देउवालाई सभापतिको जिम्मेवारी छाडेर सरकार सञ्चालनमा ध्यान दिन नेता कोइरालाको आग्रह
नेपालबहस संवाददाता
साउन २९, २०७८ शुक्रबार २३:२४:०
२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई पार्टी सभापतिको जिम्मेवारी छोडेर सरकार सञ्चालनमा ध्यान दिन आग्रह गरेका छन् ।
कांग्रेसमा सभापति व्यस्त हुँदा कार्यवाहक सभापतिको जिम्मेवारी वरिष्ठ नेतालाई दिने परम्परा इतिहासदेखि नै कायम रहेको भन्दै प्रधानमन्त्री देउवाले पुरा समय सरकार सञ्चालनतर्फ ध्यान दिनुपर्नेमा ७५ प्रतिशत समय पार्टीकै काममा खर्च भएको उनले बताए ।
यसरी सरकार सञ्चालन प्रभावकारी रुपमा हुनै नसक्ने उनको तर्क छ । देउवा निवास बुढानीलकण्ठमा आज दोस्रो दिन पनि जारी नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति वैठकमा केन्द्रीय सदस्य डा. कोइरालाले आफ्नो मन्तव्यका क्रममा उक्त कुरा बताएका हुन् ।
मन्तव्यको शुरुमै देउवा नेतृत्वमा गठित नयाँ सरकारलाई बधाई तथा सफलताको शुभकामना दिदै नेता कोइरालाले २ महिनादेखि १५ वटा मन्त्रालय नेतृत्वबिहिन भएको बताउँदै यस्तो तालले सरकारले कसरी जनहितमा काम गर्न सक्छ तथा कसरी सुशासन दिन सक्छ ? भनी प्रश्न पनि गरेका छन् ।
संख्याका हिसाबले संसदमा नेपाली कांग्रेस अल्पमतमा छ तर पनि कांग्रेस यतिबेला गठबन्धन सरकारको नेतृत्व गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै नेता कोइरालाले सरकारका सामु धेरै चुनौतीहरु रहेको बताए ।
यतिबेला अन्तर्राष्ट्रिय परिस्थिति कांग्रेसको प्रतिकुल रहेको बिश्लेषण गर्दै उनले हाम्रा दुवै छिमेकी मित्र राष्ट्रहरुसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने कारणले पार्टीको सम्पुर्ण शक्ति सरकारलाई सफल बनाउन केन्द्रित हुनुपर्ने बताए । त्यसका लागि कांग्रेसमा एकता, सदभाव र मेलमिलापको वातावरण तयार गर्नुपर्ने बताउँदै उनले सभापति देउवाले पार्टी नेतृत्व कुनै वरिष्ठ नेतालाई सुम्पेर आफ्नो पुरा समय र शक्ति सरकार सञ्चालनमा लगाउनु पर्नेमा जोड दिएका छन् ।
प्रभावशाली नेता शेखर कोइरालाले कांग्रेस केन्द्रीय समिति वैठकमा आज राखेको भनाई जस्ताको तस्तैः
आज दुःख लागेको छ । सानेपाको कार्यालय छाडेर केन्द्रिय समिति बैठक यहाँ गर्दैछौं । पार्टी कार्यलयमा धर्नामा बसेका हाम्रै साथीहरु हुन ।उनीहरुको माग हामीले सुन्नुै पर्छ । १३ औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य साथीहरू नै पार्टी कार्यालयमा धर्नामा बस्नु भएको थियो तर पार्टी अफिसमै बैठक बस्यो र साथीहरूको माग सुनुवाइ भयो ।मेरो बिनम्र आग्रह छ कि अबदेखि हरेक केन्द्रीय समिति बैठक पार्टी अफिसमै राखौं ।
महाधिवेशन बारेः संविधान र कानुन हामीले नै बनाएको हौँ । यहाँ हुनुभएका धेरै साथीहरू संविधानसभामा हुनुहुन्थ्यो । त्यसमा उल्लेख भएका र लेखिएका कुराहरुलाई कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले बिर्सन मिल्दैन । कांग्रेस पार्टी लोकतन्त्रको पाठशाला पनि हो ।पदाधिकारी र पुर्व पदाधिकारीले महाधिवेशनको टुङ्गो लगाउनुहोला भनेर केन्द्रीय सदस्यहरु कुरेर बस्यौं तर उहाँहरुमा ईच्छाशक्ति देखिएन ।
क्रियाशील सदस्यता बारेः तल्लो तहबाट विधान र प्रक्रियागत ढङ्गले आएका तथा छानविन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधिविधान विपरित थपिएका क्रियाशील सदस्यता र पार्टी समायोजनका नाममा प्रक्रिया नपुर्याई वितरण गरिएका सदस्यताले जटिलता उत्पन्न गरेको हो । नेतृत्व र क्रियाशील छानविन समितिले क्रियाशील सदस्यतामा धेरै समस्या छैन भनेर भनिसकेकोले यसमा अल्झिन आवश्यक छैन । जुन–जुन स्थानमा समस्या छ त्यहाँ १३ औँ महाअधिवेशनकै क्रियाशील सदस्यहरुलाई आधार मानेर अधिवेशनमा जाऔँ ।
निर्देशिका बारेः गत निर्वाचनमा बिद्रोही उम्मेदवार, प्रस्तावक र समर्थकको नाम क्रियाशील सदस्यता नवीकरणमा समावेश भएको हुनसक्छ । त्यसलाई हटाउने व्यवस्था निर्देशिकामा गरिनुपर्छ भनेर क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले कुरा राखिसक्नु भएको छ । कतिपय स्थानमा पार्टीका आधिकारिक उम्मेदवारहरुकै नवीकरण छुटेको छ । नवीकरण छुटेकाको हकमा १३औँ महाधिवेशनको कार्ड लिएर आएमा महाधिवेशन प्रक्रियामा सहभागी हुन दिने व्यवस्था निर्देशिकामा राख्नुपर्छ ।
अहिले पनि केही पदाधिकारी एवं जिम्मेवार नेताहरुबाट विशेष महाधिवेशन अथवा यही कार्यसमितिलाई अरु डेढ दुई बर्ष समय थप्ने कुरा सुनिदैछ । कुनैपनि केन्द्रीय सदस्यले यस्तो कुरा गरेका छैनन् । पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन । विशेष महाधिवेशन र म्याद थप्ने कुरा कदापि मान्य हुँदैन । क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुनै सक्दैन ।
पटकपटक हामीले कार्यतालिका बनायौं तर क्रियाशील सदस्यताको विवादले कार्यतालिका प्रभावित भयो, यो पटक त्यस्तो नहोस् । छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुङ्याएर डेढ/दुई महिना भित्र महाधिवेशन सम्पन्न गरिनुपर्छ । नेपाली कांग्रेसको अधिवेशन हाम्रो नेतृत्व चयनको मात्र विषय होइन ।
यो मुलुकको भविष्य अब कता र कसरी जान्छ भनी निर्धारण गर्ने यो महाधिवेशनले नै हो । यसमा देशबासीको चासो र चिन्ता त छ नै , अन्तर्राष्ट्रिय समुदायको पनि हामीप्रति दृष्टि छ । तसर्थ कांग्रेसको १४ औं महाधिवेशनको संघारमा हामीले एकताबद्ध भएर हामीप्रति भरोसा र विश्वास गर्नेको मन जित्न सके नेपालमा लोकतन्त्रको भविष्य सुन्दर हुनेछ । जय नेपाल ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार
छोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते
मंसिर १६, २०८१ आइतबार
दिल्लीमा केजरीवालका अर्का बिधायक पक्राउ
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः ४१ पदका लागि मतदान जारी
मंसिर १६, २०८१ आइतबार
मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित
मंसिर १६, २०८१ आइतबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार