नवदुर्गामा भित्र्याइयो कालो राँगो ‘खमेय’
नेपालबहस संवाददाता
साउन २९, २०७८ शुक्रबार २२:१८:२७
२९ साउन, भक्तपुर । भक्तपुर नगरपालिका‐९ कमलविनायक गछेंस्थित नवदुर्गा द्योछेंमा ‘खमेय’ अर्थात् निखर कालो राँगो भित्र्याइएको छ । सो राँगोलाई वडादशैँ अन्तर्गत नवमीको राति महिषासुर दैत्यको प्रतीकका रूपमा बध गर्ने गरिन्छ ।
हरेक वर्षझैँ आउँदो विजयादशमी नवमीको दिन बध गर्न नवदुर्गा मन्दिरको देवता घर अर्थात् द्योँछेमा खमेयलाई भित्र्याएको हो । सूर्यविनायकका लक्ष्मण छुँजूले रु एक लाख २५ हजारमा खरिद गरेको राँगो नवदुर्गालाई चढाएका हुन् ।
हरेक वर्ष नवदुर्गालाई विभिन्न व्यक्तिले खमेय चढाउने गर्दछन् । यो राँगो नवमीसम्म द्योछेंमै पालेर राखिन्छ । प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीदेखि नागपञ्चमीसम्ममा खमेय भित्र्याउने परम्परा रहेको छ । नवमीको राति नवदुर्गा द्योछेँबाट राँगोलाई मदिरा खुवाइ अबिर दलेर दौडाउँदै नगर परिक्रमा गराई ब्रम्हायणी मन्दिरमा पुर्याएर महिषासुर दैत्यको प्रतीकका रूपमा राँगोको बध गरिने परम्पार रही आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
देशभरका त्रिवेणीधाम र धार्मिकस्थलमा मकर स्नान गर्नेको घुइँचो
माघ १, २०८१ मंगलबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सदन छलेर अध्यादेश ल्याउनु संविधान र लोकतन्त्रको मर्म विपरीत: प्रचण्ड
माघ ३, २०८१ बिहिबार
पूर्वप्रमीकाको अश्लील 'भिडियो' बहिनीलाई 'मेसेन्जर'मा पठाउने युवक पक्राउ
माघ ३, २०८१ बिहिबार
सरकारले पक्षघातको औषधि निःशुल्क उपलब्ध गराउने
माघ ३, २०८१ बिहिबार