खस्कियो नारायणी अस्पताल, कोभिडको तेस्रो लहरसँग जुध्न छैन कुनै तयारी
नेपालबहस संवाददाता
साउन १९, २०७८ बुधबार १:२६:८
१९ साउन, बीरगञ्ज । कोरोनाको तेस्रो लहरले अहिले काठमाडौंमा अस्पतालका बेड भरिन लागेको छ । विस्तारै यो लहर देशैभर फैलिरहेको छ । कोभिडको पहिलो लहरमा पर्सा जिल्ला सुरुवातमै बढी प्रभावित भएको थियो ।
त्यो आधारमा तेस्रो लहर आए पनि आवश्यक उपचारका उपकरणसहित संभावित संक्रमण रोक्ने तयारीमा यहाँको नारायणी अस्पताल लाग्नु पर्ने थियो । संघ सरकार मातहत रहेको यो अस्पतालले नै पहिलो र दोस्रो लहरका बेला संक्रमितको उपचारमा उल्लेखनीय भूमिका निर्वाह गरेको थियो ।
तर तेस्रो लहरले छोप्दै गर्दा न त नारायणी अस्पतालसँग यो लहरसँग जुध्ने कुनै तयारी छ न त अस्पतालका चिकित्सकहरुसँग समन्यव गरेर नेतृत्वकर्ताले आवश्यक रणनीति नै तयार पारेको छ । बरु नेतृत्व लिएका चिकित्सक सस्तो प्रचारबाजी गर्नमै व्यस्त छन् ।
अस्पतालले अहिलेसम्म अक्सिजन प्लान्ट स्थापना गरेर सञ्चालनमा ल्याइसक्नु पर्ने थियो । पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विमल श्रीवास्तवको संसदीय कोषबाट प्रदान गरिएको २ करोड रुपैयाँ बजेटले अक्सिजन प्लान्ट राख्ने तयारी गरिएको भएपनि अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.वीरेन्द्रबहादुर प्रधानकै असक्षमताका कारण प्लान्ट स्थापना गर्न थालेको २ महिना हुन लागिसक्दा पनि पूर्णता पाउन सकेको छैन ।
संघ सरकारबाट प्लान्ट निर्माणका लागि सामान नै पठाइँदा पनि ती सामानसमेत प्रयोगविहीन बनेका छन् । दोस्रो लहरका बेला अक्सिजनको माग धेरै भएकाले अस्पतालमै प्लान्ट स्थापना गरेर अक्सिजनको अभाव अन्त्य गर्ने भनिएको थियो । त्यसका लागि बजेट र आवश्यक सामानको जोहो पनि भएकै हो । तर नेतृत्वको असक्षमताले काम हुन नसकेको अस्पतालकै कर्मचारी बताउँछन् ।
अहिले अस्पतालको आर्थिक अवस्था पनि जर्जर बनेको छ । गएको दुई महिनाअघि बीरगञ्जकै स्थानीयसमेत रहेका डा.प्रधानले निमित्त मेसुको कार्यभार सम्हाल्दै गर्दा नारायणी अस्पताललाई कम्तिमा सुविधा सम्पन्न अवस्थामा पुर्याउँछन् होला भन्ने यहाँका नागरिकले आशा राखेका थिए । तर उनैको पालामा नारायणी अस्पतालमा जति विकास र व्यवस्थित हुनु पर्ने थियो ती सबै काम पछि परेका छन् । उल्टै आर्थिक अभावले अस्पताल प्रशासन थिचिन थालेको छ ।
अस्पतालले पहिले दिँदै आइरहेको सेवा सुविधामा पनि अहिले कटौती भएको छ । अस्पतालको आम्दानीको स्रोत रहेको ल्याब टेष्ट बन्द छ । जसले गर्दा यहाँ आउने बिरामी महंगो मूल्य तिरेर निजी क्लिनिकमा टेष्ट गराउन बाध्य छन् । सिटी स्क्यान मर्मत नहुँदा बिग्रिएर थन्किन पुगेको छ । यसले एकातिर आम्दानी घटाएको छ भने अर्कोतर्फ आम नागरिकले पाउने सुलभ सेवाबाट बन्चित पारेको छ ।
अर्थ अभावकै कारण अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य कर्मचारीले गएको असार महिनादेखिको तलब पाएका छैनन् । कोभिडका बेला खटेका चिकित्सक तथा कर्मचारीले पाउनु पर्ने भत्ताको त कुनै सुनुवाइ नै हुँदैन । जसले गर्दा अस्पतालमा आफूहरुको मनोबल खस्केको चिकित्सकहरु बताउँछन् । यता अस्पतालका निमित्त मेसु डा.प्रधान भने आफूले अस्पताल सुधारका कामलाई अघि बढाइरहेको र छिट्टै कर्मचारीको तलब निकासा गर्ने प्रतिक्रिया दिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतराईमा तिहारः बढ्दो केराका थामको बजार
कात्तिक १५, २०८१ बिहिबार
लागुऔषध प्रयोगकर्तालाई हेर्ने दृष्टिकोण बदल्नुपर्नेमा सरोकारवालाको जोड
कात्तिक १३, २०८१ मंगलबार
राहत वितरणको नाउँमा भ्रष्टाचार भइरहेको भन्दै कटहरिया नगरपालिकामा पुनः तालाबन्दी
कात्तिक १२, २०८१ सोमबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री
कात्तिक १७, २०८१ शनिबार
कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा गरिंदै
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछः राष्ट्रपति
कात्तिक १७, २०८१ शनिबार
नेवार समुदायको नयाँ वर्ष नेपाल संवत् ११४५ शुरु
कात्तिक १७, २०८१ शनिबार
काठमाडौंमा वायु प्रदूषण बढ्यो, कारण के ?
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार