उपचारका लागि दुई लाख सिरानीमा राखेर सुत्नुपर्ने बाध्यता
नेपालबहस संवाददाता
साउन १७, २०७८ आइतबार २१:३५:३६
◊केदार मगर
१७ साउन, खोटाङ । आकस्मिक अवस्थामा बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाउन हेलिकप्टर नै चार्टर गर्नुपर्ने भएपछि खोटाङवासीलाई रु कम्तिमा दुई लाख सिरानीमै राखेर सुत्नुपर्ने बाध्यता भएको छ । स्वास्थ्यमा जटिल किसिमका समस्या देखिएपछि थप उपचारका लागि काठमाडौंलगायत अन्य सुबिधासम्पन्न अस्पताल लगेर उपचार गराउन परेकाले जिल्लावासीमा यस्तो बाध्यता आइलागेको हो ।
यही समस्याले खोटाङलाई ‘रु दुई लाख सिरानीमा राखेर सुत्नुपर्ने जिल्ला’का रूपमा चिनिन थालेकाले जिल्लावासीले नेपाल सरकारसमक्ष निःशुल्क हेलिकप्टर सेवाको माग गर्दै आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए ।
“संक्रमितले हेलिकप्टर चार्टर गर्नुप¥यो भने कम्तीमा पनि रू तीन लाख ५० हजारसम्म शुल्क तिरिरहनु परेको छ”, उनले भने, “सबैको हेलिकप्टर चार्टर गर्न सक्ने अवस्था छैन । जिल्लाबाट सिफारिस भएर पठाइइएका मध्ये र तत्काल उद्दार गर्नुपर्ने कोभिड संक्रमित र अन्य आकस्मिक घटनाका बिरामीका लागि निःशुल्क हेलिकप्टर व्यवस्था गर्न सरकार समक्ष माग गरिएको हो ।”
दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका एक कोरोना सङ्क्रमितलाई शनिबार रु दुई लाख ८० हजारमा हेलिकप्टर चार्टर गरेर थप उपचारका लागि काठमाडौं लगियो । सोही दिन बिहान वडा नं १ याम्खास्थित अस्थायी कोभिड अस्पतालमा भर्ना भएर उपचार गराएका राई थरका उनलाई श्वासप्रश्वासमा समस्या देखिएकाले हेलिकप्टरबाट काठमाडौँ लगिएको हो ।
सङ्क्रमितको अहिले काठमाडौँस्थित अल्का अस्पतालमा भर्ना गरेर उपचार भइरहेको उनका आफन्तले जनाएका छन् । उनीहरुकानुसार सङ्क्रमित राई आफै मोटरसाइकल चलाएर याम्खा आएपछि परीक्षण गर्दा उहाँमा सङ्क्रमण पुष्टि भएर उपचार थालिएको अस्पताल स्रोतले जनाएको छ । उपचारकै क्रममा श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले हेलिकप्टर चार्टर गरेर राजधानी पठाएका गाउँ कार्यपालिका सदस्य अमृत गिरीले बताए ।
यसअघि गत असार २० गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाकी ४४ वर्षीया सङ्क्रमितलाई सोही मूल्यमा हेलिकप्टर चार्टर गरेर काठमाडौँ लगिएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा बनाइएको आइसोलेशन सेन्टरमा भर्ना भएकी ती महिलामा अक्सिजन कम भएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको थियो ।
दश स्थानीय तह रहेको जिल्लामा कोभिड–१९ को संक्रमण पुष्टि भएको अवस्थामा स्वास्थ्यमा जटिल समस्या देखिए तत्काल अस्पताल पुर्याउन लाखौँ रकम खर्चिएर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । बिरामी बोक्ने एम्बुलेन्स वा अनय सवारी साधनबाट छिटो पुग्न सम्भब नभएकाले संक्रमित महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य भएका हुन् ।
केही दिनयता वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेकाले सडकबाट बिरामीलाई अस्पताल पु¥याउन सकस भएको छ । कतिपय तत्काल अस्पताल पुर्याउनुपर्ने अवस्थाका बिरामी बोक्न हेलिकप्टर चार्टर गर्नुको विकल्प नभएको स्थानीयवासी बताउँछन् ।
गत जेठ ५ पछिमात्र कोरोना सङ्क्रमितलाई अस्पताल लैजान नौ पटक हेलिकप्टर चार्टर भइसकेका छन् । गत असार ८ मा ऐँसेलुखर्क गाउँपालिका–३ का ६० वर्षीय सङ्क्रमितलाई रु दुई लाख ९५ हजार तिरेर हेलिकप्टरमार्फत काठमाडौँ लगिएको थियो ।
यस्तै सङ्क्रमण भएपछि आइसोलेशनमा राखिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी एक महिलालाई जेठ २७ गते रु तीन लाख र एँेसेलुखर्क गाउँपालिका–३ कै अर्की संक्रमितलाई पनि जेठ १७ गते काठमाडौँ लैजान रु दुई लाख ९५ हजार खर्चिनुपरेको थियो ।
जेठ ५ गते एेँसेलुखर्क गाउँपालिका–३ का एकै परिवारका तीन सङ्क्रमितलाई रु तीन लाख २० हजार, १५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७८ वर्षीया सङ्क्रमितलाई रु तीन लाख ५० हजार, जेठ १० गते दिक्तेलका ६४ वर्षीय एकजनालाई रु तीन लाख ५० हजारमा हेलिकप्टर चार्टर गरेर काठमाडौँ लगिएको थियो ।
जिल्लामा अन्य किसिमका रोग लागेका बिरामी वा दुर्घटनाका घाइतेलाई काठमाडौँ लैजाने क्रममा पनि कम्तीमा रु दुई लाख खर्चेर हेलिकप्टर चार्टर गर्नु बाध्यता नै भएको छ । आर्थिक अवस्था मजबुत भएका वा ऋणधन गर्न सक्ने बिरामी हेलिकप्टर चार्टर गरेर अस्पताल पुग्छन् तर बिपन्न परिवार उपचारबाट वञ्चित भइ ज्यान गुमाउन बाध्य भएको घटनासमेत सार्वजनिक भएका छन् ।
उक्त नगरपालिकाले जेठ १६ गते तत्कालीन प्रधानमन्त्रीसमक्ष निःशुल्क हेलिकप्टर सेवाको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मामार्फत प्रधानमन्त्री ओलीलाई पत्र पठाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलोपटक पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद, सबैले लिए शपथ
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार