अस्तव्यस्त टिचिङ अस्पतालः बिरामीका आफ्नै समस्या, क्यास काउन्टरमा कुरुवाका पीडा
कुसुम सेञ्चुरी
साउन १५, २०७८ शनिबार २:४५:२
१५ साउन, काठमाडौं । साउन १२ गते मंगलबार मध्याह्न १२ बजे । टिचिङ अस्पतालमा बिरामीका कुरुवाको लाइन अस्तव्यस्त छ ।भीडभाड पनि त्यतिकै छ । कुप्रो परेको हाड, निलो धर्के कमिज, कालो पाइन्ट लगाएका करिब ३५ बर्षको पुरुष टिचिङ अस्पतालको हाडजोर्नी विभाग, बेड नम्बर १०२१, रुदै कराउँदै थिए । दुख्यो नि बाबा, मरे नि बाबा ।
यस्तै बैतडी घर भएका सुरेश साउद कामको शिलशिलामा रामेछाप आएका थिए । तर काम गर्दै गर्दा उनी छतबाट खसे । एक्लै अस्पताल आएर भर्ना भएका उनको पनि हड्डीको अप्ररेशन यहि अस्पताल छ ।
उता कुरुवा आत्तिरहेका थिए, कतिखेर पैसा तिर्ने पालो आउँला अनि ओपीडी चेकजाँच, ल्यावटेष्ट, एक्सरे जाँच गरौंला भनेर तर अचानक क्यास काउन्टर बन्द भयो । उपचारमा लागि आएका बिरामी बेडमा छट्पटी गर्दै थिए । तर लाइनमा बसेका कुरुवा एक्कासी काउन्टर बन्द हुदाँ समस्यामा परे । के भयो कसो भयो उनीहरुले कुनै मेलो पाएनन् ।
अस्पतालमा उपत्यकासहित विभिन्न जिल्लाबाट उपचार गराउन दैनिक हजारौंको संख्यामा आउने बिरामीको चाप उस्तै छ । तर व्यवस्थापन फितलो हुदाँ बिरामीसहित कुरुवालाई दैनिक सास्ती हुने गरेको छ ।
बिहानैदेखि खुल्ने अस्पतालको गणेशमान सिंह भवनमा रहेको काउन्टर खाना खाने समय भएको भन्दै बन्द भएपछि कहिले पालो आउँला भन्दै लाइनमा बसेका कतिपय बिरामी र कुरुवा आकोशित हुँदै भने, “कस्तो अस्पताल हो यो, यतिबेर लाइनमा बसेपछि पैसा लिईदिएको भए हुने नि – उता डाक्टरले चेकजाँच गर्ने थिए ।”
मध्याह्नको त्यो समय कोही तनावमा थिए । कोही असिनपसिन हुँदै पसिना पुछ्दै, लामोलामो श्वास फेर्दै थिए । यतिकैमा काउन्टरमा बसेका करिब हेर्दा २९÷३० बर्षका देखिने युवा झोक्किदै बोले “तपाईंहरु कुरा बुझ्नु हुन्न ! तपाईंहरु मान्छे कि पशु ? १२ बजे बन्द हुन्छ भने पछि बन्द हुन्छ । अब १ बजेपछि मात्र हुन्छ । ज-जसको लाइन जहाँ थियो , केही समयपछि त्यही आएर बस्नु ।”
गणेशमान भवनमा बिशेष गरि हाडजोर्नीको उपचार हुन्छ । जहाँ खुट्टा, हात र ढाड लगायतका अप्रेशन समेत हुँदै आएको छ । तर इर्मेजेन्सीमा उपचार गराउँदै आएका बिरामीका कुरुवा पनि काउन्टर बन्द हुदाँ थप समस्यामा परेका हुन । गणेशमानको तल्लो तलामा काउन्टर छ । जहाँ २ वटा लाइन हुन्छ ।
एउटा लाइन कोरोना परीक्षणको लागि रकम बुझाउने र अर्को लाइन हाडजोर्नीको उपचारका लागि उपचारको रकम बुझाउने तर पीसीआरको रकम बुझाउने काउन्टर खुल्ला रहिरहँदा हाडजोर्नीको उपचारमा आएका बिरामी र कुरुवालाई थप समस्या भएको हो ।
यता अस्पतालको विभिन्न विभागमा राखिएका औषधि कक्षमा डाक्टरले लेखेबमोजिमको औषधि नपाउँदा बिरामीका आफन्त बाहिर खोलिएका पसलबाट महंगोमा औषधि किन्न बाध्य छन् । नुवाकोटबाट बहिनीको उपचारमा आएकी कुरुवा आफ्नो नाम नबताउने शर्तमा भन्छिन् “पहिला यहाँ यो दबार्य छ कि नाई भनेर सोधपुछ गर्नुपर्छ, प्रायः सधैं यो छ, यो छैन ! भनेर भन्छन् । यसले गर्दा यहाँ अलि सस्तो पर्ने औषधि पनि बाहिर महंगोमा किन्नु पर्छ ।”
र याे पनि…..
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपएआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कात्तिक १४, २०८१ बुधबार
हतियारमा सरकारको विभेद: प्रहरीलाई रोक्ने, सेनालाई बोक्ने !
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २०० नाघ्यो
कात्तिक १६, २०८१ शुक्रबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस
कात्तिक १६, २०८१ शुक्रबार
चन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
संस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
कम्युनिष्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दैछ: माधव नेपाल
कात्तिक १६, २०८१ शुक्रबार