बलिउड नायिका शिल्पामाथि करोडौं ठगीको मुद्दा
नेपालबहस संवाददाता
साउन २९, २०७८ शनिबार ०:४४:३७
२९ साउन, एजेन्सी । बलिउड नायिका शिल्पा सेट्टीमाथि करोडौं ठगीको मुद्दा लागेको छ । लखनउकी एक महिलाले शिल्पा र उनकी आमामाथि करोडौं रकम ठगी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी हुन् ।
महिलाको उजुरीको आधारमा बुधबार प्रहरी उनको घर जुहु पुगेको थियो । मिडियामा सार्वजनिक तस्वीरमा शिल्पाको घर बाहिर केही प्रहरी उभिएका छन् भने प्रहरीको हातमा नोटिस समेत रहेको अमर उज्यालाले समाचारमा जनाएको छ ।
लखनउको विभूतिखन्ड पुलिस स्टेशनमा ओमेक्स हाइट्स निवासी ज्योत्सना चौहानले शिल्पा र उनकी आमा सुनन्दा सेट्टीमाथि ठगीको आरोपमा उजुरी दर्ता गराएकी थिइन् । प्रहरीले एक महिना अगाडि नै शिल्पालाई नोटिस पठाएको थियो ।
आयोसिस स्लिमिङ्ग स्किन सैलुन तथा स्पा वेलनेस सेन्टरको ब्रान्च खोल्ने भन्दै शिल्पा र उनकी आमा सुनन्दाको कम्पनीका मानिसहरुले करोडौंं रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ । ज्योत्सनाको साथमा संझौता गर्ने समयमा शिल्पा आयोसिस कम्पनीको प्रमुख र उनकी आमा निर्देशक रहेको बताइएको छ । शिल्पाका श्रीमान् राज कुन्द्रा पोर्नोग्राफीको मुद्दामा हिरासतमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाहको ५ महिनापछि सोनाक्षी सिन्हाले खुलासा गरिन् ठूलो रहस्य
मंसिर १२, २०८१ बुधबार
'पुष्पा-२' का कलाकार माथि शारीरिक तथा आर्थिक शोषण आरोप
मंसिर १२, २०८१ बुधबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार