जनजातिले क्षेत्री–बाहुनलाई यसरी पनि हेरौँ कि !
नेपालबहस संवाददाता
साउन १९, २०७८ मंगलबार १९:१६:१६
♦दिलकुमार यक्सो
हामी जनजातीहरू जातीय अस्तित्वबारे बढी नै संवेदनशील छौँ । आफ्नो जातीय अस्तित्वप्रति संवेदनशील र सकारात्मक हुनु उचित कुरा हो । तर कहिलेकहीँ त यो संवेदनशीलता ब्यर्थको हुने मात्र होइन, हाम्रै उन्नतीको बाधक बनेर पनि आउँने गर्दछ । एक्काइसौँ शताब्दीमा आएर पनि ‘चुच्चे’ र ‘थेप्चे’ को पूर्वाग्रहको बन्दी हुन जाँदा हामी त्यस्सै आफ्नो मन खराब बनाएर आफैलाई ठगिरहेका पो रहेछौँ ।
अति संवेदनशीलताले गर्दा विचार र विवेकले काम गर्नुपर्ने विषयमा पनि हामी भ्रमहरूको काँडाघारीमा जाकिन्छौँ र आफूलाई चिथोरिएको, बिनासित्तीमा रगत बगाउनु परेको र अनाहकको पीडा बोकेर ‘किन रोइस् मङ्गले आफ्नै ढङ्गले’ भन्ने उखानले गिज्याएजस्तो भएर निस्कन्छौँ । मौकामा बुद्धि नपुर्याएर बल्ड्याङ् खाएपछि त्यसको दोष हामीले अरूलाई दिएर हाम्रो हित होस् कसरी ?
हामी जनजातिले क्षेत्री–बाहुनलाई वा उनीहरूले हामीलाई उपेक्षा र ईश्र्या गर्नुपर्छ भन्नेजस्तो प्रवृत्ति र परम्पराको विकास भइरहेको छ । जनजातिले क्षेत्री–बाहुनलाई वा उनीहरूले हामीलाई शत्रुताको आँखाले हेरेर कसको भलाइ हुन्छ र ? के जनजाति वा पुरेत वा सिपाही हुनु भनेको ठूलो चित्त नै बनाउनु नपर्ने ? राष्ट्रिय परिकल्पना र सपना बोकेर हिँड्नु नपर्ने ?
हामी जनजातिहरूले एउटा भैँसी देख्यौँ भने यसमा कति मासु होला भनेर त्यसको मासुतिर ध्यान दिन्छौँ । एउटा बाहुन वा क्षेत्रीले त्यही भैँसी देख्यो भने यो भैँसीले कति दूध दिन्छ होला भन्ने सोचेर दूधतिर मन लैजान्छ ।
आफ्नै जातिभित्र कुपमण्डूक भएर विश्व नै यही कुवा हो भन्ने अनर्थको टरटराहट कराईरहनु पर्ने ? एउटै देशमा बसेपछि सामाजिक र राष्ट्रिय भावना आफूभित्र जगाउन सक्नुपर्छ । विषयवस्तुलाई तुलनात्मक ढङ्गले हेर्यो भने मात्र सत्यको निष्कर्ष पाइन्छ । सत्य पचाउन गाह्राे छ । किनभने सत्यको स्वाद नमिठो हुन्छ ।
अँ, तुलनात्मक ढङ्गले हेर्नैपर्छ ! हामी जनजातिले क्षेत्री–बाहुनबाट सिक्नुपर्ने कुरा धेरै छन् । त्यसो त सिक्ने कुरै नभएको रित्तो त हामी पनि कहाँ हौँ र ! हामी जनजातिहरूले एउटा भैँसी देख्यौँ भने यसमा कति मासु होला भनेर त्यसको मासुतिर ध्यान दिन्छौँ । एउटा बाहुन वा क्षेत्रीले त्यही भैँसी देख्यो भने यो भैँसीले कति दूध दिन्छ होला भन्ने सोचेर दूधतिर मन लैजान्छ ।
क्षेत्री–बाहुनका ससाना छोराछोरी दूध पिउँछन् र संस्कृत पढ्छन् । त्यसैले तिनीहरूको दिमाग सानैदेखि तिखारिँदै र जिब्रो फट्कारिँदै आउँछ । हाम्रा छोराछोरीहरू जाँडरक्सीको गन्ध सुघ्न बाध्य हुन्छन् । कोही त सानैदेखि जाँडरक्सी खान्छन् । त्यसैले हाम्रा नानीहरूको जिब्रो सानैदेखि लट्पटिँदै आउँछ, दिमाग बोधो हुँदै आउँछ ।
एउटा थोरे (ब्याउने उमेरमा पुगेको भैँसी) क्षेत्री–बाहुनहरूले पाए भने त्यसलाई ब्याउने बनाउनतिर कोशिश गर्छन् । हामी जनजातिहरू काटेर मासु ब्यापार गर्ने योजना बनाउँछौँ । क्षेत्री–बाहुनहरू घरमा गाई–भैँसी पाल्छन् र छोराछोरीलाई दूध खुवाउँछन् । हामी जनजातिहरू घरमा अन्नलाई कुहाएर जाँड–रक्सी बनाउँछौँ । एक त त्यसको गन्धले नै हाम्रा ससाना नानीहरूको कलिलो दिमागमा नजानिँदो असर पारिरहेको हुन्छ । क्षेत्री–बाहुनहरू घरमा भित्रिएको अन्न जोगाएर बेच्नतिर लाग्छन् । त्यसैले जनजाति बस्तीमा क्षेत्री–बाहुनको बस्तीमा भन्दा छिटो अनिकाल लाग्छ ।
मेरो घरभन्दा एक घर माथि खतिवडा बाहुनको घर छ, जसलाई हामी डाँडाघरे बाजे भन्छौँ । डाँडाघरे बाजे र हामी मंसिरमा बराबरी अन्न भित्य्राउँछौँ त्यस्तै ७०/७० मुरी । तर हाम्रो घरमा चैत सकिन नपाउँदै अन्नको अभाव देखापर्न थाल्छ । डाँडाघरे बाजे परिवारलाई खुवाएर बेच्न मात्रै होइन, हामीलाई पैँचो चलाउन पनि भ्याउँछन् । अब मेरो घरमा बोजुले जाँडरक्सी बनाएको दोष म के तिनै डाँडाघरे बाजेलाई दिऊँ ? उनी अगाडि बढेका भनेर आफूलाई पछाडि पारेको भन्दै हिँडौँ ?
हामीलाई कसले स्कूल नजा, नपढ भनेको छ ? कसैले बाटो छेकेको छ ? के स्कूल र त्यहाँका मास्टरले जनजातिका छोराछोरी पढाउँदैनौँ भनेको छ ? ‘जसले सक्ला पढ्न लेख्न उसैले सक्छ अघि बढ्न’ भन्नेमा हाम्रो ध्यानै छैन, विश्वासै छैन । अनि जहाँ पनि क्षेत्री–बाहुन भनेर रिस गरेर केही पाइन्छ त ?
जनजाति बन्धुहरूले नरिसाउनु, म यहाँ सच्याउनुपर्ने हाम्रा कतिपय दोषी मनोवृत्तिलाई औँल्याइरहेको छु । सत्य लेख्दा रिसाइहाल्नु भयो भने म के गरौँ, सत्य पचाउन नसकेर रिसाइरहनु होस् । क्षेत्री–बाहुनका ससाना छोराछोरी दूध पिउँछन् र संस्कृत पढ्छन् । त्यसैले तिनीहरूको दिमाग सानैदेखि तिखारिँदै र जिब्रो फट्कारिँदै आउँछ । हाम्रा छोराछोरीहरू जाँडरक्सीको गन्ध सुघ्न बाध्य हुन्छन् । कोही त सानैदेखि जाँडरक्सी खान्छन् । त्यसैले हाम्रा नानीहरूको जिब्रो सानैदेखि लट्पटिँदै आउँछ, दिमाग बोधो हुँदै आउँछ ।
क्षेत्री–बाहुनका घर–परिवारमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने शिक्षाको महत्व निकै सशक्त छ । केही नभएका लुरे बाहुनले पनि आफ्ना छोराछोरीलाई गाँस काटेर भएपनि पढाउनतिरै लाग्छन् । धेरै गरीब बाहुन केटाहरू संस्कृत विद्यालयको सिदा खाएर, अर्काको घरमा भान्से बसेर वा पूजारी भएर पनि पढेका छन् । तर जनजातिका परिवारमा छोरालाई अलिअलि पढाएर पाएसम्म ब्रिटिश–गोर्खा फौजमा, नपाए भारतीय सेनामा भर्ना हुने ध्यान रहन्छ ।
बीचैमा पढाइ छोड्नेमा क्षेत्री–बाहुनका छोराछोरी होइन, जनजाति र दलितका छोराछोरीहरूको संख्या धेरै छ । यो लेखकका कुरा पत्याउनु हुन्न भने तथ्याङ्क मगाएर हेर्न सक्नुहुन्छ । हामीलाई कसले स्कूल नजा, नपढ भनेको छ ? कसैले बाटो छेकेको छ ? के स्कूल र त्यहाँका मास्टरले जनजातिका छोराछोरी पढाउँदैनौँ भनेको छ ? ‘जसले सक्ला पढ्न लेख्न उसैले सक्छ अघि बढ्न’ भन्नेमा हाम्रो ध्यानै छैन, विश्वासै छैन । अनि जहाँ पनि क्षेत्री–बाहुन भनेर रिस गरेर केही पाइन्छ त ? घरको खानपान र चालचलनले नै क्षेत्री–बाहुनका छोराछोरीको दिमाग तेज छ ।
लोकसेवा आयोगले एउटा सूचना निकालेर ‘लौ, लिम्बू भाषामा लोकसेवाको परीक्षा दिनेलाई १० अङ्क थपिदिइने छ’ भन्यो भने क्षेत्री–बाहुन केटाहरू लिम्बू भाषा सिकेर लोकसेवाको जाँच दिई पास हुन्छन्, त गरिखानेले जित्छन् । हामीले नाकका टुप्पामा रिस बोकेर केही लछारपाटो लाग्दैन ।
जनजातिको शत्रु तागाधारी वा खस–आर्य होइन, गरिबी, अशिक्षा, अरौटेपन, भरौटेपन, कुरौटेपन र पछौटेपन हो । हामीभित्रको कुसंस्कृति, कुप्रवृति र खराब नियत हो । अब यी सबै विकृतिलाई निर्ममताका साथ त्याग्न एक अर्कालाई सहयोग गरौँ ।
हामी जनजातिका भाषाहरू आफै फैलाउन चाहँदैनौँ । सानाको कुरा हो, मेरो एकजना साथी कार्की थरको थियो (अहिले पनि छ) । उसले मसँग लिम्बू भाषा सिक्न खुब कोशिश गर्यो । तर मलाई मेरा बाउले के भन्नुभयो भने ‘तेरो साथी त्यो क्षेत्री केटोलाई आफ्नो बोली (भाषा) नसिकाउनु । यी खस–बाहुनहरू ज्यादै चलाक हुन्छन् । तिनीहरूले हाम्रो बोली बुझेर हाम्रो आन्द्राभुँडी थाहा पाउँछन् ।’ त्यसैले उसले हाम्रो भाषा सिक्न पाएन । हामीले यस्तै संकीर्णता लिनाले हाम्रा भाषा संकटमा परेका छन् । नेपाली भाषामा हिन्दी, अँग्रेजी, उर्दू, फारसी, अरबी भाषाहरूबाट आगन्तुक शब्दले आफ्नो स्थान बनाएका छन् । तर नेपाली भाषामा काम गर्ने हामी जनजातिहरूले त्यो भाषामा आफ्ना शब्द घुसाउन नसकेको दोष अब हामी कसलाई दिउँ ?
अर्कातिर हामी जनजातिलाई क्षेत्री–बाहुनहरू मान्छे नै होइन भन्ने भावनाले व्यवहार गर्दछन् । उनीहरू आफूलाई ठूलो जातको ठान्दछन् र हामीलाई सानो जातको भनी भेदभाव गर्दछन् । उनीहरू हामीलाई आफ्नो समुदायमा प्रवेश गराउँनै चाहँदैनन् । व्यवहार गर्नुपर्यो भने परै राखेर व्यवहार टुङ्ग्याउँछन् । संस्कृत शिक्षा हामी जनजातिले पढ्नु हुँदैन भनेर वञ्चित गर्दछन् । मलाई थाहा छ, संस्कृत समृद्ध भाषा हो । त्यसमा साहित्य, कला, दर्शन, मात्र होइन, औषधि विज्ञान, ज्योतिष विज्ञान आदि अनेक विधाका उपयोगी ज्ञान लेखिएको छ । त्यो म पढ्न चाहन्छु । तर मतवालीलाई संस्कृत पढ्न दिनुहुँदैन, वेद सिकाउनु हुँदैन भन्छन् ।
हामी जनजातिमा जडीबुटीको ज्ञान तुलनात्मक रूपमा निकै छ । त्यो ज्ञान र प्रतिभाको सदुपयोग हुन पाएको छैन । त्यसैले अबदेखि मिलेर बसौँ । जनजातिको शत्रु तागाधारी वा खस–आर्य होइन, गरिबी, अशिक्षा, अरौटेपन, भरौटेपन, कुरौटेपन र पछौटेपन हो । हामीभित्रको कुसंस्कृति, कुप्रवृति र खराब नियत हो । अब यी सबै विकृतिलाई निर्ममताका साथ त्याग्न एक अर्कालाई सहयोग गरौँ । आफूमा भएका ज्ञानहरू फैलाऔँ । यो अल्पसंख्यकहरूको देश हो । अल्पसंख्यकहरूको मुलुकका जातिहरू आपसमा जुधे भने कुखुराको खोरमा श्याल पसे जसरी विदेशी पस्छ । क्षेत्री–बाहुन, आदिवासी–जनजाति सबै सावधान !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
स्पेनिस ला लिगा : बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल विजयी
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
एनपीएलः आजको दोस्रो खेल जनकपुर र कर्णालीबीच हुने, शिखर धवन खेल्दै
मंसिर १७, २०८१ सोमबार
रविकाे बयान आज पनि जारी रहने, सकिए लगत्तै पाेखरा पठाइने
मंसिर १७, २०८१ सोमबार