तीन दर्जन बढि कर नबुझाउने करदातामाथि कानूनी कारवाही, जग्गा र बैंक खाता रोक्का
नेपालबहस संवाददाता
साउन २६, २०७८ मंगलबार १७:३७:४९
२६ साउन, काठमाडौं । लामो समयदेखि कर नबुझाएका ४० करदातामाथि आन्तरिक राजस्व कार्यालय लहानले कानूनी कारवाही अघि बढाएको छ । दर्ता भएर पनि कर नबुझाउने ४० करदातामाथि कानूनी कारवाहीस्वरूप कारोवार, बैंक खाता र चलअचल सम्पत्ति रोक्का गरिएको कार्यालयका प्रमुख रामप्रसाद खतिवडाले जानकारी दिए ।
पाँच लाखसम्म कर बक्यौता राखेका ७५ करदातामाथि कानूनी कारवाही अघि बढाइएकामा आर्थिक वर्ष २०७७÷७८ मा ३५ जना करदाताबाट रु पाँच करोडभन्दा बढी बक्यौता असुली भएको प्रमुख खतिवडाले बताए । मूल्य अभिवृद्धि कर, आयकर तथा अन्तःशुल्कतर्फ दर्ता भएयता कर नबुझाएका ४० करदातामाथि कानूनी कारवाही प्रक्रिया अघि बढाइएको प्रमुख खतिवडाको भनाइ छ ।
यसैबीच कोभिड–१९ को सङ्क्रमण र जनशक्तिको अभावका बाबजुद कार्यालयले आर्थिक वर्ष २०७७/७८ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । तत्कालीन सगरमाथा अञ्चलको छ वटा जिल्लामा कार्यक्षेत्र बनाएको कार्यालयले आव २०७७/७८ मा रु तीन अर्ब छ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा करिब १०८ प्रतिशत अर्थात रु तीन अर्ब ३१ करोड राजस्व सङ्कलन भएको प्रमुख खतिवडाले बताए ।
उहाँका अनुसार आव २०७७÷७८ मा आयकरतर्फ रु एक अर्ब ६३ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब आठ करोड र अन्तःशुल्कतर्फ रु ५९ करोड आठ लाख राजस्व सङ्कलन भएको छ । यो गत आर्थिक आर्थिक वर्षको तुलनामा १७ प्रतिशत बढी राजस्व सङ्कलन हो ।
गत आव २०७६/७७ मा रु तीन अर्ब ४५ करोड राजस्व सङ्कलनको लक्ष्य लिएकामा करिब ८१ प्रतिशत अर्थात रु दुई अर्ब ८१ करोड राजस्व सङ्कलन भएको थियो । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १२ हजार ८४२ व्यवसायी र २० हजार ८४४ व्यक्तिगत नयाँ प्यान दर्ता भएको जनाएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा करदाता शिक्षा कार्यक्रमअन्तर्गत छ वटै जिल्लामा आर्थिक ऐन, २०७७/७८ ले प्रदान गरेको करसम्बन्धी छुट तथा सुविधाबारे सचेतना कार्यक्रम सञ्चालन गरेपछि जनशक्ति अभाव र कोभिड–१९ को सङ्क्रमणका बाबजुद राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख खतिवडाको भनाइ छ ।
कार्यालयमा छ जना कर अधिकृतको दरबन्दीमा चार जना र १० जना नायब सुब्बाको दरबन्दीमा तीन जना कर्मचारी मात्र कार्यरत रहँदा कार्यालयको कामकाज प्रभावित हुँदै आएको जनाइएको छ । दरबन्दी अनुसारको कर्मचारी पठाइदिन पटकपटक आग्रह गर्दै आए पनि अझै कर्मचारी नपठाउँदा समस्या भइरहेको प्रमुख खतिवडाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
मंसिर १६, २०८१ आइतबार
११ बजेअघि नै ३२ प्रतिशत मत खस्यो : आयोग
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
बंगलादेशविरुद्धको खेलमा टस हारेर ब्याटिङ गर्दै नेपाल
मंसिर १६, २०८१ आइतबार
अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार