सात अस्पतालमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन प्रणाली
नेपालबहस संवाददाता
साउन २२, २०७८ शनिबार ०:०:२५
२२ साउन, काठमाडौं । चीन सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ‘यूएनडिपी’ले संयुक्तरूपमा नेपालमा कोभिड–१९ को प्रतिकार्यमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन प्रणाली सुधार गर्न चीनको दक्षिण–दक्षिण सहयोग सहायता कोषअन्र्तगत नयाँ कार्यक्रम सुरु गरेको छ ।
स्वास्थ्य सेवा विभागसँगको समन्वयमा यूएनडिपीले कोशी अस्पताल, विराटनगर, नारायणी अस्पताल, वीरगञ्ज, जनकपुर अस्पताल, जनकपुरधाम, वीरेन्द्र सैनिक अस्पताल, छाउनी, राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर र भेरी अस्पताल, नेपालगञ्जसँग मिलेर काम गर्नेछ ।
उक्त कार्यक्रमले अटोक्लेभलगायत उपकरण जडानका साथै अस्पतालको फोहोर व्यवस्थापन प्रणालीको स्तरवृद्धि, फोहोर व्यवस्थापन क्षेत्र स्थापना तथा त्यसको उचित प्रयोगसँगै स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका सम्बन्धमा स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिने यहाँस्थित युएनडिपीको कार्यालयले जनाएको छ ।
कार्यक्रमअन्तर्गत ३५० स्वास्थ्यकर्मीको प्राविधिक क्षमता बढाउन तथा स्थानीय सरकारका १०० अधिकारीलाई स्वास्थ्य आपत्कालको उचित व्यवस्थापन प्रशिक्षण दिइनेछ । स्वास्थ्यजन्य फोहोर व्यवस्थापनमा नागरिककोे चेतना बढाउन शहरी तथा ग्रामीण नगरपालिकाबाट ३०० युवा स्वयंसेवक परिचालन गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
तिहारका लागि मुस्ताङबाट चार हजार भेडाच्याङग्रा बिक्री
कात्तिक १७, २०८१ शनिबार
कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा गरिंदै
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछः राष्ट्रपति
कात्तिक १७, २०८१ शनिबार
नेवार समुदायको नयाँ वर्ष नेपाल संवत् ११४५ शुरु
कात्तिक १७, २०८१ शनिबार
काठमाडौंमा वायु प्रदूषण बढ्यो, कारण के ?
कात्तिक १७, २०८१ शनिबार
भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
कात्तिक १७, २०८१ शनिबार