थारू समुदायको परम्परालाई सरकारी मान्यता
नेपालबहस संवाददाता
साउन २७, २०७८ बुधबार २१:५:४
२७ साउन, बाँके । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले परम्परागत बरघर प्रथालाई कानुनी मान्यता दिएकामा थारू समुदाय उत्साहित छ ।
नेपालमै पहिलोपटक नगरपालिकाको आठौँ नगरसभाले ‘बारबर्दिया नगरपालिकाको क्षेत्रभित्र रहेका टोल, बरघर र संस्थालाई परिचालन गर्न बनेको ऐन २०७७’ पारित गरी लागू गरेको हो ।
उक्त ऐनमा बरघरको चयन, कार्यक्षेत्र, काम,कर्तव्य, अधिकारको व्यवस्थाका साथै नेपाल सरकारको प्रचलित ऐन नियमको विपरीत नहुने गरी कार्य गर्नुपर्ने कुरा उल्लेख छ ।नगरपालिकाले उक्त ऐन जारी गर्नाका साथै ११ वटै वडाका ९० मूल बरघरलाई परिचयपत्र वितरण गरेको थियो ।
उक्त ऐन कार्यान्वयनका क्रममा गत वैशाख ६ गते बरघरसम्बन्धी बृहद् गोष्ठी गरिएको थियो । अठ्ठाइसौँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा परिचयपत्र र प्रमाणपत्र वितरण शुरु गरेकाले उनीहरू उत्साहित भएका थिए ।आफूहरूको आधिकारिकताका लागि पनि परिचयपत्र उपलब्ध गराउनुपर्ने माग गोष्ठीमा बरघरहरुले गरेकाले नगरपालिकाले प्रमाणपत्रसहितको परिचयपत्रको व्यवस्था गरेको हो ।
लुम्बिनी प्रदेशसभा सदस्य तिलक शर्मा हिमालले पहिलोपटक बरघर ऐन बनाएर नगरपालिका नमूनाको रूपमा प्रस्तुत भएको छ भने । यो प्रथा परम्परागत भए पनि लोकतान्त्रिक पद्धतिको एउटा स्वरूप भएकाले यसलाई बचाई राख्नुपर्नेमा जोड दिँदै उनले यस्ता प्रथाले सामाजिक काममा समेत योगदान पुर्याउने हुँदा नगरपालिकाले त्यसलाई मान्यता दिएर ऐतिहासिक कार्य गरेको बताए ।
नगरप्रमुख दुर्गाबहादुर थारू कबिरले बरघरहरुलाई सामाजिक, सांस्कृतिक, धार्मिक र विकास निर्माणका काम गर्नाका लागि यस ऐनले अधिकार दिएको छ भने । उनले यस ऐनको कार्यान्वयनका लागि बरघरहरुलाई अभिमुखीकरण तालीम दिइने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार