बालविवाह अन्त्यका लागि स्थानीय सरकारको चासो
नेपालबहस संवाददाता
साउन २५, २०७८ सोमबार २१:६:३३
◊भेषराज बस्नेत
२५ साउन, राँझा । बाँकेमा समस्याको रुपमा रहेको बालविवाह अन्त्यको लागि स्थानीय सरकारले चासो देखाएका छन् । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा र जानकी गाउँपालिकाले बालविवाह विरुद्ध वडास्तरमा अभियान सञ्चालन गरी बालविवाहमुक्त वडा घोषणा गर्दै आएका छन् ।
कोहलपुर नगरपालिकाले अबको एक वर्षभित्र सबै वडा बालविवाहमुक्त वडा घोषणा गर्ने गरी अभियानलाई अगाडि बढाएको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिए । सो नगरपालिकाले बालविवाहमुक्त अभियान निर्देशिका २०७६ अनुसार नगरका सबै वडालाई बालविवाहमुक्त गर्ने गरी सचेतना अभियान सञ्चालन गर्नुका साथै सरोकारवाला निकायसँग आवश्यक छलफलका साथ अगाडि बढेको उनको भनाइ छ ।
“गतवर्षको चैत १९ गतेका दिन कोहलपुर नगरपालिकाले एकैदिन वडा नं १२ र वडा नं. १३ लाई बालविवाहमुक्त वडा घोषणा गरेका थियौंँ”, उनले भने,“अहिले वडा नं १ लाई पनि बालविवाह वडामुक्त घोषणा गरी अर्को सफलता पाएका छौं भने अब केही दिनमानै वडा नं ३ लाई पनि बालविवाहमुक्त वडा घोषणा कार्यक्रम गरिने छ ।”
बालविवाह घरेलु हिंसाको प्रमुख कारण रहेकोले यसको अन्त्यको लागि गाउँपालिकाले अभियान सञ्चालन गरिरहेको बैजनाथ गाउँपालिकाका उपाध्यक्ष शारदा विश्वकर्माले बताए । हालसम्म गाउँपालिकाको एउटा वडा बालविवाहमुक्त घोषणा गरिसकेको र छिट्टै अर्का वडा पनि घोषणा गर्ने तयारीमा रहेको उनको भनाइ छ ।
खजुरामा वडास्तरबाटै बालविवाह विरुद्धको अभियान सञ्चालन भएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । वडालाई बालविवाहमुक्त गर्न बनेको कार्यविधिको मापदण्डअनुसार अभियान सञ्चालन भइरहेको बताउँदै छिट्टै गाउँपालिकालाई नै बालविवाहमुक्त गाउँपालिका घोषणा गर्ने योजनाका साथ काम भइरहेको अध्यक्ष कक्षपतिले उल्लेख गरे ।
विसं २०६८ को जनगणना अनुसारमा बाँकेमा ६६.०८ प्रतिशत बालविवाह रहेको छ । सामाजिक परम्परा र प्रेम गरेर बालविवाह गर्ने क्रम अझै रोकिएको छैन । जनचेतनाको कमी, जातीय विभेद, आर्थिक अभाव, गरिबी, र बेरोजगार, सामाजिक परम्परा, अशिक्षा, धर्म र संस्कार, कुसंस्कार, पुरानो रीतिरिवाज, पुरुष प्रधान समाज, पारिवारिक दबाब, कानून थाहा नपाएर, साथीहरुको देखासिकी र प्रेम विवाह, सामाजिक सञ्जाल र मोबाइल दुरुपयोगलगायत कारणले बालविवाह हुँदै आएको जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवले बताए ।
स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजनामार्फत वडास्तरमा स्थानीय तहले सञ्चालन गरेको बालविवाह विरुद्धको अभियानमा साझेदारी गर्दै आएको छ । परियोजनाको सहयोगमा जिल्लामा हालसम्म पाँच स्थानीय तहका १० वटा वडा बालविवाहमुक्त घोषणा भइसकेको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिए ।
उहाँका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका– ४ वटा वडा, कोहलपुर नगरपालिकाका– ३ वटा वडा, खजुरा, बैजनाथ र जानकी गाउँपालिकाका एक एक वटा वडा बालविवाहमुक्त घोषणा भइसकेका छन् । कोहलपुर नगरपालिकाको वडा नं ३, बैजनाथको वडा नं ५ र जानकीको वडा नं १ मा बालविवाहमुक्त घोषणा गर्ने तयारी भएको छ ।
वडालाई बालविवाहमुक्त घोषणा गर्न स्थानीय तहमा बालअधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्य सम्बन्धी रणनीति, बाल संरक्षण नीति र पालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बालअधिकार समिति क्रियाशील रहेको छ ।
बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका अनुसार, वडामा २० प्रतिशत भन्दा कम बालविवाह भए बालविवाहमुक्त घोषणा हुने प्रावधान रहेको स्याकका अध्यक्ष पाण्डेले जानकारी दिए । बाँकेलाई बालविवाहमुक्त गर्न प्लान इन्टरनेशनल नेपालले जिल्लाका आठवटै स्थानीय तहसँगको सहकार्यमा स्याक नेपाललाई बालविवाह रोकथाम परियोजना सञ्चालन गर्न सहयोग गरेको छ । सो परियोजनाले आर्थिक वर्ष २०७७/७८को असार मसान्तसम्म जिल्लामा कम्तीमा पनि २० वडालाई बालविवाहमुक्त घोषणा गर्ने लक्ष्य रहे पनि कोरोना भाइरस महामारीका कारण प्रभावित हुन पुगेको स्याकका अध्यक्ष पाण्डेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार