के अस्पतालमा कोरोना सर्दैन् र ? टिचिङ अस्पतालमा दिनहुँ भीडभाड तर प्रशासन मौन
कुसुम सेञ्चुरी
साउन ३२, २०७८ सोमबार २०:१०:२७
३२ साउन, काठमाडौं । ठेलमठेल लाइन छ । काउन्टर बन्द हुनै लागेको छ । त्यतिकैमा भित्रबाट आवाज आउँछ । उतापट्टिको झ्यालमा आउनुस्, यता बन्द हुन लाग्यो । लाइनमा बसेका नागरिक भन्दै थिए, घरि यता आउनुस भन्ने घरि उता आउनुस भन्ने । पैसा पहिले लिने तर भित्रबाट परीक्षणको रकम बुझाएको रसिद नदिने ।
यो संवाद हो, देशकै सबैभन्दा सुविधा सम्पन्न मानिएको टिचिङ अस्पताल महाराजगञ्जको । सो अस्पतालको गणेशमान भवनमा कोरोनाको परीक्षणको लागी पीसीआरको रसिद काट्न लाइनमा बसेका आम नागरिक र काउन्टरमा पैसा बुझ्दै रसिद काट्दै गरेका कर्मचारीबीचको हो ।
अहिले कोरोना भाइरसको संक्रमण पुन बढ्न थालेको छ । तर यहाँ दैनिक पीसीआर परीक्षणका लागी यस्तै भीड हुने गरेको छ । लाइनमा पीसीआरको रसिद काट्न बसेका कोही बिरामी थिए । कोही छोराछोरीलाई रुवाखोकी लागेर कोरोना हो की भन्दै चेकजाँच गर्न आएका थिए ।
उनीहरु जस्तै थुप्रै बिरामीको भीड देख्दा चेकजाँचै नगरी कतिपय मान्छेहरु घर फर्किन् बाध्य भएका छन् । ‘बिरामीको भीडभाड छ अस्पतालमा । एकअर्काबीच दूरी पनि कायम छैन । कसैले मास्क पनि लगाएका छैनन् । अस्पताल व्यवस्थापनले त्यहाँ आउने सेवाग्राहीका लागि नत मास्क, नत स्यानीटाइजर राखेको छ नत ओपीडी, क्यास काउण्टर तथा बार्डहरु मै भौतिक दुरी कायम गराउनेतर्फ चासो देखाएको छ ।
अझ कतिसम्मको लापरवाही छ भने बिरामी भर्ना भएका बार्डहरुको नियमित सरसफाई समेत हुन छाडेको छ । फिनेल, हरपिक लगायतका सरसफाईका लागि अत्यावश्यक सामानहरु समेत त्यहाँका कर्मचारीहरुले देख्न नपाएको बर्षौं भैसकेको छ ।
तर पीसीआर परीक्षण गर्ने ठाउँमा बढेको यो भीडभाडले यहाँ आएका अधिकांश नागरिक कति सुरक्षित छन् भन्ने कुरा आफैमा प्रश्न खडा हुन्छ । सरकारले निःशुल्क रूपमा व्यवस्था गरेको एन्टिजन वा पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने भनिएपनि यहाँ प्रतिव्यति एक हजार लिने गरिएको छ । अस्पतालमा उपचारमा आएका बिरामी यसबाट बढी समस्यामा पर्ने गरेका छन् ।
देशकै सुविधासम्पन्न मानिएको टिचिङ अस्पतालमा दैनिक हजारौंको संख्यामा बिरामीहरुको भीड लाग्ने गरेको छ । तर अस्पताल प्रशासनको चरम लापरवाही र बेवास्ताले यो अस्पताल रुग्ण हुँदै जान थालेको छ । अस्पतालको व्यवस्थापनको जिम्मा लिएका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेको भ्रष्ट मनोवृति र राजसी शैलीले टिचिङ अस्पताल हो कि सुँगुरको खोर हो भन्नेमा दिविधा उत्पन्न हुन थालेको छ । प्रशासन कार्यालयले २५ जनाभन्दा बढी जम्मा हुन नपाइने सूचना निकालेपनि अस्पताल क्षेत्रको भीडभाडलाई नियन्त्रण गर्न सकेको छैन ।
तेसो त अहिले काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहुँ जसो बिरामी बढेका हुन् । अस्पतालमा बिरामी बढेपछि डाक्टरहरुले पनि पीसीआर परीक्षण गरेर रिर्पोट नल्याएसम्म बिरामी हेर्दैनन् । त्यसैले पनि अस्पताल आएका अधिकांशको भीडभाड हुने थलो बनेको छ, क्यास काउन्टर ।
गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई सरकारले खुकुलो बनाएको छ । यद्यपि कोरोना संक्रमण दरमा भने पछिल्लो समय बढ्न थालेको छ । अहिले निषेधाज्ञा हट्दै गएपछि जनस्वास्थ्य नियम उल्लङ्घन गर्ने क्रम बढेसँगै संक्रमण बढ्दै गएको हो । खोप लगाउँदैमा कोरोना संक्रमण नहुने भन्ने हुँदैन । खोप लगाएका व्यक्तिले भ्रममा परेर मास्क, स्यानिटाइजर, साबुन पानी हात नधुने, सामाजिक दूरी सही रूपमा कायम नगर्दा खोपको पहुँचमा नपुगेका व्यक्ति झन् जोखिममा परेका छन् ।
नेपालमा डेल्टा र डेल्टा प्लस भेरिएन्ट देखिने क्रम जारी रहेकोले अस्पतालहरूका आईसीयू भरिभराउनै रहेका छन् । निषेधाज्ञा खुकुलो भएपछि संक्रमित बढेसँगै लक्षणसहितका संक्रमित दैनिक बढ्न थालेका छन् ।
मन्त्रालयको तथ्याङ्कले केही सातायतादेखि उपत्यकामा कोभिड भएका मानिसको सङ्ख्या बढ्दै गएको देखाएको छ । संक्रमितको सङ्ख्या बढ्ने क्रम देखिएपछि उपत्यकामा तीनवटै जिल्लामा २८ गते शुक्रकारमध्यरातिबाट लागु हुनेगरी केही कडाईसहित भदौ ८ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।
काठमाडौं भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले संक्रमितको बढ्दो सङ्ख्या र सार्वजनिक भेला तथा प्रदर्शनलाई ध्यानमा राख्दै यसअघि २५ जनासम्म उपस्थित भएर सभा सम्मेलन गर्न दिइएको छुटमा रोक लगाउने निर्णय गरेका छन् भने राति ८ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
भदौ ८ गतेसम्म थपिएको निषेधाज्ञामा गोष्ठी, तालिम, बैठक, सेमिनार, प्रशिक्षण र समीक्षा लगायतका क्रियाकलापहरू भर्चूअल माध्यमबाट मात्र गर्न भनिएको छ। यसअघिको निषेधाज्ञामा पनि यस्ता कार्यक्रमलाई भर्चूअल माध्यमबाट गर्न भनिए पनि भौतिक रूपमै उपस्थित भएर गर्नैपर्ने भएमा बढीमा २५ जना उपस्थित हुनेगरी तथा जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने छुट दिइएको थियो।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपएआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कात्तिक १४, २०८१ बुधबार
हतियारमा सरकारको विभेद: प्रहरीलाई रोक्ने, सेनालाई बोक्ने !
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री
कात्तिक १७, २०८१ शनिबार
कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा गरिंदै
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछः राष्ट्रपति
कात्तिक १७, २०८१ शनिबार
नेवार समुदायको नयाँ वर्ष नेपाल संवत् ११४५ शुरु
कात्तिक १७, २०८१ शनिबार
काठमाडौंमा वायु प्रदूषण बढ्यो, कारण के ?
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार