र सांसदको पद खाईदिन्छन, त्रास रहेका कारण तत्काल सरकारमा जान अप्ठेरो परेको हो ।
पार्टीभित्र एकता प्रक्रिया चलिरहेको र अझै ओलीका लागि एकतामा नेतृत्व सम्वन्धी तीन बँुदे विकल्प अगाडी सारेका नेपाल नयाँ पार्टी गठनकै प्रक्रियामा छन् । तर पनि उनको ३ बुँदे विकल्पमा कतै एमालेभित्रै सहमति बन्छ भने किन हत्तारिने भन्नेमा पनि नेपाल छन् । कांग्रेस र माओवादी केन्द्रले सरकारमा आउने नआउने टुंगो गर्न नेपाललाई भोलिसम्मको अल्टिमेटम दिएका छन् । विहिबार प्रधानमन्त्रीसँग भेट गरेर बिहान पौने १० बजे नेपाल भेटन उनकै निवास कोटेश्वर पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवा र आफु दुवैको तर्फबाट नेपाललाई सरकारमा आउने नआउने बारे निक्र्योल गर्न आग्रह गरेका थिए ।
उता नेपाल पक्षकै केन्द्रीय सदस्य तथा सांसद झपट रावलले केपी ओली सत्ताबाट हटेपछि केही सांसदले मन्त्री बन्ने अवसर छोप्न मुसा प्रवृत्ति देखाएको आरोप लगाउदै नेपालसँग रहेका सांसदहरुले सरकारमा जान गरेको हतारोलाई व्यंग्य गरेका छन् । रावलसहित एमालेका १० जना सांसदले शेरबहादुर देउवालाई विश्वासको मत दिने बेला पार्टी एकता जोगाउन भन्दै मतदानमा भाग लिएका थिएनन् ।
केपी ओली पक्षमा रहेका प्रेम आले, किसान श्रेष्ठ, हिराचन्द्र केसी, धनबहादुर बुढासहित ८ जना सांसदले माधव नेपालसँगै देउवालाई विश्वासको मत दिएसँगै उनीहरुले सरकारमा जानु पर्ने भन्दै नेपाललाई दवाव दिएका थिए । उनीहरूप्रति लक्षित गर्दै रावलले मन्त्री पदको लागि अवसर खोज्दै हिँड्ने मुसा प्रवृत्ति भएको बताएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनको मतदान जारी, ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा
मंसिर १६, २०८१ आइतबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनको मतदान जारी, ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा
मंसिर १६, २०८१ आइतबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार